© २०२३
स्थानिय शिवालयहरुलाई छोडी नेपाली भक्तजनहरु भारतको ईटहिया शिवालमा दर्शन गर्न भिडभाड गरेका छन् ।
पश्चिमी नवलपरासीको विभिन्न ठाउँमा रहेको शिवालमा पुजाआज गर्न छोडी मेला हेर्ने रहरले भारतको महराजगंज जिल्लाको गडौरा बजार स्थित ईटहिया शिवालय मंदिरमा भिडभाड लागेको छ ।
जिल्लामा सुनवलको भुमही स्थित बदगोरिया र पाल्हीनन्दनको लोहरालीमा रहेको शिवालय मन्दिरमा पुजाआजा नगरि साउन लागेदेखि जिल्लाका भक्तजनहरु ईटहियाको मेला हेर्न भिडभाड गरेका छन् ।
हिन्दु धर्म अनुसार साउनको महिना पवित्र महिनाको रुपमा लिईने गरिन्छ । हिन्दु समुदायहरु यस महिनामा शिवलिङ्गको पुजा अर्चना गरि मनोकांक्षा पुरा हुने विश्वास रहि आएको बताउछन् । जसले गर्दा पनि महिनौदिन सम्म शुद्ध तथा चोखो खाने कुराहरु खाएर प्रत्येक साउनको सोभवार शिवजीको पुजा अर्चना गर्ने गरिन्छ । ईटहिया मेलाको मोहले जिल्लाका शिवालयहरु खाली छन् । अधिकांश महिला र युवायुवतीहरु ईटहियोका मेला हेर्न र शिवलिङ्गको पुजाअर्चना गर्न दिनहुँ सयभन्दा बढि भक्तजन जाने गरेका छन् ।