© २०२३
संघिय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएस पी राजेन्द्र ढकालले युवाहरुलाई दुव्र्यशन मुक्त वनाउन विभिन्न संघसंस्थाहरुको सहकार्य आवश्यक भएको बताएका छन ।
उनले लागु औषध दुव्र्यशनीको अवस्था भयाभह अवस्था रहेको बताउदै उनिहरुको लागि सुधार गृहका राज्यको पनि लगानी हुनु पर्नेमा जोड दिए । प्रहरी इकाईले संचालन गरेको पुनस्थापना केन्द्र प्रयाप्त नभएको बताउदै उनले राज्यले नै पुनस्थापनामा विशेष योजना वनाउनु पर्र्नेमा जो दिए ।
रोटरी क्लव अफ बुटवलको सनिवार सम्पन्न १२२० औ नियमित वैठकमा एसएसपि ढकालले खुल्ला सिमानाका कारण भारतीय मेडिसिनको दुरुपयोग गर्ने नेपाली युवाको संख्या दिन प्रतिदिन वढिरहेको जानकारी दिए । उनले भने– लागु औषध सेवन पछि रेष्ट गर्ने रुमको समेत व्यवस्था हुने रहेछ, नेपाली युवाहरु सिमापारी गएर खुट्टा लड्वढाउदै आउने गरेका छन ।’
उनले गत आर्थिक वर्षमा ४ सय २ जनालाई लागु औषध सम्वन्धी मुद्धामा मुद्धा दर्ता गरेर र यस क्षेत्रमा माज्ञ१ ह्जार भन्दा लागुऔषध प्रयोगकर्ता रहेको जानकारी दिए । उनले भने– समातेर सुधारकेन्द्रम लैजान ठाउ छैन, उनिहरुलाई कारवाही भन्दा पनि काउन्सीलीङ आवश्यक देखिन्छ ।
उनले ६ वटै पदेशमा रिहाव सेन्टर आवश्यक रहेको बताए। संघिय प्रहरी इकाई जनताको शान्ति शुरक्षाका लागि प्रतिवद्ध रहेको बताउदै नागरिकको सहयोग विना कुनै पनि काम गर्न नसक्ने स्पष्ट पारे । उनले भने– हामीकहा कानुनको कनै अभाव छैन तर कार्यान्वयमा चुनौती छ ।’ कतिपय अवस्थामा राजनितिक संरक्षणमा अपराधीहरु कानुनी कारवाहीबाट उन्मुक्ति पाउने गरेको उनको भनाई छ।
समाजमा आत्महत्या, मानव वेचविखन, तथा शहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको बताउदै त्यसको समाधानको लागि नागरिकहरुको सहयोग आवश्यक रहेको बताए ।‘ नागरिक वर्दि विनाका प्रहरी हुन, उहाहरुको साथ र सहयोग सहकार्य आवश्यक छ ।’ उनले भने ।
कार्यक्रमा रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२का असिष्टेन गभर्नर कृष्ण प्रसाद अर्याल, पुर्व अध्यक्ष महेन्द्र प्रसाद श्रेष्ठ, कोषाध्यक्ष यदुनाथ पाण्डे, सर्जन एट आम्स यादव घिमिरे, रोटरीयनहरु मधु प्रसाद अर्याल,वोनिन पिया, सोनालिया गुरुङ, रोटरी क्लव अफ बुटवलका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ , पूर्व अध्यक्ष अजयमान श्रेष्ठ , सचिव दया भण्डारी, श्रीकृष्ण पोखरेल लगायतले वोलेका थिए । सो अवसरमा जन्मदिन पर्ने क्लवका पुर्व अध्यक्ष निर्मल लाकौल, इनद्र भूसाल , गणेश पन्थ लगायतको हर्ष वढाई गरिएको थियो ।