ट्रेंडिंग:

>> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने

शितगंगामा शिक्षक दरबन्दी मिलान

२७ भाद्र २०७५, बुधबार
२७ भाद्र २०७५, बुधबार

गणेश बेल्बासे ‘संगम’

शितगंगा नगरपालिकाको सामुदायिक विद्यालयहरुमा कतै विद्यार्थी अनुपात भन्दा शिक्षकहरुको संख्या धेरै थियो भने कतिपय विद्यालयहरुमा शिक्षकको अभाव थियो । बर्षौ बितिसक्दा पनि ठोस नीति तथा कार्यक्रम ल्याई दरबन्दी मिलान गर्न नसक्दा विद्यालयहरुमा नियमित पठन पाठनमा समस्या थियो । जसले गर्दा ति सामुदायिक विद्यालयहरुको नतिजा अत्यन्तै कमजोर हुनुका साथै विद्यार्थी फेल हुनु र विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण नियमित रुपमा पढाइ नहुनु हो भने पढाइ नहुनुको प्रमुख कारण शिक्षक नहुनु नै थियो ।

यस अघि जिल्ला शिक्षा समिति अर्घाखाँचीमा यस विषयले चर्चा पाए पनि सामुदायिक विद्यालयहरुमा शिक्षकको दरवन्दी मिलान हुन सकिरहेको थिएन । बरु कतिपय शिक्षकहरुलाई राजनैतिक संरक्षणका आधारमा पुल मार्फत शिक्षक मिलान गरियो । यो कुनै न्यायोचित थिएन जसका कारण अहिले सम्म पठनपाठनमा प्रत्यक्ष असर पारिरहेको छ । उक्त पटक पटक प्रयास गर्दा पनि सफल हुन नसक्नुको कारण राजनैतिक संरक्षण नै रहेको सरोकारवाला बताउछन् । यस अघि जिल्ला शिक्षा समितिले नसकेको शिक्षक दरबन्दी मिलानको विषयलाई शितगंगा नगरकार्यपालिकाले सम्पन्न गरेको छ । ३ महिना अघि देखि सुरु भएको दरबन्दी मिलानको कामले आज सार्थकता पाएको हो । यसै सन्दर्भमा मिति २०७५/०३/०५ गते को पहिलो शितगंगा नगरकार्यपालिकाको बैठकबाट पारित ”विद्यालय समायोजन तथा शिक्षक दरवन्दि मिलान कार्यविधि २०७५” बमोजिम नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षक विद्यार्थी अनुपात, हालको शिक्षक दरवन्दी संख्या, भौगोलिक अवस्थिति संचालित कक्षा र तह समेतको आधारमा विद्यालय समायोजन तथा शिक्षक दरवन्दी मिलानको कागजी कार्य सुरु गरिसकेको थियो ।

सो सम्बन्धमा शिक्षा शाखाद्वारा अायोजित शिक्षकका पेशागत संगठनका नगर स्थित प्रमुख एवं प्रतिनिधिहरूसंगको व्यापक छलफल र अन्तरक्रिया र सो सम्बन्धि कार्यदल तथा नगर शिक्षा समितिबाट निर्णय भई नगर कार्यपालिकामा पेश भए बमोजिम विद्यालय समायोजन र प्राथमिक तहको दरबन्दी मिलानको कार्य अगाडी बढेको थियो । स्थानिय तहले दरबन्दि मिलानका लागि न्युनतम विद्यार्थी संख्याका आधारमा आवश्यक शिक्षक संख्या कायम राख्ने र न्युनतम विद्यार्थी संख्या नपुगेका त्यस्ता विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्ने अधिकार पाए पछि उक्त कार्यदलले विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी थपघट गर्ने कार्य गरिसकेको थियो । त्यस्तै जिशिकाबाट प्राप्त शिक्षक दरबन्दी पनि यस अघि नै वितरण गरि सकिएको थियो । मिति २०७५/०५/०३ गते गठित विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यदल तथा शिक्षकका पेशागत संघ/संगठनका प्रमुख एवम् प्रतिनिधीहरुसगँको मिति २०७५/०५/२४ को संयुक्त बैठकको सिफारिसमा सामूदायिक विद्यालयको प्राथमिक तहको शिक्षक दरबन्दी मिलान गर्ने निर्णय गरिएको हो । जस निर्णयमा विभिन्न मापदण्ड बनाई मिलानको कार्य सम्पन्न गरेको हो । दरबन्दी कटौती भएका विद्यालयमा कार्यरत शिक्षकहरु मध्ये दरबन्दी थप भएका अन्यत्र विद्यालयमा जानको लागि यस नगरपालिकामा निवेदन पेश गरेका शिक्षकहरूलाई स्थानिय सरकार सचालन ऐन २०७४ को दफा ११ ज (११) तथा आधारभूत तह (६-८) र माध्यमिक तहमा मिलान एवम् समायोजन कार्यविधि २०७५ बमोजिम काज खटिएकै विद्यालयबाट तलब भत्ता खाने गरी दरबन्दी थप भएका विद्यालयहरुमा काज सरुवा गर्ने निर्णय गरिएको नगर शिक्षा प्रमुख माधव बन्जाडेले बताउनुभयो ।

साथै निज शिक्षकहरुलाई नियमानुसार हाल कार्यरत विद्यालयबाट रमाना लिई काज सरुवा गरिएको विद्यालयमा हाजिर हुन जानको लागि पत्राचार गरिने समेत नगर शिक्षा प्रमुख बन्जाडे बताउनु भयो । यस अघिको नगरकार्यपालिकाको मिति २०७५/०३/०५ को बैठकबाट नगरपालिका भित्र विद्यार्थी संख्या न्यून रहेका ५ वटा सामूदायिक विद्यालयहरुलाई समायोजन गर्ने निर्णय भए पनि सम्बन्धित क्षेत्रका अभिभावकहरुको अनुरोध, भौगोलिक अवस्थिती एवम्‌ विद्यालय शिक्षामा बालबालिकाको पहुँचको सुनिश्चितता कायम गर्न लालीगुराँस आ.वि. सीतापुर बाहेक ४ वटा विद्यालयहरूमा १/१ वटा शिक्षक दरबन्दी कायम राखी विद्यालयहरू यथावत संचालन गर्ने निर्णय गरेको छ ।

“तिन महिना अघि देखिको कामले बल्ल पूर्णता पाएको छ, हामीले लामो छलफल र प्रयासपछि सफलता प्राप्त गर्न सकेका छौँ”–शिक्षा शाखा प्रमुख माधव बन्जाडेले भन्नुभयो–“नगरको समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने दरबन्दी मिलानले सहयोग पुग्ने हाम्रो विश्वास छ ।” समितिले गरेको निर्णय अनुसार १८ वटा आधारभूत विद्यालय र ४ वटा माध्यमिक विद्यालयमा २९ जना शिक्षकहरुको दरबन्दी मिलान गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नगर कार्यपालिकाको निर्णय अनुसार दरबन्दी थप भएका तर मिलानबाट नपठाइएका १० वटा आधारभूत विद्यालयमा ११ वटा रिक्त शिक्षक दरबन्दिका साथै अन्य रिक्त रहेका दरबन्दीमा शिक्षक पदपूर्ती गर्न विद्यालयहरुलाई अनुमति प्रदान तथा खुला गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?