ट्रेंडिंग:

>> दाङमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल सुरु >> सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा पुनः हेर्दाहेर्दैमा >> राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति >> अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टर मार्फत उद्धार >> पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा >> मिश्र र राणासहित ६६ जनालाई थप ६ दिन हिरासतमा राख्न अनुमति >> नेपालको महिला आन्दोलन विश्वकै लागि प्रेरणाको स्रोतः प्रचण्ड >> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल

अमरपथ जोगाउने ‘जमर्को’

अमरपथ क्षेत्रको पार्कीङ्गलाई ट्राफिक चोक पछाडिको जग्गामा व्यवस्थापन कार्यदलले दिएको सुझाव अनुसार काम शुरु भएको छ ।
१४ कार्तिक २०८१, बुधबार
१४ कार्तिक २०८१, बुधबार

बुटवल, १४ कार्तिक ।

बुटवलको मुख्य व्यापारिक थलो अमरपथ । कुनै बेला ‘नुन देखि सुनसम्म’ पाईने स्थानको पहिचान । मुख्य व्यापारिक थलोको रूपमा रहेको यो स्थान पछिल्लो समयमा ‘खास चहलपहल’ हराउँदै जान थालेको छ । खासगरी नेपालीहरूका मुख्य चाडपर्वहरूमा ठेलमठेल ग्राहकहरू हुने अमरपथ, रामन्दिर लाईन लगायतका स्थानमा अहिले ‘खासै चहलपहल’ देखिन्न ।
कोरोना कहर पछिको आर्थिक मन्दिको कारण उक्त स्थानमा अहिले पनि व्यवसायिक सटरहरू खाली छन् । कतिपय सटरहरू व्यवसायीहरूले उच्च मोलमोलाईबाट मात्रै पाईने सटर (स्थान ) महिनौं देखि खाली रहेका छन् भने कतिपयले सेल–अफर लाएर व्यवसायबाट नै पलायन हुने अवस्था आएको छ ।

बुटवलकै पुरानो बजार, मुख्य व्यवारिक थालेको रूपमा रहेको ‘अमरपथ क्षेत्र नै’ पलायन हुने अवस्था आएपछि यसको अस्तित्व जोगाउनको लागि कतिपय व्यवसायीहरूले योजना बनाएका छन् । खागसरी अमरपथ, रामन्दिर, गल्लामण्डी, लगायतका स्थानका घरधनी, पसल धनीहरू, आउनेहरूले बिहानै आ–आफ्नो सवारी साधान (कार, मोटरसाईकल) ल्याएर पसल अगाडि लहरै राख्ने, बाहिरबाट ग्राहक आउँदा सवारी साधान पाकिङ्गको अभावको कारण अधिकांस ग्राहकहरू पछिल्लो समयमा अमरपथ क्षेत्रमा व्यापारको लागि जान छाडेका छन् ।

कतिपय व्यबसायीहरूले बुटवल उपमहानरपालिका र ट्राफिक व्यवस्थापन कार्यालयको सहयोगमा आलोपालो ट्राफिक व्यवस्थापन गर्दै एक पटक एक साईड, अर्को पटक अर्को साईडमा सवारी साधान पार्किङ्ग गर्ने गरी ‘व्यवस्था गरिएको’ भएपनि यसले सार्थक रूप भने पाउन सकेको छैन । एकापट्टी मात्रै सवारी साधन राख्दा त्यसको लहर लामो हुने, एकापट्टीका व्यवसायिक पसलहरूमा पुरै अवरोध हुने गरेको कारण पनि पार्किङ्ग अमरपथ, रामन्दिर, गल्लामण्डी लगायतको क्षेत्रको लागि टाउको दुखाईको कारण बनेको छ ।

यसरी बुटवलको मुख्य बजारको रूपमा पहिचान स्थापना गरेको स्थानको व्यवसायिक अस्तित्व संकटमा परेपछि व्यवसायीहरूले पार्कीङ्गको लागि जुक्ति निकालेका छन् । अमरपथ व्यवसायी समितिका अध्यक्ष राम कुमार रणपालका अनुसार पुरानो बुटवल चलचित्र मन्दिर रहेको स्थान बुटवल ट्राफिक चौक पछाडिको स्थानमा अमरपथ सहित अन्य स्थानका घरधनीहरू, व्यवसायीक पसल राख्ने पसल धनीहरू, कर्मचारी, सबैले त्यहि स्थानमा रहेर पार्किङ्ग गर्ने योजना बनाइएको छ । पार्किङ्ग बुटवलको मुख्य समस्या भएको कारण पहिलो चरणमा बुटवल चलचित्र भएको स्थानमा दुई महिना सम्मको लागि निःशुल्क पाकिङ्गको व्यवस्थापन गर्ने, अर्को महिना देखि शशुल्क पार्कीङ्ग गरी अमरपथ, ट्राफिक चोक, गल्ला मण्डी, राममिन्दर लगायतका स्थानमा पार्किङ्ग समस्या समाधानको लागि उपाय खोज्न लागिएको बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल बताउँछन् । उनका अनुसार बुटवलको मुख्य बजारको रूपमा रहेको अमरपथ क्षेत्रलाई विकासको लागि नगरपालिकाले योजनाबद्ध विकास समेत अगाडि बढाएको जानकारी दिए । पार्किङ्ग मुख्य समस्याको रूपमा रहेको यो स्थानको लागि समस्या समाधान गर्न बुटवल बसपार्कमा बहुतह, पार्कीङ्गको योजना समेत नरपालिकाले अगाडी बढाएको उनको भनाइ रहेको छ । उनि भन्छन–‘समस्या बढ्दै गएको छ, पार्कीङ्गको लागि विकल्पको खोजी जारी रहेको छ । ट्राफिक चौक पछाडी रहेको स्थानमा धेरै गाडीहरू पार्कीङ्ग गर्न सकिने गरी तत्काल प्रयोग गर्ने योजना बनेको छ, हामी यसमा लागिरहेका छौं ।’

वडा नम्बर ५ का अध्यक्ष तथा पार्कीङ्ग व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका हरि प्रसाद श्रेष्ठले बुटवलको व्यवसायीक स्थानहरू प्हिला स सानो स्थानमा केन्द्रीत भएको कारण साँघुरो बाटोमा पार्कीङ्ग ठूलो समस्या भएको बताए । उनले बुटवल उपमहानगरपालिकाले यो पार्कीङ्गको समस्या समाधानको लागि कुन कुन स्थानमा के कसरी गर्न सकिन्छ भन्ने विषयमा खोज कार्यजारी रहेको भन्दै यसमा नगरपालिकाले समेत गम्भिर भएर लागेको उनको भनाई रहेको छ । नगरपालिकाले समेत पार्कीङ्ग व्यवस्थापनको लागि निजी क्षेत्रको सहयोगमा गर्नको लागि सहकार्य कार्यदल समेत बनाएको कारण यसमा काम हुने जानकारी दिए । उनले भने–‘नगरपालिका सहयोगी, समन्वयमा अगाडि बढेको छ, व्यवसायीहरूको साथ र सहयोगले अगाडि बढ्ने छ ।’

बुटवलको अमरपथ व्यवसायी समितिका पूर्व अध्यक्ष समेत रहेका दिपक कुमार विश्वकर्माले अमरपथमा तत्कालको लागि जोगाउनको लागि दुई, तीन वटा काम गर्न आश्यक रहेको बताउँछन् । उनले सार्वप्रथम त पार्कीङ्गको दीर्घकालीन समस्या समाधान गर्न आवश्यक रहेको जानकारी दिए । यसको साथै पाकीङ्ग सममस्या समाधान भएपनि अहिले पनि अमरपथ क्षेत्रका व्यवसायीहरूले घरभाडा चर्को मूल्य लिने गरेको कारण पनि कतिपय व्यवसायीहरू बिस्तापित हुने अवस्था आएको बताए । उनले घरधनीहरूले पहिलाको स्तरमा भन्दा पनि घरभाडा आधा भन्दा बढि सस्तो गर्नुपर्ने जसले गर्दा थप व्यवसायीहहरू अमरपथ क्षेत्रमा आउने वातावरण हुने समेत बताए । यसको लागि पछिल्लो समयमा अमरपथ क्षेत्रमा सामान महँगो छ भन्ने भ्रम समेत पैदा भएको कारण व्यवसायीहरूले निश्चित अंक नै तोकेर विशेष छुट अफर ल्याउनुपर्ने अविलम्ब काम गर्नुपर्ने बताए ।
बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा पार्कीङ्ग समस्या दीर्घकालिन समस्याको रूपमा रहेको भन्दै यसको दीर्घकालिन रूपमा नै समस्या समाधानको लागि नगरपालिकाले योजना बनाएर लागिपरेको बताए । उनले बुटवलको अमरपथ क्षेत्रलाई रात्रीकालिन ऐतिहासिक बजारको रूपमा विकास गर्ने गरी काम भैरहेको जानकारी दिँदै यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।

बुटवलमा पार्किङ भवन निर्माण गर्न लगानी सम्झौता वि.सं. २०८० साउन ८ मा भएको थियो । बुटवलमा पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सोमबार सम्झौता भएको थियो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेको यो भवन निर्माण काम अहिले सम्म सुरुवात हुन सकेको छैन ।

बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न पार्किङ भवन निर्माणका लागि ३० करोड ४० लाख रूपैयाँ लागत अनुमान गरिएको छ । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्नेअपेक्षा गरिएको थियो । बुटवल ९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने गरी काम अगाडि बढाउने प्रारम्भिक सम्झौता भएको थियो । ७ तले पार्किङ भवनमा एकसाथ करिब २ सय हलुका सवारी पार्किङ गर्न सकिने छ सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि आफै स्वचालित मेशिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुनः गाडी तल्लो तलामा आउने गरी डिजाईन गरिएको थियो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बहुतह पार्कीङ्गको काम नगरविकास कोषको सिईयो नियुक्ती नभएको कारण प्रक्रिया अगाडी बढ्न नकसको जानकादिँदै सिईयो नियुक्ती पश्चात उक्त काम अगाडि बढ्न जानकारी दिए । उनले भने–‘काम प्रक्रियामा रहेको छ, टेन्डर आह्वान र निर्माणको कामा नगर विकास कोषको प्रमुख कार्यकारी अधिकृत नियुक्ती नभएको कारण राकीएको हो, त्यसपछि हामी व्यवस्थापन गर्ने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?