© २०२३
अर्घाखाँची, १६ माघ । शीतभण्डारमा सुन्तला कुहिएपछि जिल्लाको पाणिनीमा रहेको शीतभण्डारको औचित्यमाथि प्रश्न उठेको छ । यहाँको शीतभण्डारमा तीन वर्षदेखि तगातार सुन्तला कुहिरहेका छन् । लुम्बिनी प्रदेश सरकारको ७५ प्रतिशत र पाणिनि गाउँपालिकाको २५ प्रतिशत लगानीमा उक्त तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार तीन वर्षअघि निर्माण भएको थियो । शिवशक्ति मिश्रित किसान समूहले शीतभण्डार सञ्चालन गरिरहेको छ ।
पाणिनी गाउँपालिका–१, सिम्लेका चिरन्जीवी पौडेलले दोब्बर मूल्यको आशाले शीतभण्डारमा राखेको करिब १७० क्वीन्टल सुन्तला कुहिएको छ । शिवशक्ती मिश्रीत कृषक समुहको अध्यक्ष समेत रहेका रेवती पौडेलले शितभण्डारको सुन्तला कुहिँदा चिन्ता थपिएको बताए । स्थानिय अगुवा कृषक रेवती पौडेलले भने ‘तालिमबाट प्रभावित भएर सुन्तला राख्यौँ, ३ महिना अगाडी तालिम पनि लियौं तर प्रभावकारी भएन् ।’ शीतभण्डारमा राखेको सुन्तलाइ कुहिन थालेपछि अरू सुन्तला राख्न नसकिएको उनले बताए । उनका अनुसार शितभण्डारमा ८ देखि १० दिनका लागि राख्न ठिक भएपनि धेरै दिनका लागि उपयुक्त छैन् ।
सिम्लेका खगेन्द्र पौडेलले आफ्नो बगैचामा उत्पादन भएका ६ टन सुन्तला पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा ल्याएर राखेका थिए । बोटबाटै बिक्री गर्नुभन्दा वैशाख–जेठतिर बिक्री गर्दा राम्रो मूल्य पाउने आशमा पौडेलले शीत भण्डारमा राखेका सुन्तला भण्डारण गरेको एक महिनामै कुहिए । सिजन सकिएपछि बिक्री गरेर मालामाल हुने सोचमा रहेका पौडेल सबै सुन्तला शीत भण्डारमै कुहिएपछि चिन्तित छन् ।
सोही पालिकाको वडा नम्बर २ मा पर्ने शिवशक्ति शीत भण्डारमा वडा नम्बर १ का धेरैजसो किसानका साथै ठेक्का लिएर राख्ने व्यापारीले गाउँभरीको सुन्तला किनेर शितभण्डार गरेका थिए । कृषक मात्र नभई १३ वर्षदेखी सिम्ले गाउँका सुन्तला खरिद गर्ने व्यापारी मानप्रसाद श्रेष्ठ पनि चिन्तीत छन् ।
प्रदेश सरकारले तालिम दिएपछि ७५ दिनका लागी सितभण्डारमा राख्न सकिन्छ भन्ने आश्वासन दिएको तालिमविज्ञ टोलीका कारण नै शितभण्डारमा सुन्तला राखे । तर सुन्तला राखेको २० दिनमै हेर्दा करिब ६० प्रतिशत सुन्तला नोक्सानी भएको श्रेष्ठले बताए । उनी भन्छन् ‘गाउँभरीका खरिद गरेर २४०० क्यारेट अर्थात करिब ५० टन सुन्तला राखेको छु, गतवर्ष पनि सामान्य सुन्तला विग्रेको थियो । हामीहरू यसवर्ष मंसिरमा तालिम लिएपछि ढुक्क थियौँ, सुन्तला नविग्रने आशा थियो तर, थप विग्रीयो, उनले भने । तालिम नलिएको भए शितगण्डारमा राख्ने योजना नै बन्ने थिएन, तालिम लिएपछि ढुक्क भएर राख्यौँ, २० प्रतिशत नोक्सान भएपनि मुल्य वृद्धी हुदाँ कभर हुन्थ्यो तर, बढी विग्रीयो श्रेष्ठले थप गर्दै भने, ‘६० प्रतिशत नोक्सान हुदाँ करिब २० लाखको क्षती हुने अनुमान गरेको छु ।’
शितण्डार गाउँभरीका ४७ कृषकका लागी नितान्त सुन्तला लक्षित गरि बनाइएको सितभण्डारमा गाउँभरीका सुन्तला खरिद गरेर १ जना ठेकेदारसँगै अन्य ३ जना अगुवा कृषककले पनि सुन्तला राखेका छन् ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मङ्सिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्ड स्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो । तर प्राविधिकहरूले भनेअनुसार नै सुन्तला राखे पनि प्रत्येक वर्ष सुन्तला कुहिएपछि किसानहरू नोक्सान बेहोर्न बाध्य हुनुपरेको छ । कोल्डस्टोरमा राखेका सुन्तला कुहिँदा आफूहरूलाई राहत दिनु पर्ने किसानहरूको माग छ ।
पाणिनी गाउँपालिका कृषि अधिकृत मेगराज पौडेल भन्छन् ‘के कारणले सुन्तलामा ढुसी लाग्यो भन्ने स्पष्ट भएको छैन, विगतमा पनि सुन्तला कुहिएपछि किसानलाई तालिम प्रदान गरिएको थियो, बोटमै हुँदा दानामा इन्फेक्सन थियो या स्टोरमा राखेपछि बिग्रियो भन्नेबारे अहिल्यै भन्न नसकिने उनको भनाइ छ । कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरेले सुन्तला कसरी र किन कुहियो भन्नेबारे नेपाल कृषि अनुसन्धान परिषद्का वैज्ञानिक उमेश आचार्य र कृषि विकास निर्देशनालयको टोलीले स्थलगतरूपमा अवलोकन गरी अनुसन्धान सुरु गरेको जनाए ।
अर्घाखाँचीको पाणिनि गाउँपालिका–२, पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा पणेनाको सिम्ले र पोखराथोकका किसानले राखेको ९० मेट्रिकटनमध्ये ६३ मेट्रिकटन सुन्तलाका दानामा ढुसी लागेर नष्ट भएको थियो । यसबारे अनुसन्धान पछि सत्यतथ्य बाहिर आउने घिमिरेले जानकारी दिए ।
शीतभण्डारमा राखेका ६३ मेट्रिकटन सुन्तला कुहिएपछि प्रतिकेजी ९० मा सुन्तलाको हिसाब गरे पनि किसानले करिब ५६ लाख ७० हजार घाटा व्यहोर्नु परेको ज्ञान केन्द्रले जनाएको छ । शीतभण्डारमा स्थानीयस्तरमा उत्पादन भएको ९० टन सुन्तला किसानले राखेका थिए । सुन्तला कुहिएकाबारे कृषिमन्त्री बेदुराम भुसालले समेत चासो राखेका थिए । बेमौसमी समयमा बढी मूल्यमा बिक्री गर्ने उद्देश्यले राखेका सुन्तलामा ढुसी लागेपछि किसानले घाटा ब्यहोरेका छन् । यहाँ यसअघिका दुई वर्षमा पनि कुहिएर सुन्तला नोक्सान भएका थियो ।
जिल्लामा तीन वटा शीत भण्डारण स्थापना भएका छन् । सन्धीखर्कमा १ हजार मेट्रिक टन क्षमताको फलफूल तथा तरकारी राख्ने भण्डारण केन्द्र, मालारानीमा १ हजार मेट्रिक टन सुन्तला तथा तरकारी राख्ने क्षमताको शीत भण्डार निर्माण सम्पन्न भएको छ । निर्माण भएका शितभण्डारहरू सञ्चालन गर्नमा कठिनाई देखिएको छ ।