© २०२३
बुटवल, १० मंसिर । सुदुरपश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तरगतका जिल्लामा रहेका विभिन्न संचारकर्मीहरुलाई नेपाली सेनाको संगठनात्मक स्वरुप, जिम्मेवारी तथा भुमिकाबारे जानकारी दिने उदेश्यका साथ रक्षा संवाददाता अभिमुखिकरण शुरु भएको छ । सुदुरपश्चिम पृतना हेडक्वाटर तेघरी ब्यारेक, कैलालीमा सोमबारदेखी पाच दिने अभिमुखिकरण कार्यक्रमको सुदुरपश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी किरण केसीले उद्घाटन गरेका छन ।
कार्यक्रमको सुदुर पश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी किरण केसीले नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्रका आठ वटा एफएम रेडियो स्टेशनहरुलाई प्रोत्साहनस्वरुप नगद र कदरपत्रबाट सम्मान समेत गरेका छन ।
कार्यक्रममा सेनाको संगठनात्मक स्वरुप, जिम्मेवारी तथा भुमिकाका बारे विभिन्न विज्ञहरुबाट जानकारीका साथै अन्तरक्रिया समेत हुनेछ । सहभागीहरु पत्रकारहरुलाई नेपाली सेनाले सुरक्षा प्रदान गर्दै आएको शुक्लाफाटा राष्ट्रिय निकुन्ज लगायतका महत्वपूर्ण संरचनाहरुको स्थलगत अध्ययन भ्रमण गराईने छ । पाच दिने अभिमुखिकरण कार्यक्रममा १९ जना संचारकर्मीहरुलाई सहभागी रहेका छन ।