ट्रेंडिंग:

>> दाताको जग्गामा बन्यो, फर्साटिकर क्लबको कार्यालय भवन >> मेलामा पछ्यौरीदेखि चौका दाउ लगाउदै शान्तिश्री परियार >> रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए  >> छत्रेश्वरी गाउँपालिकाले एक करोडमा विद्यालय भवन निर्माण गर्दै >> पर्यटन प्रवद्र्धन गर्न सरोकारवालाको माग >> रोटरी क्लव अफ बुटवल चौतारीका सदस्यहरुलाई अभिमुखीकरण >> गुल्मीमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु >> पश्चिम नेपालमा १३ दिनमा ७ पटक भूकम्पको धक्का >> बुटवल हस्पिटल प्रालि र माछापुच्छ्रे बैकबिच उपचार सम्झौता >> प्रहरीले ग¥यो नागरिक सुनवाई कार्यक्रम >> नियमित सीमा नाका अनुगमन गरिने >> बुटवलमा त्रिपिण्डी श्राद्ध विषय गोष्ठी सुरु >> स्मृतिमा भूपी शेरचन >> मृत्यु संस्कारमा स्थानीय तीर्थ र हाम्रो समाज >> बाणगंगाको बोर्डगाउँमा अब नापी र मालपोत कार्यालय >> ‘३९ बर्षको लौरे सीमी’ >> सीमाबासीसँग सशस्त्र प्रहरीको शैक्षिक सामग्री बाल विकासलाई >> नुवाकोटको शेरा दरबारको १ सय ६३ राेपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिश >> ५ प्रदेशको मौसम बदली, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपात >> लायन्स सयपत्रीसहित ३ वटा क्लबले गरे रात्रीकालीन विद्यार्थीलाई सहयोग >> प्रदेशको आवधिक योजनाबारे नीति संवाद >> लुम्बिनी प्रदेशः सुध्रिएन बजेट खर्चको शैली >> अब स्मार्ट कार्डको सट्टा क्यूआर कोडसहितको सवारी लाइसेन्स >> मधेस सरकारले गरिदियो ७ सय बढी पत्रकारको स्वास्थ्य बिमा >> बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा >> भारतसँगको चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलिया बलियो अवस्थामा >> लुम्बिनी र कर्णाली प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर >> जनप्रतिनिधिद्वारा अनुदान कटौती नगर्न ध्यानाकर्षण >> राष्ट्रिय किसान आयोगले ३० लाख किसानलाई सूचीकरण गर्ने लक्ष्य >> भारतका पूर्वप्रधानमन्त्री डा. सिंहको निधनमा पूर्वराष्ट्रपति भण्डारीको शोक संदेश >> लोभलाग्दो सुन्तला बजार (फोटोफिचर) >> दम बढे पछि मोहन बैध अस्पताल भर्ना >> बिबाद पछि पुष्पाः२ को गीत यु टयुबबाट हटाइयो >> प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिको सपथ >> म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार ठगी गर्ने महिला पक्राउ >> अजरबैजानकाे बिमान रूसले खसालेको दाबी >> कास्की जिल्ला अदालतमा लामिछानेको दोस्रो दिनको बयान सुरु >> मनमोहन सिंहको निधनले सलमान खानको ट्रेलर लन्च स्थगित >> राष्ट्र बैंकले खारेज गर्यो तीन रेमिटेन्स कम्पनी >> शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रवृत्ति बढ्दो >> आत्मनिर्भर अवधारणा सिकाई कार्यक्रम >> भीम रावलले स्पष्टिकरण पनि दिनु भएन, अनुशासनहिन काम गरे पछि कारबाहीः ईश्वर पोख्रेल >> इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु >> मनमोहन सिंह माथी बनेको फिल्मलाइ कांग्रेस नेताले जनाएका थिए आपत्ति >> महोत्सवमा सेलरोटी बेचेर मिलन केन्द्रलाई सहयोग जुटाउदै आमाहरु >> लायन्स क्लब स्टार्सद्वारा संरक्षण केन्द्रमा सहयोग >> सञ्चारकर्मीले गरे बौद्ध संचार यात्रा >> एमपक्स के हो ? रोकथाम र नियन्त्रण कसरी गर्ने ? >> स्वास्थ्यमाथि खेलवाड नगर >> ‘एएनपिआर’ ले बनाउला भैरहवालाई सुरक्षित ?

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

बुटवल, २९ मंसिर । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनामो मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठाडोभर्‍याङस्थित सडकमा बा १ प ७६३ नम्बरको पर्यटक बस र मोटरसाइकल एकआपसमा ठोकिएर बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सिन्धुली मरिण गाउँपालिका ३ बस्ने २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै पर्वत, जलजला गाउँपालिका ८ नाईलिवाङमा ध १ ख ४९४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ५० वर्षीय जुठे बहादुर दमैको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, क्षिरेश्वरनाथ नगरपालिका ३ कुम्हरौलमा बा १२ च ५३८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ४ हरैया बस्ने श्रीदेव महराकी छोरी ६ वर्षीया राखी महराको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जानकी मेडिकल रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी कार चालक मिथिला नगरपालिका ४ बस्ने ३२ वर्षीय बिनोद कुमार महतो कोईरीकी छोरी १० दिनकी आरुषी कुमारी महतोको न्यूरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धनुषा, मिथिला नगरपालिका ७ ढल्केवरमा बुधबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक महोत्तरी सितापुर भंगहा नगरपालिका ४ बस्ने २३ वर्षीय अमरेन्द्र महतोको मृत्यु भएको छ ।
यस्तै सिरहा, धनगढी नगरपालिका ९ जिरोमाईलमा बा१९ च ३९६६ नम्बरको गाडी र बा ५४ प ४७३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक झापा कमल गाउँपालिका ५ लखनपुर बस्ने ३८ वर्षीय देवदत राईको मृत्यु भएको छ ।
यस्तै उदयपुर, त्रियुगा नगरपालिका १३ किरात चोकमा लु ८२ प ६५३३ नम्बरको मोटरसाइकल रोकी राखेको ना १ ख ७७०० नम्बरको टिपरमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका ६ नेपालटार बस्ने २९ वर्षीय पवन रोका मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?