© २०२३
सबभन्दा पहिले त डाक्टरहरु माथि हातपात गर्नेहरु मुर्दावाद । डाक्टरहरु मात्र हैन, हरेक व्यक्ति माथि शारीरिक अक्रमण गर्नेहरु मुर्दावाद ।
अलिकति क्रिटिकल एनालाइसिस गर्ने हो भने केही नगण्य अपवाद छोडेर अधिकांश नेपाली डाक्टरहरुमा अचम्मको मपाइत्व भएको पाउँछु म चाहिं, विशेष गरी पुरानामा, नयाँहरु तुलनात्मक रूपमा ईजी (सजिलो) लाग्छन । समाजले बनाइदिएको मनोविज्ञानले डाक्टरहरुलाई एक किसिमको भगवानको दर्जा नै दिएको छ । अधिकांश नेपालीले डाक्टरहरुलाई भगवान सरह मान्छन पनि । कोही संग नझुक्ने मानिस पनि डाक्टरको अगाडि बडो विनम्र र विनयी भावमा प्रस्तुत हुन्छ । नमस्कार गर्छ । सुस्त बोल्छ । सकेसम्मको अनुशासन पालन गर्छ । आफ्नो र आफ्नाको ज्यानको मायाले पनि होला, त्यो छुट्टै पाटो १ तर नेपाली समाजमा नम्बर एक सम्मान यदि कसैले पाएको छ भने त्यो डाक्टरले नै हो निर्विवाद ।
सट्टामा अधिकांश नेपाली डाक्टरहरु मानिसहरुको यो व्यवहारलाई अति हेलाको दृष्टिले हेर्छन । नमस्कार फर्काउँदैन् । अनुहारमा हेरेर बोल्दैनन् । अति कम बोल्छन् । सोध्नेहरुलाई ‘तपाईं डाक्टर कि म’ भन्ने जस्ता जवाफ फर्काउँछन् । यो सब नजिक बाट देख्ने नर्सहरु हुन्छन । डाक्टरको व्यवहार देखेपछि नर्सहरुले पनि ‘त्यसै गर्नुपर्ने रैछ’ भन्ने सिक्छन सायद र रूखो प्रस्तुत हुन्छन् । खासमा नर्स त अझ नम्र हुनुपर्ने हो । सरकारी अस्पतालमा पालो र प्रक्रियाको चटारो । निजी अस्पतालमा पैसाको खोलो । अस्पताल बसाईमा बिरामी त तैबिसेक नीको होलान, बिरामी लिएर जानेहरु अधिकांश आधा बिरामी परिसकेका हुन्छन् ।
सबै स्वास्थ्यकर्मीहरु प्रतिको एकमुष्ठ आरोप हैन यो । केही असाध्यै गतिला स्वास्थ्यकर्मी पनि भेटेको छु मैले, उदाहरणको लागि बुटवल चौराहा हस्पिटलका ‘आर्थोपेडिक डाक्टर मदन ज्ञवाली’ । तर त्यही अस्पतालकै रिसेप्सनका नानीहरु काउण्टरमै चाउमिन खाँदै मेरो मिसेजको नाम ९बालिका० सुनेर गलल हाँसेको तीतो अनुभव पनि म संग नै छ ।
अस्पताल छिर्ने बित्तिकै डाक्टरको काठालो कसैले समाइहाल्छ जस्तो मलाई लाग्दैन । त्याहाँ अनेक परिस्थिति सृजना हुन्छन होला । तर यसको अर्थ यो होइन कि हातपात गरेर समस्याको समाधान हुन्छ । हातपात गर्नेहरु प्रति निन्दा त गरिन्छ नै तर एउटा कुरा मनन गर्नुहुन अनुरोध पनि गरौं कि झैं लाग्यो यहाँनेर ।
यसै पनि डाक्टरहरु भनेका प्रायः ब्रिलियन्ट छात्र र छात्रा नै बन्ने हुन । अधिकांश त कक्षामा उत्कृष्ठ स्थान हाँसिल गरेकाहरु नै डाक्टर बन्ने हुन । उनीहरु तगडा मात्र नभई अनुशासित पनि हुन्छन स्कूलरकलेज लाइफमा । यसको अर्थ हुन्छ उनीहरु संस्कारी र विनम्र पनि हुन्छन, समझदार हुन्छन् । धेरै विद्यार्थी बाट फिल्टर भएर आउने यस्ता ‘क्रिम’ व्यक्तिहरुले बिरामी र तिनका आफन्तलाई अलिकति मीठो बोलिदिए के हुन्छ र रु अलिकति समय दिएर उनीहरुका कुरा सुनिदिए के बिग्रिन्छ र ? उनीहरुले भगवान माने पनि उनीहरुको अगाडि भगवान जस्तो व्यवहार नगरी मानव जस्तो ९साथी जस्तो० व्यवहार गरिदिए के घटिन्छ र रु ? र मलाई लाग्छ यसो गर्ने डाक्टरलाई जो कसैले कुट्दैन र यदि कुट्छ भने त्यो दानव हो ।
अरु धेरै कुरा लेख्न मन थियो । धेरै पेशा छन जहाँ शिष्टता र सभ्यता नचाहिन सक्छ । तर स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा यी चीज भइदिएमा किन ती क्षेत्रहरु अशान्त बन्न पर्छ र ? मेरो लाटो दिमागले यही भन्यो । भूलचूक माफ ।
फेरि पनि,
शारीरिक अक्रमण गर्नेहरु अपराधी हुन । उनीहरुलाई सजायँ त हुनै पर्छ । नो इफ,नो बट ।
तर ब्रिलियन्ट दिमागहरुले पनि त ‘ब्रिलियन्सी’ देखाउन सक्नुपर्यो नि है ? र ब्रिलियन्सी भनेकै व्यवहार हैन र ?