© २०२३
देशको वर्तमान संविधानले परिकल्पना गरेको विषय समाजवाद हो तर हामी व्यक्तिवादी अभ्यासबाट माथि उठ्न सकेनौं । देशमा गणतन्त्र आएको दुई दशक र गणतन्त्रलाई स्थापित गराउने संविधान वनेको पनि दशक लाग्यो तर यति लामो समयसम्म पनि हामी पहिल्यैको अवस्थाभन्दा माथि किमार्थ छैनौं । गणतन्त्रवादी आवरणका राजनीतिक नेताहरू राजतन्त्रकालका राजाभन्दा आफूलाई झन ठूला महाराजा सम्झन्छन् तर उनको काम भ्रष्टाचारी र माफियालाई संरक्षण दिनु भन्दा अरू केही देखिएन आजसम्म । जनता नेतासित यति निराश छन् भन्ने जानकारीको कसि इन्द्रजात्रामा वहालवाला प्रधानमन्त्री के.पी ओली र सत्ताघटककै मुखिया शेरवहादुर देउवाको विरोधमा जनताले पोखेको आव्mोसले आफै प्रमाण देखाउँछ । तर सत्ताधारीहरू यस कटुसत्यप्रति आफ्नो सहमति जनाउन चाहदैनन् । मान या नमान मै तेरा मेहमान हिन्दी उखानलाई सत्ताधारीहरूले चरितार्थ पारेका छन् । हरे शिव यो कस्तो विडम्वना हो ।
जनताका आकांक्षा तथा अभिलाषाहरूलाई र सपना साकार पार्न संविधानको प्रमुख लक्ष्य हो । तसर्थ मन्त्री परिषदका सबै सदस्यहरू र राज्यका सबै निकायहरू यस लक्ष्यलाई पूरा गर्न अज्रुन दृष्टिले सकृय हुनुपथ्र्यो तर उनीहरूको अर्जुनदृष्टि व्यक्तिवादी दुराकांक्षा पूरा गर्ने तिरै केन्द्रित रह्यो । व्यक्तिवादी, गुटबादी र पार्टीबादी सोंचभन्दा माथि उठ्नै सकेनन् नेताहरू । चारैतिरका विसंगतीका पहाडहरूले यिनीहरू यति थिचिए कि अब चाहेर पनि उठ्न सक्ने स्थितिमा छैनन् । देशको यो ज्यादै ठूलो दुर्भाग्य हो । दलीय परिपाटीमा सरकार हाँक्ने चाहिँ जुनसुकै दलको किन नहोस् सर्वप्रथम उसले जनताको मागलाई राम्ररी बुझेको हुनैपर्दछ । वर्तमान परिप्रेक्षमा आम नेपालीको माग के छ त ? यसको एकमात्र उत्तर हो– भ्रष्टाचारको अत्त्य र शान्ति सुरक्षाको प्रत्याभूति । हामी जब भ्रष्टाचारको अन्त्यका कुरा गर्दछौं अनि समस्याको केन्द्रविन्दुमा हाम्रै राजनीतिक नेतृत्व देखापर्दछ । प्रजातन्त्र पुनस्र्थापनापछिका प्रधानमन्त्रीमध्ये मनमोहन, कृष्णप्रसाद भट्टराई र सुशील कोइरालालाई छाडी अरू कुनैपनि प्रधानमन्त्रीहरूले राम्रो छवि देखाउन सकेनन् । साथै अन्य नेताहरूको हालत पनि कुहेको कवेली झैं वन्यो ।
झापाविद्रोह किन गरिएको थियो ? कुन उद्देश्यले पे्ररित भएर हाँकेका थिए प्रचण्ड वावुरामले १० वर्षे जनयुद्ध ? अहिले जब तिनै शक्तिहरू झापा विद्रोहलाई हाँकेका शक्तिहरू र १० वर्षे जनयुद्ध हाँकेका माओवादीहरू पटक पटक सत्तामा गएका छन् तर यिनीहरूले आम सर्वसाधारण जनताको लागि के नापे ? आम जनता आफ्ना समस्याहरू कम्युनिष्टहरू सहभागी भएको सरकार या कम्युनिष्ट सरकारले राम्रो काम गरेर आफ्ना समस्याहरू समाधान भएको देख्न आतुर छन् । उनीहरूको यो आतुरता २/२ पटकसम्म करिव करिव दुई तिहाई मत दिएर उनीहरूलाई जनताले डटेर काम गर्न दिएको अवसरले प्रतिविम्वित गर्दछ । तर सत्तामा गएका कम्युनिष्ट नेताहरूको रवैया र सत्तामा जान नपाएको चोटले रनाहा परी बौलाएका कम्युनिष्ट नेताहरूको अग्रसरता ती अवोध जनता र आशावादी मतदाता तथा कार्यकर्ताहरूको इच्छामाथि पिसाब गरेर देशभित्रको माफिया तत्व र देश वाहिरको इण्डो पश्चिमा साम्राज्यवादी शक्तिसितको रणनीतिक साझेदारीमा देश लुट्ने र आफ्नै जनतालाई बर्बाद वनाउने काम बाहेक केही हुन सकेन । भाषणका पुलिन्दाहरू र चुनावी घोषणापत्रका गफहरूमा वाहेक जनआकांक्षालाई साकार पार्ने दिशामा सिन्को भाँचिएन । आजसम्म यी नेताहरूबाट आजसम्म कुनै माखो मरेन । त्यसैले यिनीहरूका छलकपट र ढाँट व्यवहारले जनताको हृदयमा ठूलो चोट परेको छ । यतिका वर्ष विते निर्मला पन्तले अझै न्याय पाएकी छैनन् । सत्ताधारी दलहरूकै वरिष्टतम नेताहरू अर्वौंको सहकारी रकम अपचलनका आरोपी छन् । उनीहरू कारवाहीको दायरामा पर्दैनन् । एकातिर विकासको कठिन चुनौंतीको सामाना गर्न सबै नेपालीहरू एक आपसका बैरभावलाई टाढै पन्छाएर जसरी भएपनि एक जुट हुनैपर्ने अवस्था छ । अर्कोतिर यो अवस्थालाई बुझेर र मनन गरेर सबै नेपालीहरूलाई विकासको वाटोमा डोहो¥याउनु पर्नेमा नेपाली नेपालीका बीच स–साना विषयमा द्वन्द, कलह, मनमुटाव र झैं झगडाका गराला तेस्र्याएर फुटाऊ र राज गरको सिद्धान्तमा सत्ताधारीहरू रमाइरहेका छन् । हाम्रो नेपाल र हामी नेपालीहरूका जतिपनि समस्या छन् ती सबैको एकमात्र समाधान विकासमा नै निहित छ तर यो कुरा सत्ताधारीहरूले बुझी बुझीकन पनि नबुझेको अभिनय गरिरहेका छन् । यसरी त कहिल्यै पनि लक्ष्यमा पुग्न सकिदैन् । यो वास्तविकतालाई किन आत्मसाथ गर्न चाहदैनन हाम्रा सत्ताधारीहरू ? आम जनमानसमा विकासको यस सर्वोपरि आवश्यकतालाई महसुस गराउने काम सरकारको हो तर हरेक सरकारको आचरण, व्यवहार र काम गराईले के देखाउँछ भने उनीहरू यसतर्फ ध्यानै दिन चाहदैनन् । बरु जनता आफैले महसुस गरेको विकास सम्वन्धी अवधारणालाई अन्यत्रै मोड्न सरकारहरू आफैले अनेक किसिमका तानावानाहरू बुन्दै गए र अझैपनि बुन्दैछन् ।
केपी ओली आफूभन्दा अरूलाई योग्य नै मान्दैनन् । प्रचण्ड आफूभन्दा अरूलाई योग्य नै मान्दैनन् । शेरवहादूर आफूभन्दा अरूलाई योग्य नै मान्दैनन् । माधव नेपाल, वावुराम, उपेन्द्र सबै यही मानसिकताले थिचिएका छन । जव राजनीतिक नेतृत्व पंक्ति नै यस्तो विक्षिप्त मानसिकताबाट गुजिरहेको छ भने उसैको मातहतमा चल्ने अन्य निकायहरूको हविगत कसरी सन्तोषजनक बनोस् ? तसर्थ हाम्रा नेताहरू जवसम्म आजसम्म आफूले पाल्दै आएको यस किसिमको संकुचित र घातक दृष्टिकोणलाई फालेर उदारमनले व्यापक दृष्टिकोण अपनाउँदैनन् तवसम्म यो देशले वर्तमन स्थितिको नारकीय अवस्थाबाट कुनै हालतमा पार पाउन सक्तैन ।
आज देशमा शक्ति र जनमतका बीच ठूलो द्वन्द छ । अर्थात सत्ताधारीहरू र आम नागरिकहरूका बीचमा भयानक अन्तर्विरोध छ । आफूहरू र आम सर्वसाधारण नागरिकहरूका वीचको अन्तर्विरोधलाई किन बुझ्न सकेनन् या बुझेरपनि पचाईरहेका छन् ? नेताहरूको विरूद्ध आक्रोशित नारा किन लागिरहेको छ ? यी नाराहरूको अन्तर्यमा शक्ति र जनमतकाबीच ठूलो द्वन्द रहेको खुलस्त बुझ्न सकिन्छ । सत्ताधारीहरूले अपनाएका गलत रवैया र विकृत अभ्यासले निम्तिएको यस द्वन्दलाई सही समाधान दिने बाटोतिर नलागी अझैपनि उदासिन रवैया अपनाइन्छ भने त्यो उदासीनताको वाढीले कसकसलाई सोहोरेर वढार्ने हो भन्न सकिदैन् । उनीहरूको चरित्रले के छर्लङ्ग पा¥यो भने केपी ओली आफ्नो क्षणिक उपलब्धीको मोहमा परेर जनताको भावना चाहना तथा आकांक्षाको उपेक्षा गर्दै आफ्नै मनमौजीले चल्न चाहन्छन् । शेरवहादुरमा यही प्रवृत्ति छ । प्रचण्ड यही प्रवृत्तिले पीडित छन् । आलो पालो गरी सरकार हाँक्नेहरू यस्तो गलत मानसिकताले चल्दछन् भने उनीहरूको निम्ति यहाँभन्दा ठूलो अदूरदार्शिता अरू केही हुन सक्दैन । अर्को कुनै हुनै सक्तैन । यहाँ भन्दा ठूलो अदरदर्शिता अरू के हुन सक्दछ ? तसर्थ वर्तमान सत्ताधारीहरू र सत्तामा जान नपाएर आकुल व्याकुल वनेकाहरू हो– कृपया आजसम्म जे जति गल्ती र अपराध गरेको भएपनि अब त्यो कलंक सबथोक भन्ने जनमानसको सुझावलाई राम्रो सम्मति मानेर सरकार तथा प्रतिपक्ष दुवै रचनात्मक कार्यमा लाग्नैपर्दछ । आम जनताका आकांक्षालाई वुझेर चौतर्फी विकासका पाईला चाल्न अग्रसर हुनैपर्दछ । देशलाई अन्तरविग्रह, विरोधाभास तथा पारस्परिक द्वन्द्वबाट जोगाउँदै सुशासन, शान्ति र समृद्धिको बाटोमा लानैपर्दछ । यसभन्दा अर्को विकल्प हुनै सक्दैन ।