ट्रेंडिंग:

>> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु

नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी

१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

नवलपुर, १४ कात्तिक ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काममा आलटाल गरिरहेपछि सरकारले चिनियाँ ठेकेदार कम्पनीसंग ठेक्का तोड्ने तयारीमा पुगेको छ । २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग २०७५ माघ २४ गते सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७५ साल चैतमा बाटोको शिलान्यास गरिएको थियो । नारायणगढ–बुटवल सडक आयोजना पूर्वी खण्डका प्रमुख अनुजा घिमिरेले छ वर्षमा बल्लतल्ल आधा मात्र काम गरेर आलटाल गरेपछि सरकार सम्झौता तोड्ने तयारीमा पुगेको बताएका छन् ।

ठेक्का तोड्ने चेतावनीसहित सरकारले ठेकेदार कम्पनीलाई दोस्रो पत्र बुझाइसकेको छ । काम ढिलो हुँदै गएपछि सरकारले २०७९ असोज पहिलो साता एक महिनाको सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो तर ठेकेदारले काम चाँडै सक्ने प्रतिबद्धता जनाएपछि सडक विभाग मातहतको आयोजना ठेक्का तोड्नबाट पछि हटेको थियो । तेस्रो पटक थपिएको म्याद पनि यसै गुजारेपछि गत शुक्रबार दोस्रो पटक ठेक्का तोड्ने चेतावनीसहित कम्पनीलाई पत्र बुझाइएको घिमिरेले बताए । पत्र बुझेपछि जसरी पनि काम गर्छौँ भनेको छ तर तेस्रो पटक म्याद थपिएको तीन महिनासम्म पनि सडकमा उसको उपस्थित नहुनुले काम गर्ने छाँटकाँट नै नदेखिएको घिमिरेले बताए ।

हालसम्म चिनियाँ कम्पनीले र तीन पटक म्याद थपेको छ । पछिल्लो समय अन्तिम पटक भन्दै गत साउन १० गते एक वर्षका लागि म्याद थपिएको हो तर म्याद थपिएपछि पनि दसैँअघि दाउन्नेमा भासिएको सडक मर्मत गर्नुबाहेक ठेकेदारले अरू काम गरेको छैन । हालसम्म पूर्वी र पश्चिम दुवै खण्ड गरेर ५३ मात्र प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख घिमिरेले जानकारी दिए ।

नारायणगढ–बुटवल सडकखण्डको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्रले ठेक्कालाई निरन्तरता दिनका लागि दुई वटा विकल्प दिइएको बताए । उनका अनुसार कम्पनीले आगामी डिसेम्बर अन्तिमसम्म चार लेनमध्ये दुई लेन सडक सम्पन्न गरिसक्नुपर्ने छ भने सन् २०२५ मार्चसम्म पूरै बाटो एकतर्फी विस्तारको काम सक्नुपर्ने छ तर म्याद थपिएपछिका तीन महिनाको समय खेर फालेको कम्पनीबाट यो वाचा पूरा हुने नदेखिएको मिश्रले बताए ।

दोस्रो पटक दुईवटा विकल्प दिएर एनटिसी (नोटिस टु करेक्ट) जारी गरेको मिश्रको भनाई छ । यता शुक्रबार मात्र चिनियाँ कम्पनीले तिहारपछि हजारौँ मान्छे उतारेर भए पनि दिइएका विकल्प अनुसार काम गर्छौँ भनेको छ । हुन्छ हुन्छ भनेर पटक पटक सम्झौता तोडेकाले विश्वास गर्ने आधार नै नभएको मिश्रले बताए ।

मिश्रले अब अन्तिम पटक सन् २०२५ मार्चसम्म बाटो हेर्ने र दिइएका विकल्प अनुसार काम नभए बाध्य भएर सम्झौता तोड्ने चेतावनी दिएका छन् ।

थपिएको अवधिमा कम्तीमा एकतर्फी सडक विस्तारको काम भए ठुलो प्रगति हुने पुर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए।

अहिलेसम्मको काम गराइ हेर्दा त्योभन्दा बढी अहिलेको ठेकेदारबाट अपेक्षा गर्न नसकिने पोख्रेलको भनाइ छ । पाँच वर्षमा सक्नुपर्ने उक्त सडकखण्डको प्रगति जम्मा १८ प्रतिशत मात्र थियो । पहिलो पटक एक वर्षको म्याद थपिएपछि कार्यप्रगति बढेर ४२ प्रतिशत पुगेको थियो । तेस्रो पटक म्याद थप्दा ५३ प्रतिशत र तेस्रो पटक म्याद थपेपछिको तीन महिनासम्म थप प्रगति हुन सकेको छैन ।

निर्माण कम्पनीसँग ११३ किलोमिटर लामो सडक विस्तारका लागि १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो । त्यसमध्ये झन्डै आधा रकम ठेकेदार कम्पनीले बुझिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?