ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द

१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

सुर्खेत, १० मंसिर । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित वडा कार्यालय दुई दिन देखि बन्द छ । कर्मचारी नभएपछि कार्यालय बन्द भएको हो । वडाध्यक्ष इन्द्र चौलागाईंले कर्मचारी नभएको भन्दै आफ्नै वडा कार्यालयमा तालाबन्दी समेत गरे । उनले तालाबन्दी गरेको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए ।

उनले भनेका छन्, ‘कर्मचारी नहुञ्जेलसम्मका लागि यो कार्यालय बन्द भएको जानकारी गर्दछु । जम्बुकाँध नगरपालिकामा जानुहोला ।’ जम्बुकाँध चामुन्डा विन्द्रासैनी नगरपालिकाको कार्यालय हो ।

कार्यालयमा वडा सचिवको अभाव भएकाले समस्या भएको नगरपालिकाका सूचना अधिकारी खगेन्द्रबहादुर शाहीले जानकारी गराए । ‘वडा नम्वर सातको कार्यालय नौ नम्वरको वडा सचिवले हेर्दै आउनुभएको छ उहाँलाई दुवैठाउँमा हेर्दा फुर्सद नभएर पनि हुन सक्छ’ शाहीले भने, ‘भोली (मंगलवार)सम्ममा उहाँ कार्यालय जानुहुन्छ होला ।’ शाहीले तीन दिनपछि कार्यपालिकाको बैठक बसेर उचित निर्णय समेत गरिने जनाए । हाल वडा नम्बर ७ को वडा सचिवको जिम्मेवारी वडा नम्बर ९ का वडा सचिव नेत्रबहादुर खड्कालाई थप गरिएको छ ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकाका वडा नम्बर सात मात्र होइन १ र ६ का वडा कार्यालय सचिवविहीन बनेका छन् । नगरपालिकाको ३ असोजको कार्यापालिकको बैठकले करार कर्मचारी हटाएपछि वडा कार्यालय सचिवविहीन बनेका हुन् । पालिकाले सचिव जिम्मेवारी दिएर केही कर्मचारी पठाउन खोजे पनि कर्मचारीले पत्र बुझेका छैनन् भने अरु कर्मचारी पठाउन नगरले सकेको छैन । वडा कार्यालयबाट दिने सेवा सुविधालाई अर्को वडामा गएर लिनु पर्दा समस्या भएको सेवाग्राहीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?