© २०२३
काठमाडौँ ।
बेलायतका राजा चार्ल्स व्यक्तिगत भ्रमणमा भारतमा रहेका छन् ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार उनी आफ्नी पत्नी रानी क्यामिलासँग बेंगलुरुको ह्वाइटफिल्ड नजिकैको मेडिकल सुविधा ‘होलिस्टिक हेल्थ सेन्टर’ मा बसिरहेका छन् । गत वर्ष मे ६ मा बेलायतका राजाको राज्याभिषेकपछि चार्ल्स पहिलो पटक बेंगलुरु आएका हुन् ।
तीन दिने भ्रमणमा राजा चार्ल्सले योग, ध्यान सत्र र थेरापी लिइरहेको मिडिया रिपोर्टमा बताइएको छ । चार्ल्स र क्यामिलाले पनि ३० एकडमा रहेको मेडिकल सुविधा र लामो पैदल यात्राको अर्गानिक फार्ममा बसिरहेका छन् । चार्ल्सको उपचारका लागि केन्द्रमा विशेष टोली तयार गरिएको छ ।
यो अवधिमा उनले विशेष डाइट पनि फलो गरेका छन् । सत्र सकिएपछि दुवै लण्डन फर्कने बताइएको छ । राजा चार्ल्स बेंगलुरुको यो स्वास्थ्य सेवा केन्द्रमा पुगेको यो पहिलो पटक होइन । यसअघि २०१९ मा उनले आफ्नो ७१औं जन्मदिन पनि यहाँ मनाएका थिए ।
चार्ल्सले हालसम्म कुल ९ पटक बेंगलुरुको स्वास्थ्य केन्द्रको भ्रमण गरिसकेका छन् । बैंगलोरमा मेडिकल सुविधा सञ्चालन गर्ने डा. आइज्याक मथाईलाई पनि राजा चार्ल्सको राज्याभिषेकमा निमन्त्रणा गरिएको थियो । उनी बाहेक उनका भाइ र बेलायतका राजकुमार एन्ड्र्युले पनि भारतीय योगीबाट उपचार गराइसकेका छन् ।
बेलायती अखबार ‘द सन’का अनुसार भारतीय योगीले एन्ड्रयूलाई धेरै वर्षसम्म मन्त्र, मसाज र ध्यानको माध्यमबाट थेरापी दिएका थिए । यसपछि सन् २०२२ मा एन्ड्रयुले राजा चार्ल्सलाई ३२ लाख रुपैया योगीको शुल्क तिर्नको लागि बिल पठाए तर उनले त्यो रकम तिर्न अस्वीकार गरेका थिए । चार्ल्स राजा नभएसम्म रानी एलिजाबेथले एन्ड्रयूको लागि यो बिल तिर्ने गरेको बताइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी