© २०२३
रूपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी संघले रूपन्देही देबदहमा रहेको मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
संघले एक कार्यक्रमका बिच केन्द्रमा आश्रित १० जना बालबालिकाहरूलाई कापी कलम पेन्सिल लगायतका शैक्षिक सामग्री हस्तान्तरण तथा दर खुवाएको हो ।
संघको स्थापना दिवसको अबसरमा शैक्षिक सामग्री हस्तान्तरण तथा दर खुवाइएको रूपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यवसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले बताए । सो अबसरमा बोल्दै मायादेवी अनाथ असहाय बालबालिका संरक्षण केन्द्रका संचालक अम्बिका प्यासीले यसप्रकारको सहयोगले बालबालिकाको जीवनमा उत्साह थपिने भन्दै सहयोगी मनहरूलाई धन्यबाद दिए ।
रूपन्देही मिष्ठान्न तथा क्याटरिङ ब्यबसायी संघका महासचिब कृष्ण प्रसाद सापकोटाका अनुसार कार्यक्रममा संघका पदाधिकारी, सदस्य, सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।