ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै

वनवाटिकाको ई–लाइब्रेरी अझै सञ्चालनमा आउन सकेन

भवन निर्माण सम्पन्न भएपनि आन्तरिक काम अझै बाँकी
१४ जेष्ठ २०८०, आईतवार
१४ जेष्ठ २०८०, आईतवार

बुटवल, १३ जेठ ।

शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा रहेको ई–लाइब्रेरी सञ्चालनमा आउन सकेको छैन । रोटरी क्लव अफ बुटवलको अगुवाइमा ०७७ फागुन महिनाबाट निर्माण सुरू गरिएको ई–लाइब्रेरी आन्तरिक रूपमा पूर्ण नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

निर्माण सुरू भए लगत्तै कोभिड –१९ को समयमा भएको लकडाउनले प्रभावित भएको थियो । लकडाउन पश्चात हाल निर्माण सम्पन्न भए पनि आन्तरिक काम अझै बाँकी हुँदा सञ्चालनमा आउन सकेको छैन । साढे २२ फिट चौडाई र साढे २५ फिट लम्बाई रहेको सो ई–लाइब्रेरीको निर्माण कार्य सम्पन्न भएको तर आन्तरिक काम अगाडि नबढेको वनवाटिकाका उपाध्यक्ष खिमलाल पाण्डेले बताए ।

शंकरनगर सामुदायिक वनअन्तर्गतको वनवाटिकाको रोटरी चाइल्ड डेभलपमेन्ट सेन्टरभित्र निर्माण गरिएको सो ई–लाइब्रेरीमा करिब २४ लाख रकमको ठूलो प्रोजेक्टर समेत जडान गरिसकिएको छ । जहाँ फर्निसिङ, रंगरोगन, बिजुली र इन्टरनेट जडानको कार्य भैसकेको रोटरी क्लव अफ बुटवलका वर्ष २३÷२४ का अध्यक्ष बोनिन पियाले बताए । सो लाइब्रेरीमा तिलोत्तमा नगरपालिकाको रू १५ लाख लागतमा भवन निर्माण र वनवाटिकाको कार्यालयले फिनिसिङको काम सम्पन्न गरेपनि आन्तरिक कामहरू अघि बढ्न नसकेको वाटिका उपाध्यक्ष पाण्डेले बताए ।

ई–लाइब्रेरीमा प्रोजेक्टरको माध्यमबाट वनवाटिकाभित्रका गतिविधिहरूको जानकारी दिने उद्देश्य रहेको उनले बताए । साथै तिलोत्तमा नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको बारेमा सोही प्रोजेक्टरकै माध्यमबाट श्रव्यदृश्य सामग्रीको प्रदर्शन गरिने वनवाटिकाका अध्यक्ष बेल प्रसाद शर्माले जानकारी दिए ।

अझ महत्वको कुरा त सो ई–लाइब्रेरीमा सौर्य मण्डल बनाउने उद्देश्य रहेको छ । करिब ३ करोडको लागतमा बन्ने सौर्य मण्डल के, कति र कुन उमेर समूहलाई लक्षित गरी बनाउने भन्ने अन्योलका कारण काम अगाडि बढ्न नसकेको रोटरी क्लव अफ बुटवलका पूर्व अध्यक्ष डाक्टर तारा प्रसाद उपाध्यायले बताए ।

सौर्य मण्डल निर्माणका लागि इन्जिनियरिङ जियोलोजिकल सर्वे गर्नुपर्ने पूर्व अध्यक्ष उपाध्यायले बताए । सो को लेखन कार्य पनि अघि बढिरहेको र आर्थिक स्रोत जुटाउन पनि लागि परेको उपाध्यायले बताएका छन् । आर्थिक स्रोतका लागि रोटरीयन, रोटरी इन्टरनेशनल (म्याचिङ ग्राण्ड) र तिलोत्तमा नगरपालिका लागि परेको डाक्टर उपाध्यायले बताए । सोही कारण सञ्चालनमा ढिलाइ भएको र यसमा छलफल अघि बढिरहेको रोटरी अध्यक्ष पियाको भनाइ छ ।

तिलोत्तमा नगरपालिका वाड नम्बर १ र २ अन्तर्गतको शंकरनगर सामुदायिक वन उपभोक्ता समूहको ५७६ हेक्टर क्षेत्रफलमध्ये यसले ५१.३४ क्षेत्रफल वनवाटिकाले ओगटेको छ । २०६२ सालमा शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष उमानाथ कंडेलको पहल र सकृयतामा सुरू भएको यस वाटिका सुरूवात भन्दा आकाश जमिनको भिन्नता छ ।

शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) काममा हाल धेरै चिज मुख्य आकर्षणका रूपमा रहेका छन् । गतवर्ष मात्रै नेपाल सरकारले मुलुकभरका सय पर्यटकीय क्षेत्रमध्ये यसलाई पनि समावेश गरेसँगै संघीय सरकारले पनि थप लगानी गर्ने यहाँका नागरिकको अपेक्षा छ ।

जंगली जनावर र चराचुरूङ्गी गरी हाल विभिन्न २१ प्रजातिका जनावरहरू यहाँ रहेका छन् । यस मनोरञ्जनात्मक वाटिकामा गत चैत्र महिनामा मात्रै आकर्षक बहुउद्देश्यीय भ्यू टावरको उदघाटन भएको छ । यसले पनि वनवाटिकालाई थप आकर्षक प्रदान गरेको छ । यहाँ रेल, शहीद पार्क, पुष्पलाल पार्क विपि पार्कजस्ता छ वटा पार्क, चिल्ड्रेन पार्क रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission