ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

मौसमजन्य रोगको प्रकोप र चुनौति

३ बैशाख २०८१, सोमबार
३ बैशाख २०८१, सोमबार

देशैभरीका अस्पतालमा अहिले मौसमजन्य रोगका कारण विरामीहरूको चाप बढेको छ । त्यसैपनि हरेक बर्ष जाडो सकिएर गर्मी सुरु हुँदैगर्दा बिभिन्न मौसमजन्य रोगको संक्रमण देखापर्ने गर्दछ । रुखाखोकी, ज्वरो, जिउ दुख्ने, टन्सिल लगायतका हेर्दा सामान्य तर त्यसले विरामीलाई सिकिस्त वनाउने गरेको छ । त्यसमाथि पछिल्लोसमय कोरोना थपिएको छ । अस्पतालका शैया फेरी भरिन थालेका छन । कोरोनासंग मिल्दोजुल्दो संक्रमणले चिन्ता थपिदिएको छ । त्यसमाथि गर्मी सुरु हुँदैगर्दा डेंगु, मलेरिया, कालाजार लगायतका रोगको प्रकोप बढिरहेको छ । यी रोगको प्रकोप बढ्दै गर्दा स्वास्थ्य सावधानीमा ध्यान दिनुपर्ने आवश्यकता छ । गत बर्ष डेँगुकै कारण नेपालमा ५० बढीले ज्यान गुमाएको तथ्याँक छ । गत बर्ष डेंगु महामारीकै रूपमा देखिएको थियो । यो बर्ष फेरी गर्मी सुरु हुँदै गर्दा लामखुट्टेबाट जोगिन जरुरी छ । तसर्थ अवको समय भनेको लामखुट्टेकै टोकाईबाट जोगिनु बाहेक अर्को बिकल्प छैन । मौसमजन्य प्रकोपकै कारण ज्वरो, रुघाखोकी र टाईफाईड लगायतका बिरामीको भीडले अस्पताल भरिभराउ हुने गरेका छन । त्यसमाथि पछिल्लोसमय मलेरियाले आफ्नो प्रभाव बढाउँदै लगेको देखिएको छ । चर्को ज्वरो नै प्रमुख लक्षणका रूपमा देखिने यो रोग लामखुट्टेबाट सर्ने र रगतमा यसको असर रहने र मलेरियाकै कारण मृत्युको मुखसम्म पुग्नुपर्ने अवस्था समेत देखिएको छ । उता सुदूर पश्चिमका विभिन्न जिल्लामा भारतबाट नयाँ बर्ष तथा बिसु पर्ब मनाउन स्वदेश फर्किएका नेपालीहरूमा कोरोनाको संक्रमण बढेको छ । यसले चिन्ता थपिदिएको छ । भारतबाट आउने नेपालीहरूले कोरोना र मलेरियासंगै लिएर आएका छन । चिकित्सकहरूका अनुसार नेपाल फर्किनेहरूमा कि कोरोनाको लक्षण देखिएको छ कि त मलेरिया । युवा तथा अन्य उमेर समूहका लागि रोजगारीको मुख्य गन्तव्य रहेको भारत हजारौं बेरोजगार नेपालीका लागि आकर्षणको गन्तब्य बनेको छ तर रोगहरूको भकारी पनि भारत बन्दैछ । अहिले भारतमा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोना बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ ।

अतः सुदूर पश्चिमका जनता कोरोनाबाट जोगिनु अत्यावश्यक छ । खासगरी कर्णाली, सुदूरपश्चिम तथा नेपालका अन्य क्षेत्रमा बसोबास गरिरहेका नेपाली भारतमा रोजगारीका लागि जान्छन । विदेशमा केही थोरै पैसा भए पनि कमाएर ल्याउँदा घरपरिवारको आर्थिक गर्जो त टर्नेगर्छ, तर पैसा लिएर आउँदा त्योसँगै रोगहरू पनि आउने हुँदा पूर्व सतर्कता जरुरी छ । नेपालमा अहिले कोरोना दैनिकरूपमा बढिरहेकोले कोरोनाबाट जोगिन स्वास्थ्य सावधानीको उपाय प्रयोग गर्न सरकारले आग्रह गरेको छ । तर, अव कोरोनासंगै अरू स्वास्थ्य जोखिमका बिषयमा पनि ध्यान दिनुपर्ने जरुरी छ । कोरोनापछि डेँगु मानवका लागि जोखिमका रूपमा देखापरिरहेको छ । त्यसपछि मलेरिया अर्को प्रमुख स्वास्थ्य समस्या बन्दैछ । ती सवै लामखुट्टेकै टोकाईका कारण हुने भएकोले अवको ध्यान लामखुट्टेबाट बच्नेतर्फ हुनु जरुरी छ । अर्कोतर्फ अहिले प्रकोपकै रूपमा देखिएको मौसमजन्य रोग ज्वरोले धेरैलाई गिजोलेको छ । बिरामीमा कोरोनाकै शत प्रतिशत लक्षण देखापरिरहेको छ । आँखाका गेडी झर्नेगरी टाउको दुखाई बढिरहेको छ । यो कोरोनाकै लक्षण हो । तसर्थ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अनुरोधलाई नजरअन्दाज नगरौं । स्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिऔं । अनिवार्यरूपमा मास्कको प्रयोग गरौं । यी स्वास्थ्यका सावधानी अपनाउनु पर्ने जरुरी भैसकेको छ । कोरोनासंगै अन्य मौसमजन्य रोगबाट बच्न ध्यान दिऔं । धेरै रोगबाट बच्ने उपाय भनेको स्वास्थ्य सावधानी पनि भएकोले सवैले रोग लाग्नै नदिनेतर्फ सचेत बनौं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?