ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

पुर्ण भर्ना र पुर्ण साक्षरको तयारी

१४ श्रावण २०७५, सोमबार
१४ श्रावण २०७५, सोमबार

कपिलवस्तु नगरपालिकालाई पुर्ण भर्ना तथा पुर्ण साक्षर नगरपालिका बनाउने तयारी थालिएको छ । पुर्ण भर्ना र साक्षर घोषणा गर्ने उद्धेश्यले नगरपालिकामा आयोजना गरिएको सरोकारवाला बिचको छलफल कार्यक्रममा चालु आवको भाद्र ३१ गते भित्र नगरलाई पुर्ण भर्ना तथा पुर्ण साक्षर नगरपालिका बनाउने अभियान शुरु गरिएको जनाईएको छ ।
अभियान अन्र्तगत तत्काल पुर्ण रुपमा बिधालयमा भर्ना भएको घोषणा गर्नका लागी ५ देखी १२ बर्ष उमेर समुहका बालबालिकाको बिवरण लिन घरधुरी सर्वेक्षणको कार्य अगाडी बढाउने योजना रहेको शिक्षा समितीका संयोजक तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरेले जानकारी दिए । सर्वेक्षणका क्रममा बिधालय जान नसकेका बालबालिकाको तथ्याङ्क संकलन सगै उनीहरुलाई बिधालय पुग्ने बातावरण निर्माणमा समेत सहयोग पुर्याउने बातावरण निर्माण गर्नु मुख्य रहेको उनले जनाए ।
नगरपालिकाको सो अभियान अन्र्तगत घरधुरी सर्वेक्षणको कार्यमा स्टार सामाजिक बिकास केन्द्र, सनसाईन सामाजिक बिकास केन्द्र, प्रगती मातृ समिती, कालिका, सिद्धार्थ, किडस, गरिबी निवारण र डिआरएससिसी लगायतका संस्थाले स्वतहफुर्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको कपिलवस्तु नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद कोईरालाले जानकारी दिए । सो सगै साक्षरता कार्यक्रमबाट साक्षर भएका नव साक्षरलाई प्रमाणपत्र सहित सम्मान गर्ने र सहयोगी संघ संस्था, सहयोगी कार्यकर्ता तथा सरोकारवालालाई समेत सम्मान गर्ने निर्णय गरिएको कोईरालाले बताए । कपिलवस्तु नगरपालिकाले चालु आर्थिक बर्षमा बालमैत्री स्थानिय शासनको नितीलाई कार्यान्वयन गर्ने अभियान अगाडी बढाएको स्पष्ट पार्दै नगरपालिकालाई पुर्ण भर्ना तथा पुर्ण साक्षर नगरपालिका बनाउने तयारी अघि बढेको नगर प्रमुख किरण सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?