ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित

बम्जन, ‘लिटिल बुद्ध’ र भ्रम

२९ पुष २०८०, आईतवार
२९ पुष २०८०, आईतवार

पछिल्लो समय रामबहादुर बम्जमलाई प्रहरीले हिरासतमा लिएसँगै उनको पक्ष र विपक्षमा विभिन्न टिकाटिप्पणीहरू आउन थालेका छन् । तामाङ समुदायसहित अधिकांश नेपालीलाई क्रिश्चियनीकरणको लहरले निल्दै गरेको बेला बम्जमको उपस्थितिले यो क्रम केही हदसम्म भएपनि रोकिएको छ भन्ने केही विद्वान समूहको मत छ । यही तर्कलाई आधार बनाई उनीहरू बम्जनको समर्थनमा उत्रिएका छन् । यस सन्दर्भमा उनको समर्थन र विरोधबारे लेखकको चासो होइन । बरु बम्जमलाई ‘लिटिल बुद्ध’ कै रूपमा हेरिरहेका विद्वान वर्गको प्रतिक्रियाको उपज हो यो आलेख । बम्जनलाई लागेका आरोपका विषयमा अदालतबाट फैसला आउने नै छ । तर, बम्जनलाई अझैपनि ‘लिटिल बुद्ध’ को रूपमा हेरिनुले बुद्ध सम्बन्धी भ्रम र अल्पज्ञानले गर्दा नेपाली समाजले बुद्धशिक्षा र बौद्ध दर्शनबाट लाभ लिन नसकेको तीतो यथार्थ उजागर गरेको छ । अहिले पनि बम्जनलाई ‘लिटिल बुद्ध’ मान्नेहरूले पहिला बुद्ध, उनको शिक्षा र दर्शनलाई राम्ररी बुझ्नु जरुरी छ । अनि मात्र तर्क गर्नु उचित हुनेछ ।

‘कागले कान लग्यो भन्दैमा कागको पछि दगुर्ने हुँदैन ।’ कति राम्रो उखान छ । तर, कागको पछि दुगुर्नुभन्दा अगाडि आफ्नो कान छाम्नुपर्ने कुरासमेत विर्सन्छ समाजले । सञ्चार माध्यमले जब पहिलोपल्ट ‘लिटिल बुद्ध’ को पगरीसहित राम बहादुर बम्जमलाई प्रकाशित ग¥यो, तब साराको ध्यान उनीमाथि तानियो । निराहार ध्यान गरेको, ध्यान गर्न पीपलको रुखमुनि बसेको, आमाको नाम पनि मायादेवी भएको, गर्भमा हुँदा आमालाई माछामासु खान मन नलागेको जस्ता अनेक तत्थ्यहरूको हवाला दिँदै समर्थकहरूले बम्जनलाई बुद्धको संज्ञा दिएका थिए । दर्शनार्थीेहरूको भीड बढ्दै गयो । देशी विदेशी सञ्चारगृहले उनीबारे लेख्यो, बोल्यो । व्यापारी, उद्योगी, समाजसेवी तथा केही राजनैतिकज्ञहरू समेत उनको अनुयायी बने । बम्जनले सुरुका दिनमा आफूलाई मैत्रेय बुद्ध भने । पछि बुद्धभन्दा पनि ज्ञानी भएको घोषणा गरे । बौद्ध अनुयायीहरूले बौद्ध शिक्षा र बौद्ध तर्क दिँदै उनी बुद्ध हुन नसक्ने तर्क गर्न थाले पछि भने उनले पछि आएर आफू बुद्ध नभएको स्वयं स्वीकार गरे । अनि ‘बोधी श्रवण धर्म’ को स्थापना गरेर आफूलाई तपस्वी बम्जनको रूपमा परिचित गराए ।

निराहार तपस्या गरेको भनिने उनी बेलाबेला तपस्या स्थलबाट हराउँथे । बम्जन आफूलाई तपस्वी मान्छन् र धर्मको प्रणेता पनि ठान्छन् तर, सुटुक्क विहे पनि गर्न भ्याउँछन् । घर, सम्पत्ति जोड्दै गरेको, गृहस्थी जीवनपनि विताउँदै गरेको र यौनप्रति आकृष्ट व्यक्ति कसरी बुद्ध बन्न सक्छ ? बुद्धका विचारहरूलाई केही हुबहु त केही तोडमोड गरेका छन् । तर, उनको खास दर्शन छैन । शिक्षा पनि नयाँ छैन । बिना भोजन लामो समय ध्यानमा बसेकै आधारमा बम्जनलाई ‘लिटिल बुद्ध’ भनी चिनाउने काम मिडियाले ग¥यो । जबकि यसलाई बुद्धले दुश्करचर्या मानेका छन् र यसबाट बोधी लाभ नहुने पनि अनुभवबाट ज्ञान हासिल गर्नुभएको थियो । शरीरलाई दुःख दिएर प्रज्ञा लाभ गर्न सकिँदैन भन्ने बुद्धको तर्क थियो । बम्जनकोे आमाको नाम पनि माया नै भएको भन्दै गौतम बुद्धसँग जोड्न खोज्नु, अवतार भन्नु र ‘लिटिल बुद्ध’ भनी प्रस्तुत गर्नुले नेपाली संचार क्षेत्र बुद्ध र बौद्ध दर्शनबारे कुन हदसम्म अनभिज्ञ रहेछ भन्ने कुरा प्रष्ट पार्दछ । साथै त्यसैको पछि लाग्नेहरूको बौद्धिकताको पनि उजागर गर्दछ । बौद्ध शिक्षा र बौद्ध साहित्यलाई हेर्ने हो भने बम्जनलाई बुद्ध त परको कुरा हो, साधारण बौद्ध पनि भन्न मिल्दैन । मिडियाले उनलाई भिडाइदिएको ‘लिटिल बुद्ध’ को पगरीलाई अझैपनि मानसिकतामा राखिरहेकाहरूले उनी किन बौद्ध होइनन् भन्ने तर्कबारे अध्ययन गर्नु आवश्यक छ ।

पहिलो तर्कः बौद्ध धर्ममा अब आउने बुद्धबारे स्वयं बुद्ध बचन ‘महासिंहनाद सुत्त’ मा उल्लेख गरिएको छ । यस अनुसार अबका बुद्ध मैत्रेय बुद्ध हुन् । जब बुद्ध शिक्षा ओझेलमा पर्छ, हराएर जान्छ र बुद्ध शासन खतम हुन्छ । अर्थात् सिद्धार्थ गौतमबुद्धको समयको चार हजार वर्षपछि मैत्रेय बुद्ध आउने कुरा उल्लेख गरिएको छ । अहिले बुद्ध शिक्षा हराएर गएको छैन । त्यसैले मैत्रेय बुद्ध आउने समय पनि भैसकेको छैन । त्यसैले पनि लिटिल बुद्धको अवधारणा गलत छ । बम्जन बुद्ध होइनन् । उनलाई ‘लिटिल बुद्ध’ भन्नु भ्रम मात्र हो ।

दोस्रो तर्कः सिद्धार्थ गौतमले निराहार बसेर दुश्चक्रचर्याबाट ध्यानमा बस्दा बोधी लाभ नहुने कुरा अनुभवबाट ज्ञान पाए । यसबाट शरीरलाई कष्ट मात्र हुने कुराको बोध भयो । त्यसैले उनले मध्यमार्गी बाटो अपनाए । उनले सुजाताको खीर दानलाई सहज स्वीकार गरे । सोही खीर खाएर बुद्धत्व प्राप्त नगरेसम्म ध्यानबाट नहट्ने प्रण पनि गरे । परिणामतः सोही रात उहाँलाई बुद्धत्व लाभ भयो । सिद्धार्थ बुद्ध बन्नुभयो । अर्काेतिर बुद्धले अनुचित र असफल ठानेको दुश्करचर्या अर्थात् निराहार बसी ध्यान गरेर बुद्ध बनेको दावी बम्जन र उनका समर्थकले गरे । निराहार बसेर ध्यान गर्दैमा बुद्धत्व लाभ हुने होइन । त्यसैले ध्यानबाट ज्ञान प्राप्त भएको भन्ने बम्जनको कुरा खोक्रो आवरण मात्र ठान्न सकिन्छ ।

तेस्रो तर्कः बुद्धमा जस्तोसुकै वाधकलाई पनि साधक बनाउने क्षमता थियो । अंगुलीमाल जस्तो हिंसकलाई पनि बुद्धले आफूलाई मार्न आउँदा प्रज्ञाको आभाले सत्मार्गमा हिड्न सिकाउनु भयो । हतियारको बाटो रोज्नेलाई ज्ञान र ध्यानको बाटो देखाउने क्षमता बुद्धमा थियो । जबकि बम्जनले स्थानीयले तपस्यामा बाधा पु¥याएको हुँदा उनीहरूलाई दण्डित गरिएको भनी स्थानीयलाई कुटपिट गरिएको घटना बाहिर आएको थियो । एकपटक बम्जन एक्लै जङ्गलमा फेला पर्दा उनीसँग तरवार पनि भेटिएको थियो । पत्रकारहरूलाई उनले त्यो हतियार आफ्नो सुरक्षाको लागि राखेको बताएका थिए । तर बुद्धले हतियारको विरोध गर्नुभएको थियो ।

चौथो तर्कः बुद्धमा महाकरुणा थियो । सारनाथमा बुद्धत्व प्राप्त गरेपश्चात् बुद्धले पञ्चवर्गीय भिक्षुलाई धर्मचक्र पर्वतन गर्नुभयो । भिक्षुहरूलाई सबै एक्लाएक्लै धर्म प्रचारको लागि आम मान्छेसम्म पुग्ने अभियान पनि चलाउनु भयो । त्यसैले बुद्धले सम्पूर्ण मानवजातीको कल्याण चाहनु भयो । साथै बुद्धले बौद्ध शिक्षालाई धर्म भन्नु भएन र आफूलाई धर्म प्रवर्तक पनि ठान्नु भएन । बरु आफ्ना शिक्षाहरूलाई एकपटक आफै जाँच्नुपर्ने र ठीक भएमा मात्र त्यसलाई स्वीकार गर्नुपर्ने कुरा बताउनु भयो । बम्जनले आफूलाई ‘बोधी श्रवण धर्म’ को संस्थापक घोषणा गरेका थिए । यहाँसम्मकि बौद्ध मार्गीहरूलाई पनि बुद्ध धर्म त्यागेर आफ्नो धर्ममा आउन उत्प्रेरित गरेका थिए । त्यसैले बम्जनलाई ‘लिटिल बुद्ध’ भन्न मिलदैन ।

पाचौँ तर्कः बौद्ध साहित्यको ‘मलक्खण सुत्त’ मा सम्यकसंबुद्धको ३२ लक्षणहरूबारे चर्चा गरिएको छ । तर बम्जममा ती लक्षणहरू कतै देख्न सकिँदैन । त्यसैले उनलाई ‘लिटिल बुद्ध’ भन्नु बौद्ध साहित्यको अनभिज्ञताको उपज हो ।

छैठौँ तर्कः बौद्ध साहित्य अनुसार हरेक बौद्ध गुरुलाई अरू अटुट परम्पराका गुरुहरूले स्वीकार गरेको र शिक्षा दिन स्विकृति दिएको हुनुपर्ने मानिएको छ । दिपंकर बुद्धबाट सुमेध ऋषीलाई ‘बुद्ध बन्नेछौ’ भनी पूर्व घोषणा गरिएको थियो । सोही घोषणा बमोजिम संसारको उद्धारको लागि सुमेध ऋषी बोधिसत्व सिद्धार्थको रूपमा जन्म लिनुभएको भन्ने मान्यता बुद्ध धर्ममा छ । बौद्ध धर्ममा चलेका कुनैपनि परम्पराहरूमा गुरुहरूबाट बम्जनलाई बुद्धको रूपमा स्वीकार गरिएको छैन । त्यसैले बम्जन ‘लिटिल बुद्ध’ होइनन् ।

सातौँ तर्कः सबै बुद्धको शिक्षा एकै खाले हुन्छ भन्ने बौद्ध साहित्यमा उल्लेख छ । स्वयम् शाक्यमुनि बुद्धले उहाँका प्रिय शिष्य आनन्दलाई यो कुरा भन्नुभएको हो । बम्जनको शिक्षा शाक्यमुनी बुद्धको शिक्षाबाट भिन्न छ । अलिकति साभार गरिएकोले यदाकदा मिलेजस्तो पनि देखिन्छ तर शाक्यमुनी बुद्धले सिकाएको गम्भिर सैद्धान्तिक कुराहरूसँग भने बाझिएको देखिन्छ । त्यसैले बम्जनको शिक्षा बौद्ध शिक्षा होइन । त्यसैगरी “म शाक्यमुनीभन्दा बढी ज्ञानी हुँ” भन्ने उनको दावीले बम्जनको शिक्षा बौद्ध हुदै होइन भनेर देखाउँदछ ।

आठौँ तर्कः सिद्धार्थ आफ्नो सारा श्रीसम्पत्ति वैभव, राजकाज र आफन्त त्याग गरेर सन्यासी भएका थिए । तर, बमजनलाई प्रहरीले समात्दा उनीबाट करोडौं बरामद भएको थियो । तपस्वी भएपछि बमजनले दीपशिखा नाम गरेकी केटीसँग विवाह गरेका थिए । काठमाडौँमा घर खरिद गरी पारिवारिक जीवन पनि व्यतीत गरेका थिए । यसरी सांसारिक मोहमा रमाउने मान्छे कहिलेपनि बुद्ध बन्न सक्दैन । बुद्ध धर्ममा तृष्णालाई दुःखको मूल कारण मानिएको छ । धन, दौलत, घर, परिवार, यौन जस्ता कुराहरूको तृष्णाले वम्जनलाई आम मानिसको चौघेराबाट माथि उठाउन सकेन । त्यसैले बम्जन ‘लिटिल बुद्ध’ होइनन् ।

चार आर्य सत्य, दुःख निरोधको आर्यअष्टाङ्गिक मार्ग र प्रतीत्यसमुत्पाद जस्तो वैज्ञानिक शिक्षा दिएर मानव जगतलाई दुःख मुक्तिको मार्ग बताउनु भयो बुद्धले । अनित्य, अनात्म र दुःखको सिद्धान्त जस्तो जीवन दर्शन बुद्धले नै दिनुभयो । समग्रमा बुद्धको शिक्षा मध्यमार्गी, सरल र मानव कल्याणमा आधारित छ । यस्तो महान दार्शनिक, महामानव एवम् युग पुरुषका अघि समकालिक चिन्तक एवम् दार्शनिकहरू पनि ओझेलमा परेका थिए । यस सन्दर्भमा केही समय पीपलको रुखमुनि ध्यान मग्न देखिँदैमा बम्जनलाई ‘लिटिल बुद्ध’ को पगरी भिडाउने, तपस्वीको संज्ञा दिने र ‘बोधी श्रवण धर्म’ का पर्वतक मान्ने नेपाली समाज र खासगरी नेपाली मिडिया मात्र नभएर अन्तर्राष्ट्रिय मिडियाहरू पनि बौद्ध शिक्षाबारे सेचत हुनुपर्ने देखिन्छ । त्यतिमात्र होइन, बुद्ध शिक्षाबारे जानकारी नलिई टिप्पणी गर्ने नेपाली विद्वान जगतले पनि एक्पटक बुद्ध र उनको शिक्षाबारे अध्ययन गर्नु आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?