ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

‘सधैं अनमा पुरै पैसा असुल हुन्छ’

९ श्रावण २०८१, बुधबार
९ श्रावण २०८१, बुधबार

एनसेलले एक निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायकका रुपमा विगत झन्डै २ दशक देखि अनवरत रुपमा सेवा प्रदान गर्दै आएको छ । यो कम्पनीको आगमनपछि भएको प्रतिस्पर्धाले सेवा सहज र सस्तो भएको छ र गुणस्तरमा पनि सुधार भएको छ । लुम्बिनी प्रदेश बजारको आकार र सेवाग्राहीका हिसाबले एक प्रमुख बजार हो । कम्पनीको यस प्रदेशमा उपस्थिती, सेवाहरु र हाल संचालनमा रहेको सधैं अन र बिज सधैं अन योजनालगायतका विषयमा एनसेलका लुम्बिनी प्रदेश व्यापार प्रबन्धक आलोक मल्लिकसँग गरिएको कुराकानीः

लुम्बिनी प्रदेशमा एनसेलको सेवा पहुँच र उपस्थिती कस्तो रहेको छ?

-दूरसञ्चार जस्तो अत्यावश्यक सेवा प्रदायकका रुपमा हामीले देशको ९२ प्रतिशत जनसंख्यामाझमा हाम्रो आधारभुत मोबाइल सेवा विस्तार गरिसकेका छौं । नयाँ प्रविधिको फोरजी सेवामा समेत कुल जनसंख्याको पहुँच ९० प्रतिशत माथि नै छ । हामीले लुम्बिनी प्रदेशमा आफ्नो नेटवर्क कवरेज र सेवाहरूलाई सक्रिय रूपमा विस्तार गर्दै आएको छौं र यो प्रादेशिक बजारका हिसाबले एक प्रमुख बजार हो । लुम्बिनी प्रदेश, यस क्षेत्रका बासिन्दा, व्यवसायहरू र पर्यटकहरूको माग पूरा गर्न एनसेलले आफ्नो पूर्वाधारमा महत्वपूर्ण लगानी गरेको छ, जसले भरपर्दो र व्यापक नेटवर्क कवरेज सुनिश्चित गरेको छ । कुल ग्राहक संख्यामा यहाँको योगदान १६ प्रतिशत माथि रहेको छ भने यहाँ सेवा प्रदान गर्नका लागि हामीले ७२० भन्दा बढि टावरहरु स्थापना गरेका छौं ।
केही महिना अघिमात्र हामीले लुम्बिनी प्रदेशमा फोरजी सेवाको महत्वपूर्ण सुधार गरेको छौं । यसले व्यक्तिगत र व्यवसायिक प्रयोगका लागि उच्च गतिको डाटा पहुँच सुनिश्चित गरेका छ र आजको डिजिटल युगमा प्रविधिले दिने फाईदाहरुसँग जोडेको छ । दुर्गम र सेवा अझै पुग्न बाँकी स्थानहरूमा नेटवर्क कवरेज विस्तार गर्नका लागि कामहरु भईरहेका छन् ।

अहिले एनसेलले नयाँ योजना सधैं अन संचालन गरेको छ । यो कस्तो अफर हो?

यो प्रविधिको युग हो र डाटा अर्थात इन्टरनेट अब आम सर्वसाधारण देखि व्यवसायहरुलाई नभई नहुँने सेवा बनि सकेको छ । यद्यपि यो सेवाको पहुँचबाट लिन सकिने फाइदाहरुबाट उपभोक्ताले लाभ लिन सकेका छैनन् । हाम्रो यो सधैं अन योजनाको प्रमुख उदेश्य भनेको नै डाटा सेवा निरन्तर प्रदान गर्नु हो ।
हाम्रा ग्राहकहरुले डाटा सधैं अन राखुन् र डाटा सेवाबाट धेरै भन्दा धेरै फाइदा उठाउन् भन्ने हाम्रो चाहना हो । सामान्यतया हामीलाई डाटा अन राख्दा प्याक सकिएपछि मोबाइल डेट अन रहेको खण्डमा डाटा नचलाए पनि मोबाइलको ब्यालेन्स कटिन्छ भन्ने ग्राहकको गुनासो आउँथ्यो । त्यो समस्या समाधान गर्न हामीले सधैं डाटा अन लिएर आएका हौं । यसमा तिरेको पैसा पुरै असुल हुन्छ र प्याक सकिएको खन्डमा ब्यालेन्सबाट पैसा काटिने टेन्सन रहन्न । अहिलेको अवस्थामा ग्राहकहरुलाई डाटा सेवा नभई हुन्न त्यसैले उनीहरुलाई सस्तो शुल्कमा इन्टरनेटमा सधैं अनलाइन राख्ने उदेश्य सहित यो सधैं अन योजना संचालनमा ल्याईएको हो । एउटै प्याकमा डाटा, भ्वाइस, एसएमएस र अझै निःशुल्क सोसल मिडिया चलाउनका लागि डाटा पनि पाइने भएकोले यो ग्राहकको लागि धेरै फाइदाजनक छ ।
यस्तो प्रकार को यो पहिलो योजना हो र आम उपभोक्ताले यसलाई मन पराईदिनु भएको छ । योजना संचालनमा ल्याएको छोटो समयमा नै १० लाख बढि हाम्रा ग्राहकहरु सधैं अनमा आवद्ध भईसक्नुभएको छ । ग्राहकले *१२३# डायल गरेर वा एनसेल एप मार्फत यो प्याक आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ ।

लुम्बिनीमा डेटाको प्रयोग कस्तो रहेको छ?

हामीले फोरजी सेवा संचालनमा ल्याएपछि लुम्बिनी प्रदेशमा डाटा प्रयोगकर्ताहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । यस क्षेत्रमा इन्टरनेट पहुँच र मोबाइल सेवाहरूको आवश्यकता बढ्दै गइरहेको छ । जसलाई पूरा गर्न हामीले महत्वपूर्ण कार्यहरू गरेका छौं । लुम्बिनी प्रदेशमा हामीले आफ्नो फोरजी नेटवर्कलाई विस्तार गरेर सुलभ दरमा उच्च गतिको इन्टरनेट सेवा प्रदान गरिरहेका छौं । यसबाट उपभोक्ताहरूले छिटो र भरपर्दो डाटा सेवा पाईरहेका छन् ।
डाटा खपत बढे पनि छिमेकी मुलुकहरुको तुलनामा हाम्रो देशमा प्रति ग्राहक प्रति महिना औषत डाटा खपत कमै रहेको छ । सधैं अन र बिज सधैं अन जस्ता नयाँ प्रभावकारी योजनाहरुले डाटा खपत बढाउनुका साथै, सेवा प्रयोगबाट लिने फाइदा बढ्ने छ भने यसले डिजिटलाइजेसनमा पनि योगदान पुर्याउने छ ।

उपभोक्ताले सधैं अन नै किन लिने र यसको खास विशेषता के के छन्?

डाटा अन राख्दा प्याक सकिएपछि मोबाइल डेटा अन रहेको खण्डमा डाटा नचलाए पनि मोबाइलको ब्यालेन्स काटियो, एनसेलको इन्टरनेट महंगो भयो भन्ने जस्ता ग्राहकका गुनासोहरु आउने गरेको थियो । त्यो समस्या समाधान गर्न हामीले सधैं अन ल्यायौं । अब डाटाको प्याक सकियो भने ग्राहकको मेन ब्यालेन्सबाट पैसा कटिदैन साथै यसको अर्को विशेषता भनेको प्याकमा बचेको सेवा खेर जाँदैन, भ्यालिडिटीभित्रै अर्को पटक सधैं अन प्याक खरिद गर्दा बाँकी रहेको सेवा थपिएर आउँछ जसले ग्राहकलाई धेरै फाइदा दिन्छ ।
सधै अन योजनाले डेटा, भ्वाइस कल, र एसएमएस एउटै प्याकेजमा बन्डल गरिएको छ । यसको मतलब प्रयोगकर्ताहरूले ती सेवाहरु छुट्टा छुट्टै खरिद गर्न पर्दैन एकै प्याकमा पहिला भन्दा दुई गुणा बढि सस्तोमा सेवा प्रयोग गर्न सक्छन् । सधैं अन प्याकको मुल्य रु ९९ बाट सुरु हुन्छ र ग्राहकले आफ्नो बजेट र सेवाको आवश्यकता अनुसार प्याकहरु लिन सक्छन् । समयावधि भन्ने हो भने ७ दिने र २८ दिने प्याकहरु प्रदान गर्दै आएका छौं ।

एनसेलले हालै मात्र व्यवसायी, उद्यमीहरु लक्षित बिज सधैं अन पनि ल्याएको छ यो के हो र पहिला यसमा नयाँ कुरा के छन्?
हजुर भखरै मात्र हामी ले ५ लाख भन्दा बढी व्यवसायिक ग्राहकहरुलाई मध्यनजर गर्दै बिज सधैं अन योजना लियर आएको छौ । हाम्रा सबै पोस्टपेड ग्राहकहरूका लागि बिज सधैं अन प्लानमा डाटा, भ्वाइस, र एसएमएस बन्डल भएर आएको छ र त्यसमा थप बन्डल सेवाका रुपमा लायन्सगेट प्ले र मेरो लगानी एप पनि रहेको छ । लायन्सगेटमा प्रिमियम हलिउड र बलिउडका फिल्म र टिभी सोहरुको आनन्द लिनसक्नु हुन्छ भने मेरो लगानी एपबाट सेयरबजारमा भएको नाफा, नोक्सान ट्रयाक सकिन्छ । बिज सधैं अनले ठूला र साना तथा मझौला उद्यमहरू लगायत नेपाली संस्थाहरू, व्यवसायहरु र उनीहरूका कर्मचारीहरुलाई अनलिमिटेड कल सुविधा अर्थात कुराकानीको फाईदा दिन्छ । एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक गौरवान्वित सञ्चार साझेदारको रूपमा नेपाली उद्यमहरूलाई विश्वस्तरीय व्यावसायिक समाधानहरू उपलब्ध गराउँदै आएको छ ।

गुणस्तरिय सेवा पाउन भनेर सुनिश्चित गर्न एनसेलले के गरिरहेको छ?
हामीले गुणस्तरीय सेवा प्रवाहका लागि ठूलो लगानी गरेको छौ । ग्राहकलाई उच्चस्तरिय सेवा प्रदान गर्न हाम्रा प्राविधिकहरुलाई चोविसै घण्टा लुम्बिनी प्रदेश भरि परिचालन गरि रहेको छौं । अत्यधिक बिजुली कटौती भएको बेला विभिन वैकल्पिक मध्यमबाट नेटवर्क सुचारु राख्दछौ र विभिन ग्रामिण क्षेत्रहरुमा सूचनाको पहुच पुर्याउनको निमित्त हामीले प्रदेशभर विभिन्न स्थानहरुमा नयाँ नेटवर्क विस्तार पनि गरि रहेको छौ र नेटवर्क सुधारका कामहरु पनि भएका छन् । ग्राहक गुनासो सम्बोधन गर्नका लागि कल सेन्टर, एनसेल सेन्टर, सामाजिक सञ्जाल लगायतका च्यानलहरु उपलब्ध रहेका छन् । हाम्रो पहिलो प्राथमिकता नै ग्राहक सन्टुष्टी हो र त्यसका लागि सेवा चुस्त, दुरुस्त हुन अति जरुरी रहन्छ ।

अन्त्यमा हाम्रा पाठकलाई केही थप भन्न चाहनु हुन्छ की?
हामी विगत १९ वर्ष देखि अनवरत रुपमा आम उपभोक्ता केन्द्रित भएर सेवा प्रदान गर्दै आएका छौं । पहिलो पटक एकदमै अलग र ग्राहकहरुलाई डिजिटल बन्न प्रेरित गर्ने सुलभ बन्डल प्याक सधैं अन लिएर आएका छौं र यसले ग्राहक हित गर्ने कुरामा हामी विश्वस्त छौं । हामीलाई विश्वास गरी प्रदान गर्नु भएको साथ, सहयोग र मायाका लागि हामी आभारी रहेका छौं । गुणस्तरिय सेवाका साथ हामी हाम्रा ग्राहकहरुलाई सधैं कनेक्टेड राख्न हामी प्रतिवद्ध छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?