ट्रेंडिंग:

>> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

पक्षघात सचेतनामा ढिलाई नगरौं

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

धेरै कम सुनिने पक्षघात रोग पछिल्लोसमय धेरै जोखिम निम्त्याउने महारोगको रूपमा देखिदै र बढ्दै गएको छ । पछिल्लोसमय यी रोगका बिरामीको संख्यामा भारी बृद्धि भैरहेको छ । सम्वेदनशील र जटिल रोगको विषयमा धेरै कमलाई जानकारी भएको कारण लापरवाही गर्ने गरिएको रोग पक्षघात हो । त्यसैले यसको जोखिम बढ्दै गएको छ । पछिल्लोसमय पक्षघातको जोखिम बढ्दै गएपछि सरकारले बर्षमा एक दिन भएपनि मनाइने दिवसतर्फ ध्यान दिन थालेको छ । यद्यपि यो बर्षको पक्षघात दिवस औपचारिकतामै सीमित भएको छ । विश्व पक्षघात दिवस मंगलवार मनाईरहँदा धेरै नागरिकले यो रोग र दिवसका विषयमा जानकारी नपाउनु दुःखद पक्ष हो । सरकारले प्रत्येक वर्ष अक्टोबर २९ का दिन विश्वभर पक्षघात दिवस मनाउने गरेको छ तर यो दिवसलाई अहिलेसम्म औपचारिक मात्रै गरिएको छ । पछिल्लोसमय पक्षघात रोगको जोखिम बढ्दै गएको छ । अव यसलाई हेलचेक्राई गरिनु हुँदैन भन्ने कुरातर्फ हामी सवैको जागरुकता आवश्यक छ । नेपालमा मुटु, मृगौला, क्यान्सरलाई मात्रै धेरै जटिल रोगका रूपमा लिइने गरिएको छ तर पक्षघात रोग पनि त्यो भन्दा जटिल रोग हो भन्ने कुरा हेक्कामा राख्नुपर्ने भएको छ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । स्वास्थ्यकर्मीले यसलाई नै पक्षघात भन्छन । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सरकारले स्वास्थ्यकर्मीका साथै आम जनतालाई पक्षघातको जटिलता, जोखिम, उपचारको व्यवस्था आदि समग्र विषयमा जानकारीमूलक कार्यक्रम गर्नु जरुरी छ । पछिल्लोसमय चिकित्सकहरूले पक्षघात संघ स्थापना गरेर यो रोगका विषयमा धेरै काम गर्ने प्रयास गरेका छन् । संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नुका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको छ । अव पक्षघात रोगसंग लड्ने हो र विरामीलाई यो रोग लाग्नबाट बचाउने हो भने अव पक्षघातको चुनौतिको पहाड फोर्नुपर्ने देखिएको छ । सन् २०१७ मा स्थापना भएको संघले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ ।

चिकित्सकहरूका अनुसार पक्षघात भएकाहरूमध्ये एक तिहाईले अकालमै ज्यान गुमाउन बाध्य हुनु परेको छ । पक्षघात रोग र जोखिमको बिषयमा जानकारी नहुँदा यसले ज्यानै लिने गरेको छ । अव यो रोगबाट हुने जोखिम नियन्त्रणमा ध्यान नदिने हो भने यो ठूलो र अत्यन्त चुनौतिपूर्ण रोगको रूपमा देखिने अवस्था छ । यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरूले जोड दिएका छन् । तर अव त्यतिले मात्रै पुग्दैन । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक चारजनामा एक जनालाई र ६ सेकेन्डमा एकजनालाई पक्षघातको सम्भावना रहेको हुनाले यसबाट सजग रहनु आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले समेत पछिल्लोसमय पक्षघातको गंभीर अवस्थाप्रति चिन्ता जनाएको छ । तसर्थ अव यो रोगलाई पनि गंभीररूपमा लिनु जरुरी छ । खासगरी आम नेपाली जनसमुदायसमक्ष यो रोगको बिषयमा सचेतना फैलाउनुपर्ने आवश्यकता छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको छ । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन अनुरोध गर्दै आएको छ । उता सरकार यो रोगको बिषयमा आम जनमानसलाई सूचित गर्न समेत रुची देखाउँदैन् । अव पक्षघात चिकित्सक संघले त्यो दायित्व निर्वाह गरोस् । पक्षघात रोग न्यूनिकरण गर्न आम जनमानसनमा चेतनाको ज्योति छर्ने काम गरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?