© २०२३
इटालीका विद्वान मेजिनीका अनूसार “कूनै देश अथवा जातिलाई निर्मूल गर्नू छ भने पहिला त्यहाँको इतिहास नष्ट गर ऊ स्वयं खतम भएर जाने छ । इतिहास विगतका घटनाक्रमको व्यबस्थित बर्णन हो । यो विषयको ज्ञानविना मानव विकासको परिकल्पना समेत गर्न सकिँदैन ।”
नेपाल सम्वत् र म्हः पुजा नेपाली संस्कृतिको एक प्रमूख अंश हून । आफ्नै देशको नामबाट नामाकरण गरिएको यस सम्वत् आफ्नै देशबाट प्रार्दूभाव गरिएको हाम्रो मौलिक सम्वत् पनि हो । नेपाल सम्वत्को प्रारम्भ वि.स.९३६ र शक सम्वत् ८०२ सालको कार्तिक शूक्ल प्रतिपदाको दिन भएको थियो । वि.सं. ६३३ ( तदनूसार शक सम्वत् ४९८ ( ई.स. ५७६) मा मानदेव सम्वत् शुरु भएको थियो । तिथि मितिको हिसाब गरि किल हर्न (प्भष्जियचलभ) ले नेपाल सम्वत्को प्रादूर्भाव ई.स. ८७९ अक्टोबर २० तारिख बृहस्पति बारको दिन भएको किटानी गरेका थिए । म्हःपुजा पर्व र नेपाल सम्वत्को बिचमा रहेको सवालमा विद्वानहरूमा विभिन्न भनाईहरू रहेता पनि यिनीहरू कूनै सम्बन्ध नभएको कूरा वंशबलीबाट प्रमाणित हून्ट । गोपाल वंशाबलीको आधारमा भन्नू पर्दा म्हःपुजा पर्व नेपाल संवत्भन्दा लगभग चारसय बर्ष पुरानो देखिन आउदछ । म्हःपुजा र नेपाल सम्वत् संयोगले मात्रै एकै दिन हून पूगेको छ । प्रख्यात इतिहासकार तथा संस्कृतिविद् स्व. भूवनलाल प्रधानले पनि यहि कूरामा जोड दिनू भएको थियो । प्रसिद्ध साहित्यकार एवं विद्वान स्व. चिनिया लाल बज्राचार्यका अनूसार “म्हःपुजा नेवारहरूको सबैभन्दा ठूलो सांस्कृतिक चाड हो । नेवारहरू नेपालका आदिवासीहरू हून् ।”
संवत् गणना गर्ने मूख्यतः २ आधार छन् । पहिलो चन्द्रमाले पृथ्वीलाई गर्ने परिक्रमा र दोस्रो सूर्यको आधारमा हो । नेपाल संवत् चन्द्रमाको गतिको आधारमा तय हूने गर्दछ । यसको अर्थ यो चन्द्रमासमा आधारित छ । तिथिमितिको आधारमा भन्नूपर्दा नेपाल संवत्को नयाँ बर्ष कार्तिक शूक्ल पक्षदेखि हून्छ । नेपालमा लिच्छवी काल पनि मल्लकालमा नयाँ संवत्को चलनचल्तीमा आएको देखिन्छ । यो नै नेपाली संवत् हो । मल्लकाल देखि नेपालको धेरै क्षेत्रमा परिवर्तन आएको देखिन्छ यसको प्रभाव सबै क्षेत्रमा परेको देखिन्छ । यसै क््रmममा नेपाल संवत्को प्रयोगमा पनि व्यापकता हून थालेको देखिन्छ । मल्लकालमा जतिपनि अभिलेखहरू छन् त्यस मध्ये अधिकांश नेपाल संवत्मै प्रयोग भएको पाइन्छ । नेपाल संवत्को सूरुआतको इतिहास बारे चर्चा गर्दा राजा राधवदेवको पालामा राष्ट्रिय विभुति संखधर साख्वाले गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सूरुआत गराएका थिए । पछिल्लो समय यसलाई नेपालकै मौलिक संवत् मानेर यसको प्रचार प्रसार बढ्दो ५ । नेपाल संवत्को प्रवर्तक संखधर साख्वाले आफ्नो घरमा ल्याएको बालूवा सूनमा परिणत भएपनि त्यसको मद्धतले उनले जनतालाई ऋण मूक्त गराएका थिए । त्यसैको सम्झनामा नेपाल संवत् शूरु भएको मानिन्छ । त्यस्तैगरी अर्काे कथन अनूसार संखधर साख्वाव्यापारी थिए । उनका नजिकका केही व्यक्तिहरूलाई उनको समृद्धतामा ईश्र्या गरी उनको गलत प्रचार गरेका थिए । त्यसैक्रममा तत्कालिन राजाले उनको सम्पत्ति अतित्र्रmमण गरेका थिए । पछि संखधर साख्वाको इमान्दारिता बारे सबैले जानकारी पाएपछि उसको सम्पत्ति फिर्ता गरियो । संखधर साख्वाले त्यसै सम्पत्तिको मद्दतले सबै जनताको ऋणमोचन गरेका थिए । यसै घटनालाई सम्झेर नेपाल संवत्को सूरुआत भयो । नेपालको संस्कृति परम्परा संग जोडिएकोले नेपाल संवत्को ठूलो विशेषता छ । यसै संवत्को आधारमा नेपालका सबै चाडपर्व, जात्रा र उत्सव तय हूनूको साथै त्यसै अनूसार मनाउने गरिन्छ । साथै कूनै शूभ साइत हेर्नूपर्ने हो अथवा नयाँ स्थापना गर्नूपर्ने हो भने यसै संवत्को आधारमातय गरिन्छ । जन्म देखि मृत्यू सम्म जतिपनि विधि अपनाउनू पर्ने हून्छ यसै तिथिमा आधारित हून्छ । त्यसैले यसलाई नेपालको मौलिक संवत्को मानिन्छ । केही समय अगाडि सम्म नेवार जातिले मनाउने विशेष पर्वको रूपमा यसको व्याख्या गर्ने गरिन्थ्यो भने अहिले आएर नेपाली हामी सबैको मौलिक संवत्को रूपमा मानिने गरिन्छ । राणाकालमा आएर सरकारी तवरबाट यसलाई वेबास्ता गर्न सूरु भएको थियो । राजाहरूले यसको प्रयोगमा उदासीनता मात्र देखाएनन् यसलाई निस्तेज गर्ने प्रयास गरेका थिए । तर उनीहरू सफल भएनन् । यसको मूख्य कारण नेपालका प्रत्येक पर्वहरू यही संवत्मा आधारित हूनू हो । यो चलन चल्तीमै रहि रहयो । शासक वर्गले यसलाई प्रयोगमा नल्याएता पनि यसलाई आमजनताले भने आफ्नो दैनिक जीवनमै अभ्यस्त बनाई राखेपछि यो संवत्को प्रयोग र महत्व दूबै कहिले हराएनन् ।
लक्ष्मी पुजाको भोलिपल्ट नै नेपाल संवत्को नयाँ बर्ष सूरुआत हून्छ । यस अवसरमा एक आपसमा शूभकामना आदान प्रदान गरिन्छ । यो दिनको अर्काे विशेषता भनेको यहीदिन नेवार समूदायमा म्हः पूजा (शरीर पुजा) वा आत्म पुजा गर्ने चलन छ । बर्ष भरीको चाडपर्व हामीले नियाल्यांै भने हामी मूर्तिको पूजा अधिकतम गर्दर्छाैं । बन, वृक्ष, नदीनाला, पहाड पर्वत आदिलाई पुजा गर्दा पनि कूनै देवी देवताको रूपमा उपसना गर्दर्छाैं । मूर्ति पूजामा आस्था नराख्ने गौतमबूद्धलाई पनि मूर्तिको रूपमा पुजा आराधना गर्ने चलन पनि छ । तर मान्छेलाई मान्छेकै रूपमा पुजा गर्ने दिन भने म्हःपुजा हो । आफ्नो शरीरलाई स्वच्५, स्वस्थ्य राख्नूको साथै सूख, शान्ति कायम राखी अन्तमा स्वच्छ, स्वस्थ्य समाज कायम गर्ने यस म्हःपुजामा अन्तरनीहित छ । म्हःपुजाको दिन बिहानै सबेरै उठेर नूहाउने, चोखो हूने चलन छ । सफा लगाउनूको साथै सक्नेले नयाँ लूगा लगाउने चलन छ । त्यस्तै म्हःपुजामा प्रयोग हूने सामग्रीहरू लाई पनि सफा गर्ने चलन छ । त्यस्तै गरी गोबरले भुई लिप्ने चलन छ । आफ्नो परिवारमा सदस्यहरूको संख्याको आधारमा पुजा सामग्रीहरू तथा अन्य सामानहरूको ब्यवस्था गर्नूपर्ने हून्छ । पुजा विधि अनूसार प्रत्येक व्यक्तिको लागि एउटा कलात्मक मण्डल ( मण्डप) तयार गरिन्छ । आफ्नो आसनको अगाडि चित्रित त्यस मण्डलमा सात चत्र्रm हून्छन् सायद यो चत्र्रm सप्तलोकको संकेत हो । सात चत्र्रm मध्ये बिचको भागमा तोरीको तेल राखिन्छ । त्यसको बाहिर पोटाय् नामक पहेंलो धूलाको चक्र हून्छ । चामलको पिँधमा बेसार मिसाएर पोटाय् बनाइन्छ । त्यस्तै तेस्रो चत्र्रm (आखय्) ओखलमा धान कूट्दा पुरा बोचक्रा नछुटिएको चामल ले बनाएको हून्छ । चौथो चक्र मासको गेडाले र पाँचौ धानले बनाइन्छ भने छैटांै चत्र्रm ताय् अर्थात् धानको लाबाले बनेको हून्छ । अन्तिम र सातौं चक्र पानीको जलचत्र्रm हून्छ । यस प्रकार म्हःपुजालाई मण्डलको आयाम भित्र आफूलाई केन्द्रमा राखेर ब्रमाण्ड सम्मको विरासता आफ्नो चेतनामा खुलाउने पर्वको रूपमा लिन सकिन्छ ।
ब्रमाण्डमा सूर्य लगायत अनगिन्ति ताराहरू छन् तिमध्ये प्राणी भएको ग्रह पृथ्वी मात्र हो । पृथ्वीमा करोडौं जिबात्मा मध्ये एक जीवात्मा म हूूँ भन्ने हामीले बूझ्नू पर्दछ । हामीले अर्काे जूनी पाउछौं वा पाउदैनौं कसलाई थाहा छैन । जे गर्नू र भोग्नू छ यही जूनी सबैथोक हो । तसर्थ यो जूनी, यो देह, यो म्हः ( शरीर ) लाई भगवान ( ईश्वर) समान पुजा किन नगर्ने भन्ने प्रश्नको उत्तर नै म्हःपुजा हो । म्हःपुजा जीवनोत्सव पनि हो । यस उत्सवलाई आफ्नो जीवनको दिर्घायूको कामना गरिन्छ । म्हःपुजामा आसनको पनि उत्तिकै महŒवपूर्ण हून्छ । सूर्य उदाउनु पूर्व अथवा सूर्य अस्ताउने पश्चिम दिशा तिर फर्केर म्हःपुजा गरिन्छ । त्यसको अर्थ दक्षिण र उत्तर दिशातिर फर्केर म्हःपुजा गरिँदैन । यदि घरमा स्थानको अभाव वा असजिलो छ भने कम्तिमा परिवारको मुलिले भए पनि पुर्व अर्थात् पश्चिम दिशा तिर आसन लगाउने चलन रहेको पाइन्छ ।
परिवारको सबै सदस्यहरूलाई ज्येष्ठताको आधारमा मण्डल अगाडी राखेर सामूहिक पुजा गर्ने चलन रहेको छ । प्रत्येक सदस्यहरूको लागि छुट्टा छूट्टै मण्डल बनाइएको हून्छ । सगुनको लागि विशेष खाले पुजा थालीको रूपमा कोट सलाई ( कोट ) प्रयोग गर्ने चलन छ । फुलमा सयपत्री, मिमसेनपाटी, गोदावरी फुल र गलामा ग्वे स्वाँ (मखमली फुल) को माला आदि प्रयोग गर्ने चलन छ । त्यस्तै पुजाको त्र्रmममा सिन्दूर, अक्षताको टिका, नैवेध, इता ( सानो बत्ती ) जजéा ( जनै ) आदि प्रयोग गरिन्छ । सगुनको रूपमा एउटा हातमा उसिनेको हांसको अण्डा (फूल) तारेको सिéो माछा केही टुत्र्रmा छवेयला (पोलेको मासू ) तथा अर्काे हातमा ऐलाको सलिंचा माटोको प्यालामा मदिरा समातेपछि म्हःपुजा प्रारम्भ हून्छ । मदिरा सेवन नगर्ने व्यक्तिको हातमा दही हून्छ । यस अनूष्ठानको लागि नेवारहरले काँचो धागोको डोरामा रंéीचंéी धजो उनेर जनै जसरी धारण गर्दछन् । जसलाई जजéा भनिन्छ । म्हःपुजामा बालिने सूतली जस्तो लामो लोता धागोलाई “खेलूइता” भनिन्छ । पातलो मलमल कपडाको टुत्र्रmा बेरेर बनाइएको त्यस लोतालाई घिउ वा तोरीको तेलमा भिजाएर तयार गरिन्छ । करीब एक वित्ता दूई वित्ताको लामो खेलूइता बालेर मण्डलको बिचमा ओखर माथी राखिन्छ । यो बत्ती निभ्न अगाडीनै सगूनको काम सम्पन्न गर्नू पर्ने हून्छ । म्हःपुजामा आत्म संतूष्टि दिने परम्परागत भोज खाने चलन ५ । म्हःपुजा र तिहारलाई अपरिहार्य मानिने तसी (ठूलो फल) लाई नेपालीमा विभिरो भनिन्छ । यस्तै गरी अन्य फलफूलमा मौसम अनूसार सबै फल विशेष गरेर अमिलो प्रजातीका फलहरू सून्तला, भोगटे, मौसम, ज्यामिर चडाइन्छ । त्यसैगरी बनपाखाका फलहरू स्यागुली,(कटूस ) सट्कसी, (सतिबयर) म्वासा पासी, (मयल नास्पाती) तथा केरा, उखू पनि पुजामा प्रयोग गरिन्छ । म्हःपुजा तिहार भन्नू नै फलफुल, रोटी, मिठाई एवं बत्तीको चाड हो । म्हःपुजा नेपाल संवत्को नयाँ बर्ष आरम्भ पनि भएकोले त्यो दिन उल्लासमय र झिलिमिलि हून्छ । तसर्थ म्हःपुजा (शरीर पुजा) नेवारी संस्कृतिले स्थापना गरिएता पनि यो पुजालाई सबै जातजातिका मानवले मनन गरेर आफैं चिन्ने अवसरको रूपमा गर्नू राम्रो हून्छ । किनकी आत्मत्वलाई बोध गराउने दिन भएकोले यो पुजाको विशेष महत्व छ । म्हःपुजा जूनसूकै जातजाति र भाषा भुगोलको व्यक्तिहरूले पनि सहभागिता जनाई मनाउन सक्छ । आजकल सामूहिक पुजा आयोजना गर्ने पनि चलन छ । त्यस कारण म्हःपुजाको नेवारी संस्कृतिलाई अरू जातजाति र समूदायमा पनि प्रचार प्रसार गरेर आफ्नो जीवनोत्सव मनाउने बानी बसालौं । नेपाल संवत् ११४५ को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरूमा हार्दिक मंगलमय शूभकामना ।