ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

विश्व पृथ्वी दिवस

१० बैशाख २०८१, सोमबार
१० बैशाख २०८१, सोमबार

आज विश्व पृथ्वी दिवस । हरेक बर्ष अप्रिल २२ को दिनमा यो दिवस मनाउने गरिएको छ । ‘पृथ्वीले सुरक्षा खोजीरहेको छ, हामी सवैले पृथ्वी जोगाउन हातेमालो गरौं’ भन्ने यो बर्षको पृथ्वी दिवसको नारा तय गरिएको छ । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलोपटक यो दिवस मनाईएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ बोध गर्दै सन् २००९ मा राष्ट्र संघको ६३ औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । अहिले यो दिवस विश्वका एकसय ९२ बढी देशमा मनाउने गरिएको छ । यो दिवसलाई अन्तर्राष्ट्रिय आमा दिवस पनि भनिन्छ । पृथ्वी दिवसको अवसरमा वातावरण संरक्षण र वातावरणलाई कसरी क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने बिषयमा गंभीर बहस र मनन गर्ने बेला भएको छ । वातावरण संरक्षणमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पृथ्वीको शोषण होइन, यसको संरक्षणमा ध्यान केन्द्रित गर्नु हो । र, सकेसम्म दिगो र पर्यावरणमैत्री जीवन जिउनु हो ताकि पृथ्वी हामीजस्तै सुखी र फुलिरहोस् । विश्व पृथ्वी दिवसकै अवसरमा पर्यावरण संरक्षणको चुनौति छ । रुख रोपेर मात्रै वातावरण जोगाउन सकिँदैन तर वातावरण जोगाउन वा वातावरणको ख्याल गर्न यस्ता धेरै बानी र कामहरू गर्न सकिन्छ जुन सामान्य कुरालाई ध्यानमा राखेर पृथ्वी बचाउने काम गर्न सकिने भएकोले यसतर्फको चासो हुनु जरुरी छ । पृथ्वीमा बढ्दो जनसंख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ ।

पछिल्लोसमय पृथ्वीको बढ्दो तापमान एउटा ठूलो चुनौतीका रूपमा देखापर्दैछ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुरा हिमालहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजÞोन तहको नास, डरलाग्दो हुरी र आँधी र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेको छ । त्यसैगरी पृथ्वीमाथिको बढ्दो भार र अतिक्रमणले पृथ्वी असुरक्षित हुने चिन्ता बढ्दै गएको छ । पृथ्वी दिवस मनाईरहँदा नेपालले पनि पृथ्वी सुरक्षाको चिन्तामा खासै ध्यान दिएको छैन । सरकारी स्तरवाट औपचारिक कार्यक्रम गरेर दिवस मनाउने औपचारिकतामात्रै हुने गरेको छ । दिवसको सरकारी स्तरवाट चासो र चिन्ता व्यक्त नभएपनि वातावरणवीदहरूले पृथ्वीको चिन्ता गर्दै यसको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन । प्राकृतिक प्रकोप र यसको विनासको असरले आम जनता प्रभावित हुनुपरेको छ । यसवीचमा पृथ्वीले विनासका अनेक लिला सिर्जना गरेको छ । त्यसमाथि यो वर्ष विश्वकै सवैभन्दा धेरै प्रदुषित शहरको सूचिमा नेपालको संघीय राजधानी काठमाण्डौं समेत परेको छ । यसले पनि चिन्ता थपेको छ । पृथ्वीमा हुने उहापोह जसले वातावरणदेखि अन्य अवयव प्रभावित हुन्छन त्यसले प्रतिकूलता सिर्जना गरिरहेको छ । यसरी मौसमका विषयमा चिन्ता व्यक्त भैरहँदा संयोगले पृथ्वी दिवस पनि परेको छ र पृथ्वी जोगाउने विषयमा विश्वकै ध्यान पृथ्वी संरक्षण गर्नेतर्फ केन्द्रित हुनुपर्दछ । अहिले प्राकृतिक प्रकोपको अवस्था त छँदैछ । पृथ्वी असन्तुलित हुनुको परिणाम धेरै क्षेत्रमा प्रभाव पर्न सक्छ । तसर्थ पृथ्वी दिवसको अवसरमा यस विषयमा पनि विहंगम छलफल हुनु जरुरी छ । कतै बाताबरण विनास, प्रदुषण, बढ्दो जनसंख्या आदिका कारण यो अवस्था आएको त होइन ? पृथ्वीको चासो र चिन्तासंगै सुरक्षाको विषयमा पनि विश्वको ध्यान अव जानैपर्नेछ । पृथ्वीको सुरक्षा हामी सवैको भविष्यप्रतिको थप सुनिश्चितता हो । यो बर्षको विश्व पृथ्वी दिवसको नाराजस्तै पृथ्वीले साँच्चै सुरक्षा खोज्ने बेला भएको छ । अतः पृथ्वी जोगाउन कुनै एक देशमात्र नभै सारा विश्वले नै हातेमालो गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?