ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

आराधना

१३ भाद्र २०७७, शनिबार
१३ भाद्र २०७७, शनिबार

शब्द संयोजन र वाक्यको निर्माण प्रसव पीडाभन्दा कत्ति कम नहुने मेरो अनुभव रहेको छ । यसैपनि जातीय विभेदविरुद्ध लेख्नु बोल्नु र अभिव्यक्तिहरू दिनु आफैमा दुरुह विषय हो । जाति, जनजाति, बासी, मुलबासी तथा रंगको नाममा संसारका हरकुनामा विभेद छ, उचनिचको ब्यबहार छ ।

फ्रान्सेली समाजशास्त्री लुइस डुमण्ट भन्दछन्, जात ब्यवस्थाबीना हिन्दुधर्मको अस्तित्व छैन । समाजशास्त्रको विद्यार्थीको नाताले मात्र होइन, खास उत्पीडित समुदायको सदस्य भएको कारणले पनि मलाई उनको विचार सोह्रैआना सही हो जस्तो लाग्दछ । जब ममा चेत पलायो, सामाजिकरुपमा विभेदका अंशहरू ममा थोपरिन थाले , तत्पश्चात हजारौं पीडाहरू भोग्दै आएको छु । यद्यपि जातबाट माथि उठेर मलाई सामाजिक उचाई दिने सहृदयी मानिसहरू पनि फेला नपरेका होइनन्, तर मूलरुपमा संसारीक ब्यवहारमा विभेदका अनेकौ सास्तीहरू भोग्नु प¥यो वा परिरहेको छ ।

मेरा अनेकौ बासहरू भए । भाडगाउँमा जन्मे, तम्घासमा हुर्किएँ, पोखराबाट प्रारम्भीक शिक्षा सकाएँ, आसामका जंगलहरूमा भौतारिएर रोजिरोटीको जोहो गरे । अन्तिममा बुटवललाई पछिल्लोबास बनाएको छु । रोजिरोटीका ससाना झमेलाहरू पार भइसकेका छन् । एकहिसावले अवकासको जिन्दगी जिइरहेको छु । अब त यस्तो लाग्न थालेकोछ, सायद बुटवल छोडेर अन्यत्र कहिँ गइदैन होला । किनकि एउटा मूर्तसंसार यहिँ खडा हुन पुगेको छ जो ।

जातीय उत्पीडनका विरुद्ध कलम चलाउनु मेरो अर्को दिनचर्या हो । शुरुमा छापा मिडियामा निकै लेखियो । दैनिक लुम्बिनी मेरो आफ्नै मिडिया थियो, मेरो लगानी भएको संस्था । त्यस पत्रिकामा जातको बारेमा खुव लेखियो । पछिल्लो समय बुटवल टुडेले मेरा वृतान्तहरूलाई प्रमुखता दिएर छापिरहेको छ । सामाजिक सञ्जाल फेसबुक विचार प्रवाहको अर्को गतिलो र प्रभावकारी माध्यम रहेछ । यसकुराको भेउ मैले निकै पछिमात्र थाहा पाएँ । २०१० मा छोराले फेसबुक आइडी बनाइदिएको भएपछि सन् २०१५ सम्म त्यसलाई चलाएको थिइन । अलि मन्दबुद्धिको छु, सायद त्यसैले कुराहरू अलि ढिलो बुझ्ने गर्दछु । सोही कारणले पनि होला, विचारप्रवाहको यति गतिलो माध्यमलाई अंगिकार गर्न ढिलो गरे । गुरु गुरुदत्त ज्ञवालीले यसको प्रयोग र प्रभावकारीता बारे एकदिन मेरो घरमै आएर बिस्तार लगाएपछि मात्र यसको प्रयोगको उपयोगिताबारे जानकारी पाउन सकेको हुँ भन्दा पनि हुन्छ ।

मेरो फेसबुकवालमा मेरा अधिकांश पोष्टहरू जातीय विभेद विरुद्धमा हुने गर्दछन् । जातको कुरो गर्दा धर्मको कुरो आउने नै भयो । आफू हिन्दु सम्प्रदायसंग जोडिएको कारणले हिन्दुधर्मको कुरोलाई अगाडि ल्याउनु मेरो पहिलो कर्तब्य हुन आउँछ । किनकि म प्रताडित भएको, समाजमा अपमानित भएको पुनाराम तथा हिमकली सनारको छोरा भएको कराणले होइन । मेरा बाआमा पुनाराम र हिमकली हिन्दुधर्म समुदायको अंग भएको कराणले हो । समाजमा, संसारमा पुनाराम नाम भएका, हिमकली नाम भएका हजारौं लाखौं बाआमाहरू छन् । तर उनीहरूका सन्तान किन प्रताडित छैनन् ? किन जातीय उत्पीडनको शिकार छैनन् ? किनककि उनिहरूका सन्तान कित हिन्दु होइनन् वा हिन्दु धर्म भित्रको श्रेणीवद्धताको माथिल्लो तहमा विराजमान छन् ।

भनिन्छ वा मान्यता के रहेको छ भने कम्युनिष्टले जात मान्दैनन् । म शुरुवातका दिनमा कम्युनिष्ट पार्टीमा आवद्ध हुँदा यहि कुराको खुब रटान हुन्थ्यो । समाजमा वर्ग छ । वर्ग सम्पत्ती माथिको अधिकारको कारणले सिर्जना हुन गएको हो । त्यसैले वर्गलाई समाप्त पार्नु पर्दछ । तबमात्र समाजमा सबैकुराको विभेदलाई मेटाउन सकिन्छ । यसकुरालाई मैले माक्र्सवादको प्रारम्भीक कखरा पढेको लगभग चालिस वर्षपछि क्याम्पसका कक्षा कोठाहरूमा समाजशास्त्रको अध्ययनको दौरानमा बृहद्तौरमा पढ्ने अवसर पाएँ । मैले शुरुमा उलेख गरेको लुइस डुमण्टको कुरो पनि विश्वविद्यालयका पाढ्य पुस्तकमा नै पढ्ने अवसर पाएको हुँ । आङै सिरिङ्ग हुने मुलुकी ऐनका कहालीलाग्दा धारा—उपधाराहरू पनि क्याम्पसमै पढ्ने मौका पाएँ । हैन हाम्रो समाजब्यवस्ता, हाम्रो सरकार यति निरिह किन छ हँ ? सरोकारवाला सबैलाई मेरो यो गहन प्रश्न हो । विश्वविद्यालयको यति माथिल्लो तहमा मात्र आएर जात ब्यवस्थाको बारेमा किन पढाइएको होला ? यी विषवस्तुहरू त नर्सरी वा स्कुल प्रवेशको लगत्तै पढाउन थालिनु पर्ने हो । यदि स्कुलजीवनको प्रारम्भमा नै जातको बारेमा, यसको सामाजिक क्षुद्रताको बारेमा विद्यार्थीहरूलाई जानकारी दिने हो भने, सामाजिक दुरावस्ताको यो हालत देख्नै पर्ने थिएन । आजको युवापुस्ता जो जातको कारणले मारिएको छ, जातकै कारणले जेलजीवन बिताउन बाध्य छ, एसिड देखि घातक रसायनहरूको आक्रमणको शिकार भएको छ, त्यो दुरावस्थामा सायदै आइपर्ने थियो । नवराजहरुले महान् जनयुद्धको भठ्ठीमा पाकेर स्पात बनेका बाबुसाहेब कमरेडहरूको जथ्थाबाट सेरिएर मनु पर्ने थिएन, काभ्रेका होनहार युवा अजित मिजारको लास आजसम्म शिक्षण अस्पतालको मुर्दाघरमा सडेर बस्ने थिएन, अंगीरा पासीलाई बकैनाको रुखमा पासो लगाएर मनु पर्ने थिएन र सात महिने गर्भवती चन्द्रकला लाम्गादेलाई जातकै कारणले एक नेवार दम्पत्तीले निर्घात कुटपिट गर्ने थिएन ।

मैले सामाजिक सञ्जालमा जात र यसको हिन्दुधर्मसंगको साइनो बारे लेख्न थालेपछि केहि अतिप्रीय मित्रहरूलाई टाउको दुखाई भएको छ । उहाँहरू कहिले खुलेरै वा कहिले छद्मरुपमै असहमति जाहेर गर्ने गर्नुहुन्छ । ती अतिप्रीय मेरा शुभचिन्तकहरूको तर्क छ— तपाईंलाई हामीले विभेद गरेका छैनौ । तपाईंलाई हाम्रो घर आगनमा स्वागत छ । एउटै गुन्द्री, चकटीमा बसेर खान तयार छौं वा खाएकै छौं, त्यसैले तपाईंको जातको बारेमा अबिछिन्न लेखाइ समय सुहाउँदो छैन । भोजभतेरमा सहभोज चलेकै छ । तपाईं र तपाईको समुदायका मानिसहरूको बिहे, पास्नी लगायत सबै कार्यहरूमा समावेश भएकै छौं । मर्दापर्दा घाट मलामी गएकै छौं । यी सबै परिवर्तनहरूको मध्यनजर तपाईंले यतिबिघ्न घोँचपेच नलेखे राम्रो हुने थियो ।

यी दिलेरी सुझावहरूको मलाई पूर्णहेक्का छ । जातपातको ब्यवहारमा सिथिलता आउँदै गरेको पनि मलाई हेक्का छ । यस सिथिलताको पछाडि सबै जाति समुदायको यथोचित योगदान छ । मेरो कुरो गर्ने हो भने, म मन्दिरमा बेरोकटोक प्रवेश गर्ने गर्दछु । पण्डित गुरुहरूले मेरो जात थाहा हुँदाहुँदै पनि अपहेलना गर्दैनन् । आसपास, छरछिमेकमा आयोजित उत्सव समारोहमा आमन्त्रण गर्दछन् । मेरो स—सानो नै किन नहोस्, चालु उद्योग छ । सयौं हजारौ ग्राहकहरू छन् । कामबिहिन भएर कहिल्यै बस्नु परेको छैन । कामदार कर्मचारीहरू हरवर्ण सम्प्रदायका छन् । महायज्ञका प्रचार सामाग्री, चिनाचपेटा, मांगलीकार्यका हरेक सामाग्री हाम्रो उद्योगमा तयार हुने गर्दछन् । यो सब हुन्छ भन्दैमा साथीहरूको चाहना र मन्साय अनुसार के मैले जातको बारेमा लेख्न छोडु त ?

जात व्यवस्थाको बारेमा मैले कलम चलाउँदा त्यो कलम मेरो निजि कलम रहेको हुँदैन । मैले कलम समाएर जब कागजमा शब्दहरूले शब्दको आकार ग्रहण दिइरहेको हुन्छ्, ती शब्दको मर्म सामाजिक मर्म बनेको हुन्छ । हिन्दु समुदायमा जात ब्यवस्था कहाँ छैन ? कथित सबभन्दा ठूलो जात ब्रम्हाण समुदाय भित्र उपाध्याय, जैसी, तल्लोभाते र उपल्लो भातेको विभेद छ । क्षेत्री समुलायमा झर्रा र खाँटी क्षेत्रीको विभेद छ । कामी समुदायमा तीन कामी र पाँच कामीको विभेद छ । तीन र पाँचले एकआपसमा निमृम छोइछिटो बार्ने गर्दछन् । समग्रमा पहाडीया कामी, दमाई, सार्की र बादीबीच बाहुन क्षेत्रीमा भन्दा ठूलो विभेद छ । तराईबासी समुदायमा जात ब्यवस्था यति निर्मम छकि यसको लेखन अगल संग गर्नुपर्ने हुन्छ । कुरो यहीनिर स्पष्ट हुन्छ, यदि मैले जातको बारेमा कलम चलाइन भने जातीय सचेतनाको कुरो कहाँबाट अगाडि आउँछ त ? त्यसैले मेरा अनन्य मित्र शुभेच्छुकहरू संग मेरो नम्रनिवेदन छ, मलाई यस जातको बारेमा लेख्ने अवसर प्रदान गर्नुस् ता कि तपाईंहरूको बीचमा रहेको विभेदले पनि विदा हुने मौका पावोस् ।

अन्त्यमा, कुनै जमानामा म, मबसोबास गर्ने सहरको पार्टी कमिटीको खाँटी सदस्य थिएँ । म कहिल्यै नविराई पार्टीका बैठकहरूमा सामेल हुने गर्दथेँ । बैठक होटेलवाला कमरेडको घरमा बस्ने भएकोले चियाचमेनाको प्रबन्ध त हुने नै भयो । बैठकको मध्यमा चिया आउँथ्यो । सबैजसोले चियोचमेना लिने गर्दथे । तर, ती होनहार नगर कमिटीका सदस्यहरूमध्ये एकजना खाँटी कमरेढले चाँहि, म कहिल्यै चिया पिउँदैन भन्दै चियाको गिलासलाई फर्काइदिन्थे । होला, कमरेडले चिया नपिउँदा हुन् । खासै चासोको विषय पनि बन्ने गर्दैन थियो ।

तर, ती कहिल्यै चिया नपिउने महान् कमरेडको रासन दोकान थियो । एउटै कमिटीका सदस्यको नाताले उनकै दोकानबाट चामल किन्नु मेरो कर्तब्य पनि बन्ने नै भयो । तदनुसार एकचोटी उनको दोकानमा चामल किन्नजाँदा मैले उनले एक लार्ज गिलासमा चिया पिउँदै गरेको पो देखेँ । मैले लामो सम्बाद गरिन कमरेडसंग । चामलको बोरी रेक्सामा राखेर घरतिर आएँ । त्यसपछि भने म त्यो नगरकमिटीमा कहिल्यै उपस्थित भएन र खाँटी कमरेडको दोकानबाट पनि रासन किनिन ।

साथीहरू यसै हिसाबले पनि मैले जातको बारेमा लेखने गर्दछु । अन्यथा नलिनु होला । मैले माथि नै भनिसके मेरो लेखनको मकसद् तपाईहरू बीचको संकृणतालाई पनि समाप्त गरेर “हाम्रो सप्रदाय”को निर्माण गर्नु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?