© २०२३
नवलपुर, १४ कात्तिक ।
पुर्वी नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको फाईनल खेलमा टाईवेकरमा ४–२ गोल अन्तरले एपिएफ क्लव बिजयी भएको छ । यो सँगै राईनो संरक्षणको सातौ संस्करणको उपाधि चुमेको छ ।
खेलको दोस्रो हाफको १९ औ मिनेटमा नेपाल ए पि एफ स्पोर्ट क्लवका दिपेश धिमालले पहिलो गोल गरेका थिए । जवाफी गोल ३८ मिनेटमा नमोबुद्धका खेलाडीले गरेका थिए ।
दुबै टिमबाट १÷१ गोल भएसँगै खेल टाईवेकरमा गएको थियो । टाईवेकरमा ४÷२ गोल अन्तरले नेपाल ए.पि एफ सपोटस क्लबले जीत हासिल गरेको छ ।
सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
बुधबारको खेलमा म्यान अफ द म्याचको उपाधि ए पि एफका दिपेश धिमाल भए भने खेल अवधि भरमा उत्कृष्ट प्रशिक्षक नेपाल एपिएफ कलवका रत्न महर्जन भएका थिए । सर्वाधिक गोलकर्ता सिजन छेत्री भए । उत्कृष्ट प्रशिक्षक र सर्वाधक गोलकर्ताले जनही १०÷१० हजार प्राप्त गरे भने उत्कृष्ट खेलाडी नेपाल एपीएफका युबराज खड्काले नगद २० हजार र मेडल प्राप्त गरे । त्यस्तै मेन अफ द म्याच दिपेश धिमालले नगद रु ५ हजार प्राप्त गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी