ट्रेंडिंग:

>> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री >> मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी >> कर्णालीमा हिंसात्मक आक्रमणको ध्यानाकर्षण >> सांसद राणा पक्राउ बारे सभामुख घिमिरेले सदनमा दिए जानकारी >> प्रधानमन्त्री ओली एकीकृत समाजवादीको कार्यालयमा श्रद्धाञ्जली दिन पुगे >> प्रचण्डले बोलाए आफ्नो निजी निवासमा पदाधिकारी बैठक >> बाँकेमा मनाए ईद >> पूर्वराजा ज्ञानेन्द्र शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउन माओवादी केन्द्रको माग >> राजेन्द्र लिङ्देनले गणतन्त्रवादीलाई भने – तपाईंहरू मादल बजाएर आएको हो? >> झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ >> कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल >> लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन् – राष्ट्रिय महिला मोर्चा >> इस्लाम धर्मावलम्बीहरूले मनाए इद पर्व >> ईदमा महिलाको सामुहिक नमाज >> डलरको भाउ स्थिर हुँदा युराे बढ्याे, अन्य मुद्रा कतिमा हुँदैछ कारोबार ? >> तौलिहवामा श्रीराम कथा ज्ञान महायज्ञ >> घरेलुको देवदह बजारमा अनुगमन अखाद्य वस्तु बरामद गरी नष्ट >> गणतन्त्र संस्थागत गर्ने आधारः सुशासन र विकास >> डढेलो नियन्त्रणमा ध्यान जाओस् >> कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज >> जनतालाई प्रश्न गर्ने अधिकार छः गृहमन्त्री >> खानेपानी योजनाको आयु बढाउँदै बागचौर >> नेपाली समाज हिन्दू धर्म संस्कारमा अडिग: पूर्वप्रधानमन्त्री देउवा >> प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी विजयी >> आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा >> आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना >> गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ >> रक्तदाता समाजको कार्यालय उद्घाटन >> मेडिको फयुजनलाई रोटरी भलिबलको उपाधि >> रवीन्द्र र धवलसहित ४१ जनालाई ५ दिन हिरासत राख्न अनुमति >> सोमबार सार्वजनिक बिदा >> निजामती कर्मचारी संगठन कर्णाली प्रदेशको सातबुँदे घोषणापत्र जारी >> तीन वर्षभित्रै भूमिहीनलाई पुर्जा दिनेगरी कार्ययोजना बनाएका छौँ : अध्यक्ष रिजाल >> धनुषामा युवकको हत्याको विरोधमा प्रदर्शन, प्रहरी र स्थानीयबीच झडप >> स्ववियु चुनाव तातियो , मुगुमा एक स्वतन्त्र सहित दुई जना चुनावी मैदानमा >> सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो >> रवि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने >> प्रतिनिधिसभा ४ बजेका लागि सर्यो >> पुँजीलाई उत्पादन र आयआर्जनमा नजोड्ने सहकारीहरु बन्द हुन्छन् : अध्यक्ष पाठक >> प्रतिपक्षले संसद अबरोध गर्दा गृहमन्त्रीले चैत १५ को घटनाबारे जानकारी दिन पाउनु भएन: रघुजी पन्त >> राकम कर्णालीमा ५० शैयाको स्याटलाईट अस्पताल बनाईने >> दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने आवश्यकताः पूर्व राष्ट्रपति भण्डारी

सामाजिक उद्यमशिलताको बर्ष बनाउनमा मेरो प्राथमिकता

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

लायन्स क्लव अफ अन्तराष्ट्रिय डिष्टिक ३२५ पी को अध्यक्षमा रूपन्देहीका सामाजिक अभियान्ता पुरुषोत्तम भक्त  प्रधानांङ्ग निर्वाचित भएका छन् । लायन्सहरूको छाता संगठनको रूपमा रहेको डिष्ट्रिकमा यो भन्दा पहिला बुटवलमा नवराज न्यौपाने, अर्जुनमान शैजु गर्भनरको जिम्मेबारी पुरा गरिसकेका छन् । रूपन्देहीबाट तेस्रो गर्भनरको रूपमा अभियानमा रूपन्देहीबाट तेस्रो गर्भनरको पुरुशोत्तमभक्त प्रधानाङ्ग चयन भएका हुन । उनको कार्यकाल अग्रेजी महिनाको अप्रील १ बाट सुरुवात हुँदै छ । लायन्स अन्तराष्ट्रिय डिष्टिक ३२५ पी का गर्भनर प्रधानाङ्गसंग लायन्य अभियान, अवको कार्यकाल र भूमिकाको विषयमा बुटवल टुडेले गरेको कुराकानी ।

लायन्स अभियानमा कसरी जोडिनुभयो ?
–लायन्स अभियानमा एउटा कुरा के भने भने मानिस जन्मिएपछि केही न केही गर्नुपर्दछ भन्ने उदेश्य लिनुपर्दछ, त्यहि उदश्य अनुरूपम तपाई तपाईको लागि मात्रै, म मेरो लागी मात्रै बाच्ने होईन, अरूको लागि पनि बाँच्न पर्छ, केही गर्नुपर्दछ, सामाजिक उत्तरदात्वि हामी प्रति धेरै छ भन्ने एउटा मलाई फिल भयो, सोही अनुसार म लायन्स अभियानमा जोडिएको हुँ । म बर्ष २००७ मा लायन्स क्लव अफ बुटवल तिलोत्तमा हो । यो क्षेत्रको यो क्लव दोस्रो क्लव हो । हाम्रो मातृ क्लव भनेको लायन्स क्लव अफ बुटवल हो । बुटवल लायन्स आँखा अस्पताल सञ्चालित भएको क्लव हो , रणअम्बीका आँखा अस्पताल सिद्धार्थनगर लायन्स क्लवको पनि सहकार्यरहेको छ ।
हामी यो क्षेत्रमा दोस्रो क्लव र यो एरियामा पहिलो क्लवको रूपमा स्थापना गरेका थियौं । जहाँ पनि जाँदा हामी के हेर्छौ, आफु भन्दा कम अवसर प्राप्त व्याक्ति देख्ने गर्दछ, हामी सरहर बनाउने गरी हाम्रो उदेश्य हो । हामीले हामी सरह, आफु भन्दा कम अवसर प्राप्त गर्ने व्याक्तिहरूलाई मानविय सेवा बाट समेत सेवा गर्नुपर्दछ, भन्ने आधारमा हामी अभियानमा अप्रीपेरित भयौ ।

यो क्षेत्रबाट तेस्रो गर्भनरको रूपमा नेतृत्व कसरी संभव भयो ?
–म यो क्षेत्रबाट गर्भनर चयन भएको तेस्रो गर्भनर हो । यो भन्दा पहिला मल्टीपल डिष्ट्रिक ३२४ रहेको थियो । यो भन्दा पहिला यो क्षेत्रमा चार वटा मात्रै डिष्टिक थियो , अहिले ४ वटा बाट १५ वटा डिष्टिक बनाएका छौ । अहिले हाम्रो क्षेत्रलाई ३२५ पी भन्छौ । हाम्राक्षेत्रमा वि २ बाट ५ वटा डिष्ट्रिक भएको छ । नेपालभरी १५ वटा डिष्ट्रिक छ । मैले प्रतिनिधित्व गर्ने ३२५ पी हो ।

पुर्व गर्भनरहरू भन्दा फरक वा यहाँको ठोस योजना के छ ?
–गर्ने काम भनेर हाम्रो ग्लोवल कज का ८ वटा बुँदामा रहेर काम गर्दछौ । ति सबै विधा मनविय सेवा मा नै पर्दछन्, मानिसको आवश्यकता एउटै प्रकृतिको हुन्छ तर व्याक्ति अनुसार फरक हुने हो ।
सबैले गर्ने कामा हामी सबैले गर्दै आएका छौ । तर यो बर्ष मैले मेरो मुख्य कार्यक्रम भनेर बर्ष २०२४÷२५ को लागि सामाजिक उद्यमशिलताको बर्षको रूपमा मनाउने गरी योजना बनाएको छु । सामाजिक उद्यमशिलता मार्फत समाज परिर्वतन गर्नुपर्दछ भन्ने मान्यता अनुसार अगाडी बढाएउने छौ । यदि समाज भएन भने हामी जति ठुलो मान्छे भएपनि योगदान दिन सकीएन, सिप विकासको काम गर्न सकिएन, सक्षारता विकास गर्न सकिएन भने समाजमा परिर्वतन हुन सक्दैन । लायन्सले अहिले पनि छात्रवृत्ती वितरण गरेर औपचारिक शिक्षामा काम त गरेकै छ । हामीले हरेक मानिस उद्यमी हुनुपर्दछ भन्ने मान्यता रहेको छ । मनौ तपाईले एकै ठाउमा खाना वितरण गर्दै हुनुहुन्छ भने एक जनाले मात्रै पाउछ, तर त्यो परिवारको एक जनालाई तपाईले तालिम दिएर सक्षम बनाउनुभयो भने रोजगारमा जान सक्ने बनाउनुभयो भने त्यसपछिका १० जना सन्ताले पनि रोजगार पाउँछन् । त्यो सस्कार सिकेर सधै प्रगति गर्न सक्छन् भन्ने जोड मैले दिएको छौ ।

यो भन्दा पहिला सामाजिक उद्यमशिलताको क्षेत्रमा के के काम भएका थिए ?
–यो भन्दा पहिला हामीले सामाजिक उद्यमशिलताको क्षेत्रमा एक, दुई वटा काम गरेका छौ । यो अभियानमा हामी सफल भएका छौ । जसले गर्नुभएको छ त्यसबाट हामी पूर्णरूपमा सन्तुष्ट पनि छौ । नवलपरासी जिल्लाको महिला दिदिबैनीहरूको लागि एउटा बाख्रा दिएर सुरुवात गरेका थियौं, जसमा एउटा बाख्रा बाट अर्को, अर्को हुँदै अहिले सिंगो गाउँ नै उद्यमशिलतामा जोडीएको छ, यो कुरामा हामी सफल भएका छौ । त्यहाँका महिला दिदि बहिनीहरूले गाउँलाई उद्यम संग जोड्नुभएको छ । एकले अर्कोलाई दिने सहयोगबाट यो राम्रो छ ।
तपार्ईहरूले लायन्सले गरेर के कती कारोबार भयो भनेर हामीले सोधेका थियौं । त्रिबेणीका महिलाहरूले अहिले सम्म डेढ करोड भन्दा बढि कारोबार गरेको भन्ने पनि भन्नुभएको थियो । जुन काम बाट हामी पूर्णरूपमा सफल, सन्तुष्ट छौ ।

अहिलेको आर्थिक विषम परिस्थीतिमा सामाजिक उद्यमशिलताको विषयमा कति प्रतिशत सफल हुन सकिएले के लाग्छ तपाईलाई ?
–हामीले सोचेको १०० प्रतिशत नै हो । हामीले सामाजिक उद्यमशिलतालाई अगाडी बढाउने जुन अभियानको रूपमा सुरुवात हुने छ । हामीले सामजिक उद्यमशिलतको जनचेतना जोगाउन सकीमा पनि धेरै सफलता आउछ भन्ने हो । आफ्ठारो परिस्थीति नै अवसर हो । धेरै भयो भने झनै अफ्ठारो हुने हो, तर हामी यहाँ यसलाई अवसरको रूपमा प्रयोग गरेर सामाजिक जनजागरण सहितको सामाजिक उद्यमशिलता विकासका सफल हुन्छौ भन्ने कुरामा ढुक्क छांै ।

अन्त्यमा लायन्सबाद लिएर अगाडी बढिरहनुभएका लायन्स र ननलायन्सहरूको लागि यहाँको भनाई के छ ?
–समाज सुधारको लागि सकारात्मक सन्देश ल्याउन जरुरीरहेको छ । लायन्सले गरेको सामाजिक उत्तरदायित्वको अभियानालाई अझ प्रसार प्रसार गर्न आवश्यक छ । हामी यसमा साथमा साथमा छौ । हामीले रुवेला अभियान, आखाँको उपचार अभियान, डाईबेटीज अभियान पनि जारी छ । हामी के चाहान्छौ भने देशमा सबै उमशिलता होउस् भन्ने धाराण रहेको छ । अहिले विदेशमा गएर युवाहरूले यहाँको सिप, क्षमता भन्दा पनि फरक काम गर्न बाध्य छन्, उनिहरूको लागि स्वदेशकाम नै सिप सहितको सामाजिक उद्यमशिलता विकासको लागि धेरै योगदान दिन सकिन्छ, यसमा लाग्नको लागि म आग्रह गर्दछु । अन्यमा यो अवसर र समयको लागि बुटवल टुडे परिवारलाई धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?