ट्रेंडिंग:

>> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक >> शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता >> पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य >> इजरायलको राष्ट्रसंघीय निकायमाथि प्रतिबन्ध, गाजामा मानवीय संकट बढ्ने >> अराजक क्रियाकलापलाई मौलाउन दिइन्न- प्रधानमन्त्री ओली >> इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ >> रिजालको प्रश्न- रविलाई रिहा गरिदिन राती-राती कुन मुख लिएर बालुवाटारमा हारगुहार गरेको ? >> रास्वपाका कार्यकर्ता बालुवाटारबाट पक्राउ >> सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान >> गौहत्यामा संलग्न ५ जना पक्राउ >> अमरपथ दिपावली महाेत्सवमा भैलाे प्रतियोगिता हुने >> प्रधानमन्त्री ओलीको मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जली >> जसपा नेपालको लुम्बिनी प्रदेश समितिमा पदाधिकारी तथा सदस्य चयन >> गाजा युद्धमा एक बर्षमा ४३ हजारभन्दा बढीको मृत्यु >> नेपाल प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला >> तिहार पर्व शुरु, आज धनतेरस मनाइदै >> विश्वकप लिग-२ मा आज नेपालको सामना स्कटल्याण्डसँग >> ‘एमालेमा एउटै गुट छ केपी ओली नेतृत्वको’ >> पाल्पामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु >> अस्ट्रेलियाका अलराउण्डर कटिंग एनपीएलमा लुम्बिनीबाट खेल्ने >> रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्दै >> एलजीका उत्पादनहरूमा ४०% सम्मको क्यासब्याक

रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी

१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

काठमाडौँ ।

पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने खबरहरु आइरहेका छन् ।

तर, रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । नेटोले रुसको तर्फबाट १० हजार उत्तर कोरियाली सैनिक युद्धमा सामेल हुने जनाएको छ । अब यस विषयमा अमेरिकाले पनि चेतावनी दिएको छ ।

अमेरिकी रक्षा मुख्यालय पेन्टागनले युक्रेन युद्धमा उत्तर कोरियाले रुससँग सामेल भएमा कीभलाई अमेरिकी हतियार प्रयोग गर्न प्रतिबन्ध नलगाउने चेतावनी दिएको छ । पेन्टागनले नाटोको बयानपछि यो चेतावनी जारी गरेको हो । जसमा उसले रुसमा उत्तर कोरियाली सेनाको उपस्थिति पुष्टि गरेको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) का महासचिव मार्क रुटेले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँगको भेटपछि उक्त कुरा बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटना निकै खतरनाक भएको बताएका छन् । पेन्टागनले पूर्वी रुसमा १० हजार उत्तर कोरियाली सैनिकलाई तालिमका लागि तैनाथ गरेको अनुमान गरेको छ । पेन्टागनले यी सेनाको एक हिस्सा युक्रेनको नजिक पुगिसकेको दाबि गरेको छ ।

अर्कोतर्फ, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले विदेशमन्त्री चोई सन हुईको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल सोमबार रुस प्रस्थान गरेको जनाएको छ । यद्यपी उनले यो भ्रमणको उद्देश्यबारे केही खुलाएका छैनन् ।

रुसले पूर्वी युक्रेनका दुई सहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यससँगै रुसी सेना कम्तिमा एक वर्षयताकै तीव्र गतिमा अघि बढिरहेको सङ्केत पनि छ । रुसले मंगलबार आफ्नो सेनाले सेलिडोभ सहर कब्जा गरेको बताएको छ । युद्ध अघि यस सहरको जनसंख्या २० हजार थियो। यो सहर कब्जा गर्न रुसले गत हप्तादेखि आक्रमणलाई तीव्र पारेको थियो। रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्नो देशको सेनाले हिरनिक सहर कब्जा गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?