ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
१२ औं वार्षिकोत्सव विशेष

उज्यालो थारु गाउँले सैनामैनाको स्वरूप बदल्छ

२२ पुष २०८०, आईतवार
२२ पुष २०८०, आईतवार

सैनामैनाको विकासमा नगरपालिका कसरी अगाडि बढिरहेको छ ?
–सैनामैना नगरपालिकामा हामी निर्वाचित भैसकेपछि सबै ठाउँहरूको समानुपातिक विकास होस् भन्ने चाहना हामीले राख्यौं । विकास जुन ठाउँमा पुग्नुपर्ने हो, त्यस ठाउँमा पुगोस् भन्ने जनप्रतिनिधिको चाहना हुन्छ नै । म निर्वाचित भैसकेपछि हाम्रो कार्यपालिका, यहाँका वडाध्यक्षहरू सबैको सल्लाहबाट सैनामैनालाई केही नयाँ पहिचान दिनका लागि हामीले उज्यालो थारु गाउँ अभियान सुरुवात ग¥यौं ।
जुन २–३ सय वर्ष अगाडिदेखि नै तराइमा बसोबास गरेका थारुहरू जो मलेरिया, सिकलसेललाई पचाएर यहाँका जमिनहरू उर्वर बनाए, त्यही वर्गको गाउँमा जाँदा दयनीय अवस्था सिर्जना भयो । त्यसकारण हामीले उज्यालो थारु गाउँ अवधारणा ल्यायौं । त्यो मार्फत त्यहाँका ढल, बाटा, बिजुलीबत्ती, पूर्वाधारलगायतका क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर हामी त्यो अभियानमा लागेका छौं । पहिलो वर्ष र दोस्रो वर्षको बजेटमा हामीले त्यो कार्यक्रमलाई अगाडि बढाइराखेका छौं । प्रदेश सरकार र संघीय सरकारबाट पनि त्यो योजनालाई सपोर्ट गर्ने किसिमको योजनाहरू आएको छ र त्यसले एउटा सोसाइटी नै परिवर्तन गर्ने किसिमको योजना सावित भएको छ ।

सैनामैनाको विकासका लागि मुख्य पाँचवटा प्राथमिकता के–के लाई राख्नुभएको छ ?
–कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकूदलाई हामीले विशेष प्राथमिकतामा राखेका छौं । यो त राज्यलाई नै प्राथमिकीकरण तोकिसकेको छ । यसलाई हामीले कसरी सपोर्ट गरेर लैजाने र शिक्षामा पनि नेपाल सरकारले प्रति विद्यार्थी १५ रुपियाँका दरले खाजा दिइराखेको थियो । र खाजाका लागि यसभन्दा पहिला नगद पैसा नै दिने परम्परा रहेछ । र हामी निर्वाचित भैसकेपछि पैसा सम्बन्धित विद्यार्थीसँग पुग्नुपर्छ भन्ने उद्देश्यले प्रतिविद्यार्थी ५ रुपियाँका दरले हामीले बढायौं । त्यसले गर्दा स्कुलमै पकाएर खुवाउन सक्ने वातावरण सिर्जना भयो । अहिले सैनामैना नगरपालिकामा प्रत्येक सामुदायिक विद्यालयमा यो लागू छ ।

सैनामैना पर्यटनको लागि पनि संभावना बोकेको क्षेत्र हो । यसतर्फ नगरपालिकाको के योजना छ ?
–अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नु भो । पर्यटनको लागि सैनामैनामा पर्रोहा परमेश्वर बोलबम धाम जो पश्चिम नेपालको पशुपतिनाथ भनेर चिनिन्छ । त्यो मन्दिरको निर्माण हामी निर्वाचित भैसकेपछि सुरुवात गरेको हो । डेढ वर्षमा पहिलो चरणको काम सम्पन्न भैसकेको छ । त्यो अहिले हेर्दाखेरी वास्तवमै अहिले लाखौं पर्यटकहरू नेपालका मात्रै नभएर भारतको उत्तरप्रदेशदेखि लिएर सबै ठाउँका पर्यटकहरू प्रशस्त मात्रामा शिवरात्रीमा र श्रावणी मेलामा आउने गरेका छन् । हाम्रो चाहना भनेको त्यतिले मात्र पुग्दैन, त्यहाँ बाह्रै महिना पर्यटकहरूको ओहोरदोहोर होस्, अलि व्यापक प्रचार प्रसार गर्न सकौं, त्यसले पूर्णता नपाइकन अरू फेरि थप दोस्रो चरणको कार्यक्रम छ, त्यसलाई पनि पूर्णता दिन सकियो भने वास्तवमा पर्यटनले धेरै ठूलो फड्को मार्न सक्छ । त्यतिमात्र नभै लुम्बिनीसँग जोडिएको सैनामैना बुद्धकालीन गाउँ हो ।
सैनामैना वडा नं. १ मा उत्खनन् गर्ने हो भने यहाँ बुद्धसँग जोडिएका धेरै वग्नावशेषहरू पाइन्छन् । त्यसैगरी यहाँका पूराना मठमन्दिरहरू, यहाँको सिमसार क्षेत्र, मलमला, राजापानी यसको पनि विकास गर्न सकियो भने अत्यन्तै महत्वपूर्ण हुन सक्छ । त्यसका अलावा हामीले सैनामैनामा भएका पूराना पोखरीहरूलाई जीर्णद्धार गर्ने, राम्रो बनाउने अभियानमा लागेका छौं । गतवर्ष मात्रै हामीले बाह्र बिघाको एउटा पोखरी निर्माण गयौं । त्यो पोखरी निर्माण गर्दा त्यस क्षेत्रमै पानीको पुनर्भरण पनि भएको छ, सिंचाई भएको छ । यसले बहुआयामिक सफलता प्राप्त गर्न सक्छ ।

खेलकूद क्षेत्रलाई नगरपालिकाले कत्तिको प्राथमिकतामा राखेको छ ?
-खेलकूद हाम्रो प्राथमिकतामै छ । सैनामैनामा अहिले वडा नम्बर ४ मा फूटबल ग्राउन्ड निर्माण भैराखेको छ । जुन सम्पन्न हुने अवस्थामा छ । वडा नम्बर ७ लम्तैयामा क्रिकट मैदान निर्माण गर्ने योजनाका साथ अगाडि बढेका छौं । संघीय सरकारबाट पर्याप्त बजेट नआएका कारण अहिले भने स्थगीत भएको छ । त्यसलाई हामीले निरन्तरता दिने प्रयासमा लागिराखेका छौं । यस अलावा प्रत्येक वडामा एउटा खेलकूद मैदान, कभर्ड हलहरू होस् भन्ने हिसाबले हामी अगाडि बढेका छौं । प्रदेश सरकारले पनि कभर्ड हल निर्माणका लागि यथेष्ट सहयोग गरिरहेको अवस्था छ ।

सडक पूर्वाधारको क्षेत्रमा कुरा गर्दा सैनामैना चक्रपथको योजना कहाँ पुग्यो ?
-सैनामैना चक्रपथको लगभग ७० प्रतिशत निर्माण सम्पन्न भैसकेको छ । त्यहाँ बन्ने केही पुलहरू बाँकी छन्, अहिले मात्रै चारवटा पुल निर्माणको काम चलिरहेको छ । पहिलो वर्ष नै दुईवटा पुल शिलन्यास भएर निर्माण अगाडि बढिरहेको अवस्था छ । अरू अधुरा पुलहरू सम्पन्न भएका छन् । त्यस अलावा वडा नम्बर ११ विजुवापुरमा हामी निर्वाचित भैसकेपछि सुरु गरेको पुल सम्पन्न भैसकेको छ । कालिमा चक्रपथ मै भएको पुल सम्पन्न भएको छ । वडा नम्बर ४ कुस्मामा म निर्वाचित भैसकेपछि सुरु गरेको लुम्बिनी सडकको पुल सम्पन्न भैसकेको अवस्थामा छ । अरू पुलहरू पनि हामीले निर्माण गरिराखेका छौं । विकास भएको देखिनका लागि पनि पूर्वाधारको विकास हुनुपर्ने रहेछ । यस अलावा स्वास्थ्यमा पनि हामीले निरन्तर सुधार गर्दै अगाडि बढेका छौं ।

सैनामैना नगरपालिकामा स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलाहरूका लागि नेपाल सरकारले दिएको सेवा सुबिधा बाहेक आउनजानको लागि एम्बुलेन्स निःशुल्क गरेका छौं । त्यतिमात्र होइन, जेष्ठ नागरिक, विपन्न, पीछडिएको वर्ग जो छ, रूपन्देहीका अस्पतालहरूमा उपचारका लागि जाने व्यक्तिहरूका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौं । वास्तवमा यो अत्यन्त महत्वपूर्ण कुरा रहेछ । जनताले यस्तै कामबाट यो हाम्रो सरकार रैछ भन्ने खालको अनुभूति गरेका छन् ।

त्यतिमात्र नभएर अहिले सैनामैना नगरपालिकाको स्वास्थ्य सेवा केन्द्रबाट रेविजको भ्याक्सिन हामीले सुरुवात गरेका छौं । धेरै पालिकामा रेविजको भ्याक्सिन लगाइएको छैन । यो हाम्रो थप सुविधा हो । अहिलेको रेकर्ड अनुसार ११ सय जना कुकुरले टोकेका बिरामीले रेविजको भ्याक्सिन लगाएका रैछन् । त्यसलाई मध्यनजर राखेर अहिले सैनामैना नगरपालिकाले कुकुरलाई रेविज खोप दिने र बन्ध्याकरण गर्ने काम गरिरहेका छौं । अझै पनि धेरै कुकुरहरू बाँकी छन् । आगामी दिनमा पनि हामीले यो कार्यक्रमलाई निरन्तरता दिएर अगाडि बढाउने छौं । त्यसका अलावा कृषिमा पहिलो ५० प्रतिशत अनुदान दिइराखेका थियौं, त्यसलाई थप गरेका छौं । बिउ वृद्धिका कार्यक्रमहरू गरिरहेका छौं । आलु, मकैका पकेट क्षेत्र निर्माण र बाख्राको पनि पकेट क्षेत्र निर्माण गरिराखेका छौं । सैनामैनाको एउटा महत्वपूर्ण कार्य अहिले सैनामैनामा एउटा शीतभण्डारको निर्माण भएको छ । संघीय सरकार र नगरपालिकाको संयुक्त रूपमा करोडौं लागतमा यो निर्माण भएको छ । त्यस अलावा यसको बजार व्यवस्थापन कसरी गर्ने भनेर पनि हामी लागिराखेका छौं ।

नगरपालिकाले काम गरिहँदा नीतिगत र व्यवहारिक कठिनाई छन् कि छैनन् ?
-वास्तवमा हामीलाई व्यवहारिक कठिनाई केही हुँदो रहेनछ । एउटा नेताले चाहेको योजनाहरू गाउँमा लिएर गएर त्यसलाई सम्पन्न गर्न गाह्रो रहेछ । जनताले चाहेका योजनाहरू सम्पन्न गर्न केही कठिनाई रहेनछ । त्यसकारण हामीले जनताका आवश्यकताअनुसारका योजनाहरू नै अगाडि बढाएका छौं । यसमा कुनै समस्या छैन । à

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?