© 2026
काठमाडौँ ।
नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएपछि प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् ।
सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन् ।
कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस गरिएको जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । कार्कीले दायर गरेको रिट भने हाल सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ ।