© २०२३
विगत साढे चार दशक देखी आफु अन्यायमा परेको गुनासो गर्दै आए पनि न्याय नपाएका लोपोन्मुक कुशौडिया (पथरकट)परिवारले न्यायको अनुभुति गरेका छन् । रामग्राम १ सण्डामा बस्दै आएका कुशौडिया बस्दै आएको घर आर्कैको जग्गामा परेको तर त्यो ब्यतिmले घर खाली गराउन दशकौ देखी दबाव दिदै आएको थियो,अन्तमा कहि कतैबाट न्याय नपाए पछि अहिले रामग्राम नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गराए पछि घर भएको जग्गा आफुले नै पाउने न्यायिक समितिको निर्णयले न्याय पाएको अनुभुती गरेका हुन् ।
रामग्राम १ कित्ता नं.११९४ को १ कट्ठा ९ धुरको कितामा सम्राट पथरकटका बाबुले घर बनाएका थिए । तर ति जग्गा स्थानिय राजेश कुमार चौधरीको नाममा दर्ता भएको थियो । पथरकटको घरलाई हटाउन पटक पटक चौधरीले दवाव दिदै आएका थिए । बेला बेलामा धम्काउने,तर्साउने गर्दा पथरकटलाई हैरानी खेप्न परेको थियो । जहाँ गयो,जस्को पुर्जा त्यसैको जग्गा भनि उत्तर आउने गरेको थियो । पथरकटको घर बाहेक अरु जायजेथा केही नहुने र ढुगाँको सिलौटा बेचेर गुजारा चलाउने गरेका थिए । २०३० साल देखी बस्दै आएका पथरकट परिवारलाई चौधरी परिवारले उठिबास गराउनमा लािग रहेका थिए । नगरपालिकामा न्यायिक समिति गठन भए पछि कुशवडिया उत्थान संघको सहयोगमा न्यायका लागि निवेदन दिए पछि न्यायिक समितिले दुबै पक्षलाई बोलाएर अहिले सहमति गराएको छ । कानुनले जग्गा चौधरीको भएको तर साढे चार दशक देखी पथरकटको घर कायम रहेको स्थानियबासीबाट बुझन आए पछि नगरपालिकाले सहुलिय मुल्य तिरेर जग्गाको रजिष्टेसन पास गराउने चौधरी पक्षलाई सहमति गराए पछि पथरकट परिवारले न्याय पाएको महशुस गर्न थालेका छन् ।
बजार मुल्य प्रति धुर डेढ लाख भए पनि सरकारी मुल्य अनुसार प्रति धुर ३० हजार धुरको दरले मुल्य तिर्नु पर्ने र पथरकटको घरले ओकटेको जग्गा चौधरी परिवारले छाड्नु पर्ने निर्णयमा पुगे पछि दुबै पक्ष सो निर्णयमा सहमत भएको नगरपालिकाकी न्यायिक समितिका संयोजक उपमेयर रम्भा कुवँरले बताईन् । ढिलो भए पनि पथरकट परिवारले न्यायको महशुस गर्न पाएको उनले बताईन् । यता पथरकट परिवारले पनि उठिबास हुनबाट न्यायिक समितिले जोगादिएकोमा खुशी ब्यतm गरे । निवदेनक सम्राट पथरकटले भने,बाबुको पाला देखी बल्झिएको विवाद अहिले मेरो पालामा सुल्भिएको छ । न्यायिक समितिलाई धेरै धेरै धन्यबाद छ । बाजे बाबु निरिक्षर गरिब भएको हुदा त्यो बेला बस्दैको जग्गा जमिन कस्को हो ? मेसो पाएनन्,घर बनाई हाले । सो जग्गाको मुल्य तिरेर भए पनि जग्गा पाउनका लागि धेरै प्रयास गरिएको थियो,तर चौधरी परिवारले मानेको थिएन्, साम्राटले भने, अहिले नगरपालिकाकाको न्यायिक समितिले जग्गा पाउने वातावरण मिलाई दियो । पैसो तिरेर जग्गा पाउने भयौ, खुशी लागेको छ ।