ट्रेंडिंग:

>> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

चाडपर्वमा नेटवर्कको सास्ती

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

प्यूठान, १५ कार्तिक ।
नेपाल टेलिकमका टावरहरू सञ्चालन नहुँदा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ वटा टावरहरू टेलिकमले सञ्चालनमा ल्याउन ढिलाइ गरेको छ ।
मल्लरानी गाउँपालिका नं. २ चुजा, झिमरुक गाउँपालिका ५ ओखरकोट, सरुमारानी गाउँपालिका ५ सौराकोट र प्यूठान नगरपालिका वडा नं. ६ माझकोटमा निर्माण भएका टावरहरू वर्षौँदेखि सञ्चालनमा आएका छैनन् । यसले गर्दा स्थानीय सञ्चार सुविधाबाट वञ्चित हुन परेको छ । घरनजिकै टावर बने पनि सञ्चालन नभएकाले अर्घाखाँचीको टावरको भर पर्नुपरेको मल्लरानी गाउँपालिका २ चुजाका बलबहादुर केसीले गुनासो गरे ।
सरुमारानी गाउँपालिकाका केही ठाउँमा नेटवर्कले काम नगर्दा नागरिकले गुनासो गर्ने गरेको पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।

नेपाल टेलिकमले भने विद्युत् लाइन जडानको समस्याले टावरहरू समयमै सञ्चालनमा ल्याउन नसकेको बताएको छ । विद्युत् आपूर्तिको समस्या देखिएका केही टावरहरू समयमै सञ्चालन हुन नसकेको नेपाल टेलिकम प्यूठान बिजुवार शाखा प्रमुख निराजन श्रेष्ठले बताए ।

जिल्लामा नेपाल टेलिकमका ४० वटा टावरहरू सञ्चालनमा छन् । सञ्चालन भइरहेका नेपाल टेलिकमका टावरहरूमा समेत ब्याट्री ब्याकअपको समस्या छ । लाइन जाँदा नेटवर्कको समस्या हुने गरेको स्थानीयले गुनासो गर्दछन् । समयमै मर्मत नहुने स्थानीय बताउँछन् ।

विपद्को समयमा विद्युत् लाइन सँगै फोनको नेटवर्क समेत जाँदा अत्यावश्यक सूचनाबाट वञ्चित हुनुपरेको गौमुखी गाउँपालिका अर्खाका स्थानीय मित्र थापाले बताए । नेपाल टेलिकमको टु जि र फोर जि सेवा बजारमै मात्र सीमित भएको प्यूठान नगरपालिका ६ माझकोटका स्थानीय मधुसूदन पोख्रेलले बताए । जिल्लामा ७० प्रतिशत टेलिफोन प्रयोगकर्ता नेपाल टेलिकमका ग्राहक रहेको बताउने उक्त संस्थाले चुस्त सेवा प्रवाहमा ध्यान नदिएको जिल्लावासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?