© २०२३
चन्द्रौटा (कपिलवस्तु), ६ चैत । “मलाई याद छ । २०६२ सालको कुरा हो । शैक्षिकसत्र सुरु हुँदै थियो । रोजगारीको सिलसिलामा भौतारिएको थिएँ । त्यतिबेला गाउँनजिकै रहेको देवीस्थान प्राथमिक विद्यालयमा शिक्षकको रूपमा प्रस्तावित भएँ । शिक्षण पेशालाई अँगाल्दै गर्दा निकै उतारचढावमा परेको छु” झगरु थारुले भने ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर वडा नम्बर–३, बुलकिया घर भएका ४० वर्षीय युवा करिब ८ वर्ष शिक्षण पेशालाई निरन्तरता दिएको बताउँछन् । निजी स्रोतका शिक्षक उतिबेला तलब कति हुन्थ्यो र ? त्यसमाथि पारिवारिक जिम्मेवारीले च्यापेपछि उनले विकल्पमा वैदेशिक रोजगारीलाई रोजे । २०७० सालको अन्तिमतिर थारु खाडी मुलक साउदी पुगे । उनी त्यहाँ लेबर काममा रोजगारी गरी केही रकमको जोहो गर्दै करिब आठ वर्ष बिताए । फुर्सदको समयमा सामाजिक सञ्जालको प्रयोग गर्दै युटुवको सहायता लिई बाख्रापालन गर्ने योजनासँगै निधो पनि गरे ।
सधैँ विदेश बसेर मात्रै हँदैन स्वदेश फर्कि घरपरिवारसँग बसेर सामाजिक योगदानसँगै आम्दानीको पाटोलाई जोड्नु पर्दछ । घरमा गर्दै आएको पेशालाई व्यवसायसँग जोड्न सकिने जसमा स्थानीय स्रोतसाधनको प्रयोग गर्दै बाख्रापालन व्यवसायमा थारुको योजना तय भयो । २०७८ सालमा घर फर्किएका भगरु उनको घरमा रहेका केही बाख्रासँगै संख्यामा वृद्धि गरी ३५ वटा गराए । पाठापाठी बाहेक ५४ओटा माउ र २ ओटा बोयर र सिरोही जातको प्रजनन बिउ रहेका छन् ।
व्यवसाय फस्टाएको भन्दै वन क्षेत्रमा चराउनलाने र गहुँको भुस, ब्रानचोकर र मकै मिसाएर खुवाएर पालेको हुँदा अर्गानिक बोका भन्दै ग्राहकहरू घरमै खरिद गर्न आउने गरेको उनले दाबी गरे । मासु प्रयोजन बोका जिउँदो प्रति केजी ५५० प्रजनन बीउ बोका प्रति केजी ६५० मा बिक्री हुने गरेको छ । यस्तै बुलकिया नजिकै मैनारका ४३ वर्षीय मनिकराम थारुले अहिले ३० वटा बढी बाख्रा पालन गर्दै आएका छन् । २÷३ वर्षदेखि पालन गरेकाथारुको घर खर्च चलाउनदेखि बालबालिकालाई पढाउन समेतनिकै सहज भएको उनी बताउँछन् । उनले वार्षिक १ लाख बढी आम्दानी गरी आफ्नो दैनिकी सहज बनाएका छन् । घरपरिवारसँगै बसेर बाख्रा पालनमा रमाउँदै आएको मनिकरामले बताए ।
स्थानीय स्रोत साधानको प्रयोग गरी आयआर्जनमा सहजहुने उद्देश्यले प्रदेश सरकारबाट विपन्न घरपरिवारलाई ५० प्रतिशत अनुदान प्रदानगरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जनाए । सो गाउँका सबैलाई प्रयोग हुनेगरी ब्याडे बोका समेत अनुदानमा उपलब्ध गराएको समेत उनले बताए । वडा सदस्य श्यामलाल थारुले २०७८ सालमा ५० प्रतिशत अनुदानमा प्रतिघर ५० हजारका दरलेगोठ निर्माण गरी प्रदान गरिएको बताए । स्थानीयले माग गरेको आधारमा वडा कार्यालयले पहल गरेको बताउँदै उक्त गाउँ भैँसी पालनको लागि उपयुक्त रहेको जिकिर गरे । बाख्रामात्रै नभएर केहि समय पहिला कुखरासमेत वडा कार्यालयले अनुदानमाप्रदान गरेकोकार्यालयले जनाएको छ । झगरु र मनिकराम प्रतिनिधि उदाहरणबनेका छन् । उनीहरू जस्तै गाउँकाअन्य घरपरिवारले बाख्रापालन गरेता पनि व्यवसायिक भने बन्न सकेका छैनन् ।