ट्रेंडिंग:

>> दैनिक बिहान कागती पानी पिउनुहुन्छ भने नगर्नुहोस् यस्तो गल्ती >> शिक्षकहरूको काठमाण्डौमा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै प्रदर्शन >> आज भने शेयर बजारमा हरियाली >> प्रदेशसभाको पाँचौ अधिवेशन: सात वटा विधेयक पारित >> ऊर्जामन्त्री खड्का र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टाचार भेटवार्ता >> ताइवानको सिमा नजिक चीनले गर्यो युद्द अभ्यास >> मोबाइल बैंकिङ र वालेटमार्फत ५ सय रुपैयाँसम्मको रकम ट्रान्सफरमा शुल्क नलाग्ने >> राहत सामाग्रीसहित नेपाली सेनाको टोली म्यानमारतर्फ (फोटोफिचर) >> स्कलर्समा विद्यार्थी बिदाई तथा सम्मान >> नेपाल र थाइल्याण्डबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री ओली >> फुलबारी खानेपानीमा पदस्थापन >> प्रधानमन्त्रीको भ्रमणको क्रममा थाइल्याण्डमा आधा दर्जन सम्झौता सम्पन्न >> नेपालगञ्ज पुगे प्रचण्ड, तराइ मधेस अभियानमा पुनः सुरू हुदैँ >> लोरेन्स बिस्नोईको नाम लिएर फिरौती रकम माग्ने पक्राउ >> शंकरनगर वनबाटिकामा चुनावी माहौलः अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा >> संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति >> अमेरिकाले इरानको परमाणु कार्यक्रममा बमबारी गरे रक्षामा रूस उभिने >> ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने >> हेटौँडाबाट मिनी ट्रकसहित १५ गाई र ३ जना नियन्त्रणमा >> नेपाल र थाइल्याण्डबीच दुईपक्षीय सम्झौता (फोटोफिचर) >> कुलमान र हितेन्द्रदेवकाे सुनवाइ जारी >> अल्लु अर्जुन पहिलो पटक अबकाे नयाँ फिल्ममा दोहोरो भुमिकामा देखिने >> अन्तरिक्षमा कहाँबाट आउँछन् अनौठो रेडियो सिग्नल, वैज्ञानिकले पत्ता लगाए रहस्य >> ऊर्जा मन्त्रालयको हटलाइनमा उजुरी दिनेको सङ्ख्या उल्लेख्य >> युएईका मुस्लिम गोरो देखिन लगाइरहेका छन् खोप, जसकाे ब्यापार नै २२.९ मिलियन >> मानव किन स्वार्थी र घमण्डी बन्दै छ ?  >> बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने >> उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै >> असल अभिभावकको दायित्व र जिम्मेवारी >> प्रदुषित सहरको सूचीमा कहिलेसम्म ? >> ‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव >> वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त >> खानेपानीको आयोजनाः सरकारले करोडौं दियो, समुदायबाट जुटेन >> प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै >> पहिलोपटक सहकारी कन्क्लेभ, आर्थिक उन्नतिको सशक्त माध्यम सहकारी >> चोरीको सुन खरिद गर्ने व्यवसायी र चोरीमा संलग्न तीन जना पक्राउ >> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने

पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती सरकारलाई असह्यः मुख्यमन्त्री आचार्य

१३ कार्तिक २०८१, मंगलवार
१३ कार्तिक २०८१, मंगलवार

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकार सहन नसक्ने बताए। उनले निर्माणको जिम्मा लिने तर, समयमा काम सम्पन्न नगर्ने प्रवृत्ति अन्त्य गर्ने योजना सरकारको रहेको स्पष्ट पार्दै ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी दिए।

दाङको धार्मिक पर्यटकीय स्थल बाह्रकुने दहमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले पूर्वाधार निर्माणमा ढिलासुस्ती सहन नसकिने र अटेरी गर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी दिए। बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माण योजना अघि बढेपनि कामले गति नलिएको बारे स्थलगत अनुगमन गर्न उनी स्वयं उपस्थित भएका थिए। उनले निर्माण व्यवसायीलाई समयमा काम सम्पन्न गर्न निर्देशन समेत दिए।

घोराही उपमहानगरपालिका–१३ मा अवस्थित बाह्रकुने दह क्षेत्रमा बहुउद्देश्यीय पार्क निर्माण योजना सञ्चालनमा रहेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयअन्तर्गत पर्यटन डिभिजन कार्यालयबाट ६ करोड ६ लाखको बजेटमा निर्माण अघि बढाइएको छ, जसको जिम्मा नागार्जुन\शिव निर्मल जेभी सल्यानले लिएको छ। बहुउद्देश्यीय पार्क अन्तर्गत दहको मुख्य गेट, बाँध लगायतका पूर्वाधार निर्माणको सम्झौता गरिएको थियो, तर प्रभावकारी रूपमा काम अघि नबढेकाले मुख्यमन्त्री र विभागीय मन्त्रीले यसमा गम्भीर चासो व्यक्त गरे।

ब्रह्मक्षेत्र संरक्षण तथा धार्मिक समिति अध्यक्ष देवबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेले सरकारको उद्देश्य पर्यटन क्षेत्रलाई पूर्वाधार सम्पन्न बनाउने रहेको बताए। प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि व्यापक योजना अघि सारेकोले नागरिक तहबाट सहयोगको अपेक्षा राखे।

लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर आपसमा जोड्ने संकल्प प्रदेश सरकारले लिएको छ। यसअन्तर्गत लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका धार्मिक र पर्यटकीय स्थलहरूमा पुर्‍याउने तथा विस्तारित भ्रमण गराउने उद्देश्यले पर्यटन सर्किट अवधारणा अघि सारिएको छ। यस वर्ष प्रदेश सरकारले ‘घुमौं बर्दिया’ अभियान समेत सञ्चालन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?