ट्रेंडिंग:

>> म्यानमारका संस्कृतिमन्त्री लुम्बिनी भ्रमणमा >> हिरो मोटरसाईकल किन्दा ५ लाख उपहार >> आठ वर्षपछि दम्ती सबस्टेशन संचालन >> महेशपुर भन्सारको राजस्व संकलन ओरालो >> पक्षघात सचेतनामा ढिलाई नगरौं >> नेपाल सम्वत् र म्हःपूजाको पृष्ठभूमि >> वारी सोधी, पारी किनमेल >> चाडपर्वमा नेटवर्कको सास्ती >> लुम्बिनीमा १२ करोडको सयपत्री कति फूलले बजार पाउला ? >> आज कात्तिक कृष्ण चतुर्दशी : कुकुर तिहार मनाइदै >> पूर्व मुख्यसचिवले भ्रष्टाचार मुद्दामा सफाइ पाए >> देवकोटाको जीवनका केही चाखलाग्दा घटनाहरू >> राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि नेपाल एपिएफ क्लवलाई >> नेपाललाई हराउँदै बंगलादेशले उचाल्यो साफ च्याम्पियनसिपको उपाधि >> नारायणगढ–बुटवल सडक खण्डको ठेक्का तोड्ने चेतावनी >> मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ज्ञवाली >> कस्तो रह्यो लुम्बिनी सरकारको सय दिन ? >> बेलायतका राजा चार्ल्स भारतको बेंगलुरुमा >> नेप्सेमा १४ अंकको गिरावट >> गढीमाई मन्दिरको दान पेटिका र रसिदबाट ९ लाख ६६ हजार नगद संकलन >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ >> रेड पाण्डाको छालासहित एक जना पक्राउ >> हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण >> प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान >> काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने >> नेपालसँग साफमा पाँच फाइनल हारेको पिडा मेटाउने अवसर ! >> न्यूजील्याण्डका स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने >> बाबुरामको सुझाव- माओवादीलाई ‘प्रचण्डपन्थी’ भनौं ! >> बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित >> सुनको मुल्य आजपनि नयाँ किर्तिमान, तोलाको कति पुग्यो ? >> एआइले कर्मचारीको काम किन बढायो ? >> रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी >> माओवादीले नरबहादुर कर्माचार्यको जन्मशताब्दीको अवसरमा वर्षभरि नै कार्यक्रम गर्ने >> जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने >> अमरपथ दीपावली महोत्सव तयारी तीब्र >> बिपत न्यूनीकरणमा जोड >> आज काग तिहार, संरक्षणमा बेवास्ता किन ? >> अमरपथ जोगाउने ‘जमर्को’ >> देशभर पश्चिमी वायुको प्रभाव, यी तीन प्रदेशमा वर्षाको सम्भावना >> विश्वकप लिग-२ मा नेपालको दोस्रो जित: स्कटल्यान्ड ५ विकेटले पराजित >> आयआर्जनको बलियो माध्यम बन्यो झिनिया >> राप्रपाले बुधबार देवदहमा बृहत जनसभा गर्दै >> स्कटल्याण्डविरुद्ध नेपालले बलिङ गर्दै >> कार्य सम्पादनमा विज्ञापन बोर्ड उत्कृष्ट >> मध्यविन्दु नगरपालिकाद्वारा प्लाष्टिकका माला बरामद >> चेम्बर र चिनियाँ व्यवसायीबीच व्यापार सहजीकरण र लगानीको समझदारी >> कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख >> साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने ! >> नेप्से ४६ अंकले बढ्यो, ६ अर्बको कारोबार >> सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

महेशपुर भन्सारको राजस्व संकलन ओरालो

१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

नवलपरासी, १५ कार्तिक ।
जिल्ला स्थित महेशपुर भन्सार नाकाबाट बर्षेनी उठ्ने राजस्व लक्ष्य घटदै ओरालो लाग्नु प्रहरीको मिलोमतो कारण तस्करी बढेर मात्रै नभई भन्सार कर्मचारीको तस्करसँग सेटिगँले गर्दा राजश्व हस हुने गरेको रहस्य समेत खुल्न थालेको छ । भन्सार कर्मचारीले प्रहरीले बरामद गरेका मालबस्तुको लिलाम गर्दा स्थानिय केही ब्यपारीको सिण्डिकेट गराई टेण्डर हाल्न नदिईने र फेरी फेरी मूल्यांकन घटाउँदै थोरै रकममा लिलाम गराइरहेको रहस्य खुल्न थालेको हो ।

एकै दिनमा तीन तीन पटक सुचना टास गरि मूल्यांकन घटाउने गरिएको छ । सो सूचनाहरू भन्सार कार्यालयको वेभसाईटमा पनि अपलोड गरिदैन् । बाहिरबाट यदि कसैले कुनै मार्फत सुचना पाएर लिलाम लिन पुग्दा त्यसलाई छोप्ने कार्य समेत स्थानीय केही गुण्डा परिचालित हुँदै आएका छन् । गुण्डा परिचालन भएपछि पहिलो पटकको मूल्यांकनमा स्थानीय कसैले पनि लिलाम सकार गर्दैनन् । ती क्रम अन्तिम समय सम्म भइरहन्छ । अन्तमा कर्मचारीसँग सेटिड्ड मिलिसकेपछि केही फर्मले लिलाम न्यून लिलाम रकम भरेर सकार गर्छन् । राजस्व घटदो रकममा कर्मचारी, गुण्डाहरू र ब्यापारीहरूको भाग लाग्ने गर्छ । पहिलो पटकमा लिलाम भएन भने २० प्रतिसतसम्म मूल्यांकन घटाईन्छ, दोश्रो पटकमा १० प्रतिसत मूल्यांकन घटाइन्छ, भागबण्डाको सेटिड्ड नमिलेसम्म त्यो क्रम जारी रहन्छ ।

अन्तिममा लिलाम सकार भए पछि कर्मचारी र गुण्डाहरूले राजस्वमा घटेको रकमबाट भागबण्डा मिलाउछन् । ब्यापारीहरूले सस्तोमा भन्सार समाग्रि पाउँछन्, जुन उनीहरूको खरिद सरहको स्टक मिलाउछन्, तिनै स्टकको अधिकारिक बिक्री नभएसम्म तिनै कागजपत्र देखाएर तस्करी गरि नै रहन्छन् । प्रहरीले विचमा समात्यो भन्ने तिनै लिलाम मालबस्तु भएको दाबी गर्दै कारोबार गरिरहन्छन् । प्रहरीले जोखिम मोलेर मालबस्तु बरामद गर्छ, भारत र नेपालको खरिद बिक्रीको बजार मूल्यांकनको आधारमा मूल्य कायम गरेर भन्सार पठाईदिन्छ । जुन भन्सार कार्यालयकै कर्मचारीले सेटिगँमा राजस्व घटाई दिदा प्रहरीले पाउने अधिकारिक कमिसन रकम पनि थोरै हुन्छ । यसले प्रहरीले समेत तस्करी नियन्त्रण भन्दा तिनै तस्करसँग हातमा हात साथमा साथ मिलाउन बाध्य छन् ।

प्रहरीले मूल्यांकन गरि पाठएको मालबस्तुको मूल्यांकन सधै घटाउँदै लिलाम गर्दै आएको बर्डर अब्जर्वेसन पोष्ट (विओपी) हरपुरका शसस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) विष्णु अधिकारीले बताए । यसले गर्दा प्रहरीलाई निरुत्साही गराउँछ, उनले भने, प्रहरीले सिमित साधन स्रोतको भरमा तस्करबाट मालबस्तु बरामद गर्छ, बजार मूल्यकै आधारमा मूल्यांकन गरि पठाउने गरेको छ, तर भन्सारमा त्यसको मूल्यांकन घटेर जाने गरेको छ । यसबारे भन्सारका प्रमुख बुद्धिकुमार चुडालले प्रहरीले हचुवाको भरमा मूल्यांकन गरि पठाईदिने गरेको जिकिर गरे । जुन लिलाम गर्दा ब्यापारीले लिलाम लिँदैनन् । केही दिनमै खाद्यान जस्ता खराब भएर जाने मालबस्तु नष्ट पनि हुन्छ सक्छ, त्यही भएर जति सक्दो मूल्यांकन घटाएर भए पनि लिलामी प्रकृया बढाउँछौ । लिलाममा सिण्डिकेट र गुन्डागर्दीका कुरा स्वीकार्दै उनले भने, यसका लागि सम्बन्धित ब्यपारीले प्रत्यक्ष गुनासो हामीसँग गर्नु पर्छ, उनीहरूको टेण्डर हाल्ने ब्यवस्था हामी मिलाछौं । विद्युतिय टेण्डरबारे विभागले ब्यवस्था नमिलाएको र जिल्ला प्रशासन, प्रहरी वा जिसस लगायतका सरकारी निकायमा टेण्डर बुझाउन नमिल्ने भन्सारको प्रावधान रहेको दाबी उनको थियो । भन्सार परिसरमै बैंक भएको र सोही बैंकमा धरौटी रकम भर्नु पर्ने हुँदा भन्सारमै आएर लिलाम लिइनु पर्ने उनको भनाई थियो ।

जुन भन्सारसम्म बाहिरका ब्यपारी पुग्नै सक्दैनन, एक स्थानीयले भने, सबै सेटिड्डको कुरा रहेछ, सबैलाइै पैसो चाहियो, भन्सारको प्रगति वा राजकोषमा राजस्व वृद्धि भाडमा जाउन मतलब छैन् । यसबारे महेशपुरमै घर भएका पूर्व गृहराज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता देवेन्द्र राज कण्डेलले पनि यो भन्सार कर्मचारीलाई कमाई खाने भाडो मात्र बनेको बताएका थिए । आफू साँसद हुदा नै भन्सार मुल भन्सारको रूपमा सञ्चालनमा आएको, जग्गा अधिग्रहणका लागि दुई पटक बजेट पनि पठाउन लागएको तर भन्सार कर्मचारीलाई भन्सारको प्रगतिको कुनै मतलब नहुँदा सो रकम फ्रिज भएर गयो ।

सिमाक्षेत्रमा हुने चोरी तस्करी, बनस्पती (प्लान्ट) क्वारेन्टाईन अभाव तथा थोरै जनशतिmका कारणले पनि भन्सारबाट उठ्ने राजस्व ओरालो लाग्ने गरेको भन्सार कार्यालयले दाबी गर्दै आएको छ । क्वारेन्टाईन नहुनु एउटा पक्ष होला तर भन्सार प्रमुख तथा कर्मचारीको सेटिगँले पनि राजस्व ओरालो लागेको प्रष्ट बुझ्न सकिन्छ । विगतमा भन्सार राजस्व वृद्धि हुँदै २७ करोडसम्म उठदा पनि क्वारेन्टाईन थिएन्, तर अहिले क्वारेन्टाईन नभएको बहानाबाजी मात्र हो । तस्करी कार्य गर्ने तस्करहरूले समेत भन्सार प्रमुखले बेला बेला फोन गर्ने र सम्पर्क हुदै आएको बताउने गर्छन् ।

भन्सार कार्यालयका अनुसार चालु आर्थिक बर्ष २०८१/०८२ को साउनमा ४८ वटा मुद्दाबाट १७ लाख २ सय ६३ हजार, भदौमा ३ सय ६१ मुद्दाबाट ८७ लाख ४० हजार, असोजमा १ सय १० मुद्दाबाट ९७ लाख सम्म लिलामबाट राजस्व संकलन भएका छन् । जबकी नेपाल प्रहरी र शसस्त्र प्रहरीले मासिक करोड भन्दा बढिका मालबस्तुहरू बरामद गरि भन्सार बुझाउँदै आएको दाबी गर्दै आएका छन् । भन्सारको तथ्याँक अनुसार आर्थिक बर्ष २०७६/०७७ मा १४ करोड ६० लाख राजस्व उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ८९.३६ प्रतिसत १३ करोड ४ लाख ६२ हजार राजस्व संकलन गरेको थियो । आ.ब. ०७७/०७८ मा २६ करोड ७० लाख ५४ हजार लक्ष्य राखेर १०२.२३ प्रतिसत २७ करोड ३० लाख २१ हजार राजस्व संकलन गर्न सफल भएको थियो ।

राजस्वमा लक्ष्य भन्दा बढि संकलन गरि हौसिएको भन्सार कार्यालयले आ.ब.०७८/०७९ मा ४५ करोड ६० लाख ६९ हजार लक्ष्य राख्दा बर्ष भरिमा लक्ष्यको ४८.९७ प्रतिसत २२ करोड ३३ लाख ४५ हजार मात्र राजस्व उठाउन सक्यो । राजस्व ओरालो लाग्दा भन्सार कार्यालयले आ.ब.०७९/८० का लागि राजस्व लक्ष्य नै घटाउँदै ३३ करोड २६ लाख ६१ हजार राखेर राजस्व संकलन गर्दा झन राजस्व उठ्ने दर घटेर ३२.२८ प्रतिसत १० करोड ७३ लाख ८८ हजार राजस्व संकलन गर्न सक्यो । त्यसले गर्दा आ.ब.०८०/०८१ मा पुनः राजस्व संकलन लक्ष्य घटाएर १६ करोड ३५ लाख ८५ हजार बनाई राजस्व संकलन गर्दा ९२.४१ प्रतिसत १५ करोड ११ लाख ८० हजार राजस्व संकलन गरेको तथ्याँक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?