© २०२३
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल, रुपन्देहीले मंगलबार बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।
रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संघका सदस्य, सुभेच्छकहरुले रक्तदान गरेका थिए । वार्षिक कार्यक्रम अन्तरगत संघले प्रत्येक वर्ष हरेक बर्ष रक्तदान कार्यक्रमको आयोजना गदै आएको छ ।
संघले अयोजना गरेको चौथो रक्तदान कार्यक्रममा संयुक्त एम्बुलेन्स चालक संघका कोषाध्यक्ष मनबहादुर गुरुङले बताए । बिरामीको सेवामा खटिने एम्बुलेन्स चालक समाज प्रति जिम्वेवार रहेको संघका अध्यक्ष चुरामणि बस्यालले बताए ।
बिरामीलाई स्वास्थ्य संस्थासम्म पुरयाउने मात्र नभई संघ मार्फत अन्य सहयोग गदै आएको उनले जानकारी दिए . कार्यक्रममा रक्तदाताह?लाई प्रसंसापत्र प्रदान गरिएको थियो । रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको संघका सचिव प्रकाशवंस ठकुरीले जानकारी दिए ।