© २०२३
रोल्पा, २३ फागुन । सुनिल स्मृती गाउँपालिका ७ तेवाङकी दुरकला घर्तीमगरले यस वर्ष ४ लाखको सुन्तला विक्रि गरिन । १ लाखको सुन्तला वारी वाटै विक्री गरेकी उनले वजार पु¥याएर ३ लाखको सुन्तला बिक्री गरेकी हुन । उनी संगै अझै विक्री गर्न वाँकी सुन्तला छ । १८ वर्ष अघि रोपेको सुन्तलाले अहिले सम्म पनि प्रतिफल दिईरहेको छ । सुन्तलाले नियमित आमदानी दिन थाले संगै उनको परिवारमा गर्जो टार्न सहज भएको छ । मकै, गहुँ जस्ता परम्परागत रैथाने वालीले श्रम गरे अनुसारको प्रतिफल नदिएपछि उनले सुन्तला रोप्ने निर्णय गरेकी हुन । अहिले तिनै सुन्तलाका वोट दुरकलाको पेन्सन वनेका छन । बिरुवा लगाएको केही वर्ष पछि फल दिन सुरु ग¥यो, त्यसैवाट नर्सरी बनाएर थप विरुवा बढार्यौ उनले भनिन । घरको मुख्य आयस्रोत नै सुन्तला बनेको उनी वताउछिन । सुन्तला खेतीले गर्दा सन्ताललाई पढाउन, पालनपोषण गर्न सहज भएको छ घर्तीमगरले भनिन ।
धान, कोदो, मकै, गहुँ जौ लगायतका रैथाने बालीको खेती गरेर जीविकोपार्जन गर्दै आएका यहाँका किसानले नगदेबालीको रूपमा सुन्तला खेती विस्तार गरेर मनग्य आम्दानी गरेका छन । पछिल्लो समय सुन्तला उत्पादनमा वृद्धि हुन थालेपछि यहाँको खोरबाङ, सराङगेपोखरा, पुत्लाखेत लगायतका टोलका ६० घरपरिवारको जीविकोपार्जनको मुख्य श्रोत नै सुन्तला बनेको छ । सुन्तला उत्पादनमा वृद्धि भएसँगै यस क्षेत्रका किसानको जिवन उकास्नमा समेत मद्दत पुगेको छ । सुन्तला उत्पादनमा वृद्धि भएसँगै तेवाङवासी स्वरोजगार वनेका छन ।
यस क्षेत्रको सुन्तलाको मुख्य वजार सुलिचौर हो । यसका साथै छिमेकी जिल्ला प्यूठान, दाङ र वुटवल सम्म यहाँको सुन्तला निर्यात हुने गर्दछ । व्यापारीहरू किसानको सुन्तला वारीमै आएर पनि सुन्तला खरिद गर्ने गर्दछन । यहाँको सुन्तला उत्पादन क्षेत्रलाई पकेट क्षेत्रको रूपमा समेत विस्तार गरिएको छ । तेवाङका रेगवहादुर घर्तीमगरको उमेर ६० वर्ष भयो । २० वर्ष अघि सुन्तलाको विरुवा खरिद गरेर आफ्नै वाझो वारीमा रोपेको सुन्तलाले अझै सम्म फल दिईरहेको छ । सुन्तला फल्न थालेपछि आफैले नर्सरी राखे । वचे खुचेका सवै जग्गामा आफ्नै नर्सरीमा उत्पादीत सुन्तला लगाएका घर्तीमगरको वुढेसकालको सहारा सन्तला वनेको छ । उ वेला गरेको दुःखको अहिले सजिलै फल खान पाईएको छ घर्तीमगरले भने । नयाँ पुस्ता पनि सुन्तला प्रति आकर्षित भएका छन । युवाहरू विदेश जाने मोह त्यागेर गाउँमै सुन्तला खेतीलाई व्यवसायीकरण गर्न तल्लिन देखिन्छन । तेबाङमा पहिलेदेखि नै सुन्तला खेती गर्दै आएको भएपनि यसको व्यवसायिक उत्पादन गर्न थालेको भने लामो समय भएको छैन । सुन्तलाखेतीमा आबद्ध करिब करिव ६० घरधुरी मध्ये केहीले पछिल्लो समय व्यावसाय नै दर्ता गरेर खेती गर्न थालेका हुन ।
सुनिलस्मृति ७ तेबाङकै अर्का किसान दुजराम रोकामगर व्यवसाय नै दर्ता गरेर सुन्तला खेतीमा रमाएका छन । केही समय अघि विदेश जाने सोच बनाएर भिसा पनि लगाए भिसा पनि आयो तर एकाएक मलाई देशमै केही गर्नुपर्छ भन्ने लाग्यो र म पनि सुन्तला खेती गर्न थाले उनले भने । प्लस टु सम्मको अध्ययन गरेका उनले उत्पादनले धेरै युवाहरूलाई रोजगारी दिन सक्ने वताए । विदेशमा गएर जोखिमपूर्ण काम गर्नु भन्दा आफ्नै वारीमा सुन्तला खेती गर्नु उपयुक्त लागेर विदेश जाने मोह त्यागे उनले भने । परिश्रम र मेहेनत गरे त देशमै राम्रो आम्दानी गर्न सकिदो रहेछ उनले भने ।
२०७१ सालमा विदेश जाने सोच त्यागेर राम्रो उत्पादन दिने बारीमा सुन्तला खेती सुरु गरेका उनले अहिले ७ रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएका छन । साथै उनले खेती अझै विस्तार गर्ने योजना पनि सुनाए । कृषि सहकारीमा आबद्ध उनले सुन्तला खेती प्रवद्र्धनमा त्यसले पनि सहयोग गरेको वताए । सुन्तला खेती सम्बन्धि तालिम लिने खासै अवसर नपाएका उनले सामाजिक सञ्चालवाट खेती गर्न सिकेको बताए ।
स्नातक अध्ययन गर्दै गरेकी सोही गाउँकी पूर्णिमा घर्तीमगर पनि अचेल सुन्तला खेतीमा रमाउन थालेकी छिन । गाउँकी पुर्णिमा घर्तिमगर पनि सुन्तला खेतीमा रमाएकी छिन । उनले यस वर्ष मात्र करिब २ लाख बराबरको सुन्ताला विक्री गरेको बताईन । पढाईसँगै सुन्तलाखेतीलाई पनि अगाडी बढाएकी छु ,‘ उनले भनिन । मेरो पढाई खर्च र घरपरिवारको खर्च सुन्तलाले धानेको छ उनले भनिन ।
व्यवसाय विस्तारका लागी बंैक तथा वित्तिय संस्थामा कर्जा माग्न जाँदा जग्गा सडकले नछोएको भन्दै ऋण नदिने वैंक प्रति यहाँका किसानको गुनसो रहने गरेको छ । बैंकले मोटरबाटोसँग सटेको जग्गालाई मात्र ऋण उपलब्ध नगराई उब्जनी योग्य जग्गा र व्यवसाय गरिरहेका किसानको पहिचान गरि ऋण उपलब्ध पर्ने उनीहरूको माग छ । त्यसै गरि कृषकको नाममा आउने कृषि अनुदान पनि पावर र पहुँचको भरमा उपलब्ध गराउदाँ बास्तविक कृषक मारमा परेको उनीहरूको भनाई छ । गरि खाने किसानले ऋण अनुदान नपाउने, नक्कली किसानले त्यस्ता सुविधा र अवसर पाउने गरेको कृषक दुजराम रोकाले वताए ।
कृषिमा आत्मनिर्भर बन्नका लागि एकद्वार प्रणाली मार्फत कृषकहरूका लागि अनुदान लगायत सम्पुर्ण कुराहरूमा जोड्ने तयारी गरिरहेको सुनछहरी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष रेशम शर्माको भनाई छ । जीविकोपार्जनको मुख्य आधार नै कृषि भएकाले समग्र कृषि क्षेत्रलाई जोड्ने खालको कानुन बनाएर गाउँपालिका अगाडी बढ्नु पर्ने उनको भनाई छ । तेबाङ गाउँमा यस वर्षको माघ महिना सम्म मात्रै करिव ५० लाखको सुन्तला विक्री भएको वडाध्यक्ष शर्माको अनुमान छ । सुन्तलावाट यहाँका धेरै किसानको रोजीरोटी चलेको छ वडाध्यक्ष शर्माले भने । यस क्षेत्रमा सुन्तला उत्पादनको अत्यन्त सम्भावना भएकोले यूवा विदेश जान छाडेर सुन्तलाखेती तर्फ लाग्न सुरु गरेका छन वडाध्यक्ष शर्माले भने । यहाँका अधिकांश कृषक कुनै तालिम र प्राविधिक सहायता बिना नै सुन्तला खेती गरिरहेका छन । कृषकहरूलाई सम्बन्धित विषयमा तालिम, प्रविधि हस्तान्तरण र प्राविधिक ज्ञान भए खेती गर्नमा थप सहयोग पुग्ने वताईन्छ ।
कृषकलाई थप सहजताका लागि पछिल्लो समय व्यवसायिक खेती गरिरहेका किसानको लागि गाउँपालिकाले प्रत्येक वडामा कृषि प्राविधिक खटाएको सुनिलस्मृति गाउँपालिका कृषि शाखा प्रमुख डिल्ली केसीले बताए । कृषि कार्यक्रमहरू वडागत रूपमा त्यहाँको आवश्यकताको आधारमा कार्यक्रमको संयोजन गर्दै आएको शाखा प्रमुख केसीले बताए । सुन्तलाको विरुवा काटछाटको लागि सामाग्री खरिद गरेर किसानलाई उपलब्ध गराउने तयारी रहेको बताउदै सुन्तलामा लाग्ने नयाँनयाँ रोगको बारेमा जानकारी दिनको लागि गाउँपालिकाले कृषकहरूलाई तालिमको व्यवस्था गर्ने सोच उनको भनाई छ ।