ट्रेंडिंग:

>> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ

पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‍यो । अख्तियारले मुद्दा दायर गरेसँगै अर्याल निलम्बनमा परे ।

अख्तियारले उनीसहितको भ्रष्टाचार मुद्दामा ३८ करोड ६७ लाख विगो दाबी गरेको थियो । करिब ४ महिनापछि विशेष अदालतले फैसला सुनाउँदै सो प्रकरणमा दुई जनालाई दोषी ठहर गरेको छ भने अर्यालसहित १० जनालाई सफाइ दिएको छ । योसँगै अर्याललाई मुख्य सचिवमा फर्कन अदालतले बाटो खोलेको छ ।

अर्यालको पदावधि करिब एक वर्ष बाँकी छ ।  अर्यालले अदालतबाट न्याय पाएको बताए । अबको भूमिका बारेमा आफ्नो केही प्रतिक्रिया नरहेको उनको भनाइ छ ।

अख्तियारले गरेको दाबी विशेष अदालतले अस्वीकार गरे पनि यो अन्तिम भने होइन । विशेष अदालतको फैसला पुनरावेदनको निवेदन लिएर अख्तियार सर्वोच्च अदालत जाने विकल्प खुला छ ।

भ्रष्टाचारको मुद्दा हेर्ने सुरु अदालत विशेष अदालत भएकाले त्यहाँबाट सफाइ पाएपछि अर्याललाई मुख्यसचिवमै पुनर्बहाली हुने बाटो भने खुलेको छ । ‘मुख्यसचिवकै भूमिकामा जानुहुन्छ कि जानुहुन्न ?’ भनी सोधिएको प्रश्नमा अर्यालले अहिले केही टिप्पणी नभएको बताए ।

तर प्रक्रिया अनुसार उनी तिहारपछि प्रधानमन्त्री कार्यालयमा पदवहाली गर्न पाउने छन् । यो अवस्थामा देशमा दुई वटा मुख्यसचिव हुने छन् । हाल मुख्यसचिव एकनारायण अर्याल छन् भने अदालतबाट सफाइ पाएका वैकुण्ठ अर्यालको पदावधि बाँकी रहेका कारण उनी पनि सोही पदमा रहने देखिन्छ ।

सरकारले निलम्बित भएपछि उनलाई मुख्यसचिव सरहकै पद सिर्जना गरेर योजना आयोगमा सरुवा गरेको थियो । सरकारले उनलाई सोही पदमा काम गराउन पनि सक्ने छ । तर त्यसका लागि उनी तयार हुनुपर्ने छ ।

अन्यथा सरकारले अहिलेका मुख्यसचिवलाई योजना आयोगमा सरुवा गरेर भ्रष्टाचार मुद्दामा जितेका अर्याललाई जिम्मेवारी दिन पनि सक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?