ट्रेंडिंग:

>> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो

यान्त्रिक बुद्धिको फाईदा र चुनौतिहरू

११ कार्तिक २०८१, आईतवार
११ कार्तिक २०८१, आईतवार

आज भोली यान्त्रिक बुद्धि एक प्रवद्र्धनात्मक (innovative) तथा परिवर्तनकारी प्रविधि बनेको छ । यसले मानव खोपडी/मष्तिस्कको नक्कल गर्न सक्ने सामथ्र्यता राख्दछ । यसले कम्प्युटरको माध्यमबाट सिक्ने, तर्क गर्ने, समस्याहरूको समाधान गर्ने र निर्णय लिनमा प्रयोगकर्तालाई सक्षम बनाउँदछ । यान्त्रिक बुद्धिका साधनहरूमा पहिलो उदाहरण स्मार्टफोन (smartphone) हो । स्मार्ट फोनमा भएका सिरि, गुगल असिस्टेन्ट, अलेक्सा जस्ता भ्वाइस असिस्टेन्टहरूले प्रयोगकर्ताको आवाजका आदेशहरू बुझेर आदेशानुसार कामहरू फत्ते गर्छन् । स्मार्टफोनका क्यामेराहरूले फोटो र भिडियोहरूमा मानिस, वस्तु वा दृष्यहरू मानिसले जस्तै पहिचान गर्न सक्छन् । विभिन्न सोशल मिडिया जस्तै फेसबुक, ट्विटर, Instagram जस्ता सामाजिक सञ्जालहरूले प्रयोगकर्ताको रुचि र व्यवहारको आधारमा देखाउनुपर्ने सामग्रीहरू छनौट गर्न सक्दछन् । फोटो व्यक्तिहरूलाई ट्याग गर्नका लागि फेस रिकग्निशन प्रविधि प्रयोग गरी व्यक्ति नै पहिचान गर्दछन् । यस बाहेक अनलाइन सपिङले पनि यान्त्रिक बुद्धि प्रयोग गरी कुनै बेच्ने उत्पादनहरू सिफारिस गर्न सक्दछ । अनलाइन सपिङ वेबसाइटहरूले ग्राहकले पहिले किनेका वा हेरेका उत्पादनहरूको आधारमा उनीहरूलाई अन्य उत्पादनहरू सिफारिस गर्छन् । यान्त्रिक बुद्धिको अर्को उदाहरण नेभिगेसन (navigation) हो । न्एक् नेभिगेसन जस्ता नेभिगेसन एपहरूले कुनै स्थानको नक्सा, बाटोहरूमा ट्राफिक अवस्था, छोटो बाटो लगायत अन्य जानकारीहरू प्रदान गर्छन् । धेरै वेबसाइटहरूमा च्याटबटहरू ग्राहकका प्रश्नहरूको जवाफ दिन प्रयोग गरिन्छ । कल सेन्टरहरूमा कस्टमर केयरका लागि ग्राहकहरूको कुरा बुझ्न भ्वाइस रिकग्निशन प्रविधि प्रयोग गरिन्छ । यस्तै ड्राइभर विनाका स्वचालित गाडीहरू र अन्य गाडीहरूमा हुने सेन्सर डाटाले गाडीहरूले आफ्नो वरपरको वातावरण बुझ्न र सुरक्षित रूपमा गाडी चलाउनका लागि सहयोगी प्रविधिहरू यान्त्रिक बुद्धिका उदाहरणहरू हुन । यस बाहेक मनोरञ्जनका क्षेत्रमा नेटफ्लिक्स, युट्युब जस्ता प्लेटफर्महरूले प्रयोगकर्ताले हेर्न मन पर्ने भिडियोहरू सिफारिस गर्न यान्त्रिक बुद्धिको प्रयोग गर्दछन । भिडियो गेमहरूमा पनि यान्त्रिक बुद्धिले कम्प्युटर नियन्त्रित पात्रहरूलाई बढी वास्तविक बनाउँछ ।

यान्त्रिक बुद्धिले मान्छे भन्दा हजारौ गुना, धेरै छिटो र आफ्नै पाराले डाटाहरूको विश्लेषण गर्न सक्दछ । साधारण उदाहरण क्याल्कुलेटरले हिसाव गरेको जस्तै । यसले नतिजा दिएपछि चलाख भनाउँदाहरू आफूलाई दक्ष तथा सक्षम भएको भनी गर्व गर्दछन । यसले नयाँ उत्पादन र सेवाहरूको विकास गरेर प्रयोगकर्तालाई थप सजिला अवसरहरू समेत प्रदान गर्दछ । सजिलै गरी छिटो कार्य सम्पादन भएपछि अपेक्षित कामहरू उद्योग व्यापार व्यावसाय कुशल तथा प्रतिस्पर्धी बन्दछन् । प्रयोगकर्ताको कमाईमा सुधार आउँछ । शिक्षा, विभिन्न व्यापार व्यावसाय, उद्योग धन्धा तथा यातायात स्वास्थ्य जस्ता क्षेत्रमा नौलो प्रविधिले सहज गराउँदा मानव जीवनस्तरमा समेत सुधार देखापरेको छ । सामान्य एउटा सिकारुदेखि लिएर अनुसन्धानकर्ता, सोधकर्ता तथा बैज्ञानिकहरूलाई जटिल भन्दा जटिल समस्याको समाधानमा नयाँ ज्ञान प्रदान गर्ने हुनाले यान्त्रिक वुद्धिको बजार दिन दुगुना रात चौगुना बढी रहेको छ । यान्त्रिक वुद्धिले एउटै स्वरूपमा यन्त्रवत काम गर्दछ । सजिलो असजिलो सुरक्षित खतरा भन्ने कुरामा ख्याल नगरी मान्छेलाई जाँगर नलाग्ने, मान्छे डराउने, हडबडाउने कामहरू जस्तै बम डिस्पोजल गर्ने जस्ता कामहरू पनि एकै किसिमले गर्न सक्दछ । यसले प्रदान गर्ने कामबाट मानिसहरू रचनात्मक काममा ध्यान केद्रित गर्न वाध्य हुनुपर्दछ । व्यक्तिले आफ्नो कल्पनाको रकेटलाई सौर्य मण्डलमा सात फन्को लगाउनेसम्मको सोंच राख्न थाल्दछन् ।

यान्त्रिक बुद्धिले आफ्नो पराई, नातागोता, इष्टमित्र, सानो ठूलोमा गर्ने व्यवहार एकनास हुने हुनाले हाम्रो जस्तो नातावाद, कृपावाद वा पार्टीवादका आधारमा विचार बनाउने र व्यवहारलाई समेत एक लात हानेको छ भन्दा अतिसयोक्ति नहोला । यान्त्रिक वुद्धिको कुनै निश्चित क्षेत्र जात वा धर्म छैन । उदाहरणको लागि स्वस्थ्य क्षेत्रमा रोगको निदान गर्न एक्सरे, एमआरआईदेखि सम्भावित औषधीहरूको पहिचान र विकासमा समेत काम गर्दछ । व्यक्तिगत स्वास्थ्यको जानकारी तथा विश्लेषणदेखि रोगको भविष्यवाणी, रोग संक्रमणको सघनतादेखि शल्यक्रियामा समेत यान्त्रिक वुद्धिको प्रयोग भएको छ । यसले तहल्का नै मच्चाएको क्षेत्र भनेको आर्थिक क्षेत्र हो । अटोमेसनन तथा स्वचालित प्रणालीमा जाँदा उत्पादकत्व बढाउन मद्दत पुग्छ नै । सही व्यासायिक निर्णय लिन यसले डाटा उपलब्ध गराउँदा उद्यमीलाई बजारको प्रवृत्ति, ग्राहकको व्यवहार र अन्य महत्वपूर्ण जानकारीहरू बुझ्न सहयोग मिल्दछ । यान्त्रिक बुद्धिले व्यक्तिगत सम्पर्क तथा विज्ञापनमा सहज बनाउँदछ । यसले नयाँ उत्पादन र सेवाहरूको डिजाइन गर्न सजिलो पार्दछ । मुख्य कुरा काम गर्न वा उद्योग प्रतिष्ठानहरू सञ्चालन गर्न जनशक्ति धेरै होइन थोरै मात्रले गर्न सक्ने भएकोले खर्चमा कमी आई उत्पादित बस्तु वा सेवा मितव्ययी पनि हुन्छ ।

यान्त्रिक वुद्धिले ढपक्कै ढाकेको क्षेत्र भने शिक्षा क्षेत्र हो । शिक्षामा यान्त्रिक बुद्धिको प्रयोगले शिक्षण–सिकाइ प्रक्रियालाई आंकलन गर्नै नसकिने गरी बदलेको छ । यसले शिक्षक र विद्यार्थी दुवैलाई धेरै फाइदा पुगेको छ । यसको प्रयोगले वालवालिकाको व्यक्तिगत सिकाई, प्रत्येक विद्यार्थीको आवश्यकता, गति र शैली अनुसार सिकाइ सामग्रीहरू अनुकूलन गर्न सहयोगी हुनुका साथै शिक्षकहरूमा विद्यार्थीको प्रगतिलाई ट्रयाक गर्न र उनीहरूलाई व्यक्तिगत पृष्ठपोषण प्रदान गर्न मद्दत गर्दछ । यसले शिक्षकहरूलाई कमजोर विद्यार्थीहरूलाई अतिरिक्त सहयोग प्रदान गर्न र मेधावी विद्यार्थीहरूलाई थप चुनौतीपूर्ण अभ्यासहरू दिन सहयोग गर्दछ । यान्त्रिक बुद्धिमा आधारित एप्स र गेमले सिकाइलाई रमाइलो बनाउँछ । यसले विद्यार्थीहरूको सिकाइमा रुचि बढाउन र उनीहरूलाई धेरै समय सक्रिय सिकाइमा संलग्न हुन अभिप्रेरित गर्दछ । यसले शिक्षकहरूलाई आवश्यक स्रोत सामग्रीहरू छिटो र सजिलैसँग खोज्न र भेटाउन मद्दत गर्दछ । शिक्षकहरूलाई प्रशासनिक काममा कम समय खर्च गरी र विद्यार्थीहरूसँग अधिक समय बिताउन समेत मद्दत गर्दछ । यसले विद्यार्थीहरूको आत्मविश्वास बढाई विभिन्न सिकाइ क्षेत्रमा सफल हुन प्रेरित गर्दछ । यसले सबै विद्यार्थीहरूलाई सफल हुने समान अवसर प्रदान गर्दछ । यान्त्रिक बुद्धि मानव जीवनको लागि बरदान भएपनि यसबाट उत्पन्न हुने चुनौतीहरूलाई पनि कम आँक्न मिल्दैन । यान्त्रिक बुद्धीको कारण औद्योगिक क्रान्ति पछि युरोपमा धेरै मजदुर बेरोजगार भए जस्तै संसारभर कम क्षमता भएका कामदारहरूको रोजीरोटीमा धावा बोलिन सक्छ । धेरै भन्दा धेरै नोकरीका अवसरहरू गुम्न सक्दछन । यसबाट विपन्न तथा पछाडि परेको वा पारिएको वर्ग अझ पछाडि पर्न सक्दछ । मानिस मेसिनमा निर्भर रहँदा उसको क्षमता तथा रचनात्मकतामा समेत संवेदनहिनता विकास हुन सक्दछ । सबै सूचना यान्त्रिक बुद्धिले खिची दिँदा व्यक्तिको गोपनियता हराउन सक्दछ । समाजमा हुने धेरै निर्णयहरू यान्त्रिक हुँदा समाजमा भएका विपन्न शोषितहरूको आवाज दब्न सक्दछ । मानिसहरूमा मानवता हराउने तथा नैतिकता लुक्ने संभावनाहरू ज्वलन्त रूपमा देखिन सक्छन । कैयन त देखिई पनि सकेका छन् ।
निष्कर्षः
यान्त्रिक बुद्धि एक शक्तिशाली प्रविधि हो । यसले संसारलाई नै साँघुरो घेरा र व्यक्तिलाई Global Citizen (विश्व नागरिक) बनाएको छ । जीवनमा सरलता (easiness) आएको छ । जिन्दगी बदलिएको छ । उत्पादन बढेको छ । स्वास्थ्य शिक्षा तथा मनोरञ्जनमा अग्रगामी छलाङ्ग लागिसकेको छ । यसमा सबै सकारात्मक पक्षहरू मात्र नभै नकारात्मक पक्षहरूहरू पनि छन् । यसका आविष्कारकर्ता र प्रयोगकर्ता सचेत बनी जोखिम कम गर्दै यसबाट मानव सभ्यतामा फाइदा लिनु जरुरी छ । रुरुक्षेत्र–४, गुल्मी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?