ट्रेंडिंग:

>> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध

‘विद्यालयसँग रोटरी’

५ मंसिर २०८२, शुक्रबार
५ मंसिर २०८२, शुक्रबार

रोटरी एक विश्वव्यापी सामाजिक सेवा गर्ने संस्था हो, जहाँ विभिन्न पेशा र क्षेत्रमा काम गर्ने व्यक्तिहरू समाजको हितका लागि एकजुट हुन्छन्। यसको उद्देश्य शान्ति, सहयोग, समुदाय विकास र मानवीय सेवा प्रदान गर्नु हो। रोटरीको मूल मन्त्र “Service Above Self” (सेवाभन्दा माथि केही छैन) हो, जसले सदस्यहरूलाई स्वेच्छाले समाजमा योगदान गर्न प्रेरित गर्छ।

यिनै मान्यताका आधारमा Rotary Club of Butwal Chautari, स्थापना मिति २०७६ भदौ २३ (9th September 2019) देखि सामाजिक क्षेत्रमा निरन्तर सक्रिय छ। क्लबले विद्यालय रंगरोगन र सिकाइ वातावरण सुधार, विद्यार्थीलाई अध्ययन सामग्री वितरण, स्वास्थ्य शिविर तथा रक्तदान, वृक्षारोपण, वातावरण संरक्षण, विपद् राहत, महिला सशक्तीकरण, समुदाय विकास, युवा नेतृत्व विकास तथा करियर मार्गदर्शनजस्ता असरदार परियोजनाहरू सञ्चालन गर्दै आएको छ। साथै, क्लबले एम्बुलेन्स वितरण गरी आपतकालीन स्वास्थ्य सेवा सुदृढ गर्न योगदान पुर्‍याएको छ र योग्य तथा आवश्यकता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै शिक्षाको पहुँच विस्तारमा सहयोग पुर्‍याइरहेको छ।

यही क्रमलाई अघि बढाउँदै क्लबले अहिले “विद्यालयसँग रोटरी” नामक नयाँ कार्यक्रम सुरु गर्दैछ, जसको सुरुवात नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालय, देविनगर, बुटवलबाट हुँदैछ।

यस कार्यक्रम र क्लबको सम्पूर्ण यात्रामा डॉ. विष्णु घिमिरे, रोटरी क्लव अफ बुटवल चौतारीका चार्टर अध्यक्ष तथा कैडर, निरन्तर मार्गदर्शन र नेतृत्व प्रदान गर्दै आएका छन्, जसले क्लबलाई प्रभावकारी सेवा परियोजनातर्फ उन्मुख गराएको छ। प्रस्तुत छ– यिनै सन्दर्भमा केन्द्रित रहेर डा. घिमिरेसँग गरिएको कुराकानी ।

रोटरी के हो?

-रोटरी एक विश्वव्यापी सामाजिक सेवा गर्ने संस्था हो, जहाँ विभिन्न पेशा र पृष्ठभूमिका व्यक्तिहरू समाजको हितका लागि एकसाथ काम गर्छन्। यसको मुख्य उद्देश्य शान्ति, सहयोग, समुदाय विकास र मानवीय सेवा प्रदान गर्नु हो। “Service Above Self” को मूल मन्त्रअनुसार रोटेरियनहरूले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् राहत र युवाको विकासजस्ता क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याइरहेका छन्।

विद्यालयसँग रोटरीकस्तो कार्यक्रम हो ?

-“विद्यालयसँग रोटरी” भनेको Rotary InternationalRotary District द्वारा सञ्चालन भइरहेको TEACH कार्यक्रमका लक्ष्यहरू पूरा गर्न सुरु गरिएको एक शैक्षिक सहयोगमूलक अभियान हो। यस कार्यक्रमअन्तर्गत विद्यालयहरूको शैक्षिक वातावरण सुधार गर्ने, विद्यार्थीको सिकाइ स्तर बढाउने, शिक्षक-विद्यार्थीलाई आवश्यक सहयोग पु-याउने तथा शिक्षा क्षेत्रमा दिगो प्रभाव पार्ने उद्देश्य राखिएको छ। यही लक्ष्यलाई अघि बढाउँदै Rotary Club of Butwal Chautari ले स्थानीय विद्यालयहरूसँग सहकार्य गर्दै विद्यालयसँग रोटरी कार्यक्रम सञ्चालन गरेको हो।

रोटरी चौतारीले “विद्यालयसँग रोटरी” कार्यक्रमअन्तर्गत कस्ता–कस्ता गतिविधिहरू सञ्चालन गर्छ?

-यस कार्यक्रमअन्तर्गत Rotary Club of Butwal Chautari ले विद्यालयहरूको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्छ। क्लबले विद्यालय रंगरोगन, विद्यालयमा शौचालय निर्माण तथा सुधार, डेस्क-बेञ्च वितरण, विद्यार्थीलाई विद्यालय पोसाक वितरण, शिक्षकहरूका लागि आवश्यक तालिम, ट्राफिक जनचेतना कार्यक्रम, विद्यार्थीहरूलाई वित्तीय छात्रवृत्ति, स्वास्थ्य परीक्षण तथा स्वास्थ्यसम्बन्धी प्रशिक्षणजस्ता बहुआयामिक कार्यक्रमहरू संचालन गर्दछ। यी सबै गतिविधिहरूको उद्देश्य विद्यालय वातावरण सुधार गर्दै विद्यार्थीसँगै सम्पूर्ण विद्यालय समुदायलाई सशक्त बनाउनु हो।

यो कार्यक्रम कति समय चल्छ ?

-“विद्यालयसँग रोटरी” कार्यक्रम क्लबको स्थापना दिनदेखि नै निरन्तर रूपमा सञ्चालन हुँदै आएको दीर्घकालीन पहल हो। यस वर्ष शंकर मावि, शुद्धोधन–रुपन्देहीका विद्यार्थी अञ्जल चापागाईं र प्रशान्त खनाललाई वित्तीय छात्रवृत्ति, पोसाक र कपी वितरण गरिएको छ भने लुम्बिनीमा १३५ जना विद्यार्थीलाई विद्यालय पोसाक प्रदान गरिएको छ। भोलि बुटवलको नवीन औद्योगिक कद्दरबहादुर रीता माध्यमिक विद्यालयमा पनि दुईवटा कार्यक्रम सञ्चालन हुनेछन्। यसरी रोटरी चौतारीले हरेक वर्ष विभिन्न विद्यालयहरूमा निरन्तर रूपमा यो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ।

यो कार्यक्रमको खर्च कसरी व्यवस्थापन हुन्छ ?

-यो कार्यक्रम सञ्चालन गर्नको लागि खर्च Rotary Club of Butwal Chautari को व्यवस्थापनमार्फत पूरा गरिन्छ। क्लबमा संकलित सदस्यता शुल्क, सदस्यहरूको स्वेच्छिक योगदान र केही अक्षयकोषबाट आउने ब्याज मार्फत आवश्यक कोष जुटाइन्छ। यी स्रोतबाट संकलित रकमको सदुपयोग गरी विद्यालयसँग रोटरी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको छ

अन्तिममा के भन्न चाहनुहुन्छ?

-अन्तिममा, यस्तो अवसर दिनुभएकोमा Butwal Today परिवारलाई धन्यवाद दिन चाहन्छौँ। यसैगरी, हामीलाई विश्वास गर्ने अक्षयकोषदाता, हाम्रो क्लबका सम्पूर्ण सदस्यहरू रोटेरियनहरूलाई माया गर्ने तपाइं सबैलाई सम्मान व्यक्त गर्न चाहन्छौँ। जय रोटरी, जय चौतारी!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?