© २०२३
नवलपुर, १३ कात्तिक ।
पूर्वी नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामत नष्ट गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला तथा फुलहरु बजारमा विक्री गरे नगरेको अनुगमन गर्दा सो पलाष्टिकको माला भेटिएको हो।
अनुगमनको क्रममा अटेर गरेर प्लाष्टिकका माला विक्री गर्न राख्नेहरुको मालाहरु जफत गरिएको मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं अनुगमन संयोजक बिष्णु शर्माले बताएका छन । कार्तिक ८ गतेको कार्यपालिका बैठकले स्थानीयस्तरमा उत्पादित फुलका मालहरु प्रयोग गर्ने अनुरोध गर्दै यस्तो निर्णय गरेको शर्माले जानकारी दिए ।
मध्यविन्दु नगरपालिकाले कात्तिक ११ गते सुचना जारी गरी मध्यविन्दु नगर भित्र प्लाष्टिकका माला विक्री वितरणमा रोक लगाएको थियो ।