ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

बर्दिया आउने पर्यटकमा वृद्धि

१६ चैत्र २०८१, शनिबार
१६ चैत्र २०८१, शनिबार
बर्दिया, १६ चैत । 
बर्दिया राष्ट्रि निकुञ्जमा पर्यटकको संख्यामा बृद्धि हुन थालेको छ । निकुञ्ज भित्र बाघ, गौँडा, हात्तीलगायत जंगली जनावर हेर्न आउने पर्यटको संख्यामा बृढि भएको निकुञ्जको तथ्यांकले देखाएको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को फागुन महिनाको अन्तिम सम्म १४ हजार १ सय बढी पर्यटकले निकुञ्ज प्रवेश गरेर अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणी पौडेलले बताए ।  निकुञ्ज प्रवेश गर्ने विदेशी तीन हजार छ सय २५ जना, सार्क मुलुबाट आठ सय ३४ र आन्तरिक पर्यटक १० हजार पाँच सय ४० जना निकुञ्ज भ्रमण गरेका रहेछन । यो गत आर्थिक बर्षको सोही अवधीको ७.१७ प्रतिशत बढी रहेको छ ।आर्थिक बर्ष २०८०/०८१ मा भने बाह्य तथा अन्तरिक गरी कल २० हजार एक सय ३१ जना पर्यटकले निकुञ्ज भ्रमण गरेको सूचना अधिकारी पौडेलको भने, जस मध्य विदेशी पर्यटक छ हजार छ सय ८४ जना, सार्क राष्ट्रका एक हजार चार सय ३७ र नेपाली १८ हजार १० जना पर्यटकले निकुञ्ज भ्रमण गरेको निकुञ्जको तथ्यांकमा छ । त्यसै गरी २०७९/०८० मा कुल २४ हजार तनि सय २४ पर्यटक र आर्थिक बर्ष २०७८/०७९ मा १६ हजार २ सय ९७ जनाले निकुञ्ज भ्रमण गरेका थिए । पर्यापयर्टनको दृष्टिकोणले बर्दिया राष्ट्रिय निकुञ्जलाई महत्वपुर्ण मानिन्छ । निकुञ्जमा भएका जनवार सजिलै देख्न पाईको हुनाले यसलाई महत्वर्पुण मानिएको हो ।
निकुञ्जका जनावर बाघ, गैँडा, हात्ती, अजिंगर, चित्तल, मृग बाह्रसिंगे, कृष्णासार लगायतका जनावर सजिलै देख्न पाउने भएकोले बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकहरूको रोजाइमा परेका छ ।सिनियर गाइडर हेमन्त आर्चायका अनुसार तराइृमा सबैभन्दा ठूलो र सजिलै जनावर देख्न पाउने भएकोले बर्दिया आउने पर्यटकहरू बढ्दै गएको बताए । विश्वप्रसिद्ध टाइम म्याागाजिन सन् २०२४ का लागि तयार पारेको संसारका सय सर्वौत्कृष्ट गन्टव्यको सुचीमा बर्दियाको मधुवन नगरपालिकास्थित बुहन वाइल्डरनेस क्याम्पका सुचीकृत छ । यस कारण यो बर्षमा पनि पर्यटकहरूको बढेको पाएको उनेले भने । पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटक ओरालो लागेका थिए तर कोरोना महामारी पछि फेरी पर्यटक बढेको गैडाक्याम्पका सञ्चालक रामजी तापाले बताए । उनका अनुसार निकुञ्ज घुम्न आउने मध्ये नेपाली पर्यटकको संख्या धेरै रहेको छ । विदेशी पर्यटकलाई लाग्ने महँगो हवाई भडाले पनि पर्यटकको संख्या कम भएको हो । हवाई भाडादर कम कायम गर्न सके अझै पर्यटकको संख्या वृद्धि हुने बताए ।
बर्दिया राष्ट्रिय निकुञ्ज नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले करिब ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा रहेको छ, जुन पुर्व–पश्चिम राजमार्गको अम्रेनीबाट दक्षिण तर्फ बाटो छुट्टिएको छ । यो निकुञ्ज नेपालको पश्चिममा कर्णाली नदीको पूर्व तिरको तराई प्रदेशमा अवस्थित छ । सन् १९६८मा शाही शिकार आरक्षको रूपमा स्थापना गरिएपनि सन् १९६७मा करिब ३६८ वर्ग किलोमिटर क्षेत्रफलको उक्त आरक्षणलाई शाही कर्णाली वन्यजन्तु आरक्षको रूपमा घोषणा गरियो । पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटियो । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो । पूर्णरूपमा तराइ क्षेत्रमा रहेको यस राष्ट्रिय निकुञ्ज स्थापनाको प्रमुख उद्देस्य बाघ तथा यसको शिकारको संरक्षण भएपनि गैंडा, घडियाल गोही, डल्फिन जस्ता अत्यन्तै लोपोन्मुख वन्यजन्तुहरू यसमा संरक्षित छन ।
पहिला पहिला बर्दियाको बघौरा फांटमा राजाहरू बाघ तथा हात्तीको शिकारको लागि आउने गर्दथे। यहि क्रममा एकपटक शिकारको लागि आएका राजाले शिकारको लागि बाघ नपाएपछि त्यस क्षेत्रलाई राजाको शिकार क्षेत्रको रूपमा संरक्षण गर्न सुरूवात गरेका थिए । पछि त्यहि क्षेत्रलाई कर्णाली संरक्षण क्षेत्रको रूपमा चिनियो। पछि सन् १९८२मा यसलाई शाही बर्दिया वन्यजन्तु आरक्ष नामाकरण गरियो र सन् १९८४मा पुनः बबई नदी आसपासको क्षेत्रलाई समेटिया । सन् १९८८मा आएर बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा यस क्षेत्रलाई घोषणा गरिएको थियो ।बर्दिया राष्ट्रिय निकुञ्जमा पृथक तीन किसिमको हावापानी हुने गर्छ । आश्विन देखि फाल्गुणसम्म मौसम सुख्खा हुन्छ, यो समयमा दिनहरू न्यानो हुन्छन् भने रात ठन्डा रहने गर्छ । बैशाख देखि असार महिना सम्म गर्मी मौसम हुन्छ, यती बेला यहाँको तापक्रम बढेर ४५ डिग्रि सेन्टिग्रेट सम्म पुग्ने गर्छ । त्यसपछिका महिनामा भारी वर्षातको मौसम शरु हुन्छ । यहाँको माटो एकदमै कोमल भएको हुँदा वर्षातमा धेरै हिलो हुने गर्दछ ।
निकुञ्ज अन्तर्गत चुरेको माथिल्लो भागतिर केही सल्लाका जंगलहरू छन् भने तराईको धेरैजसो भाग सालको जंगलले ढाकेको र बीच बीचमा घाँसे मैदान रहेको छ । पाटे बाघ, एक सिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्ती लगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु यसनिकुञ्जमा पाइन्छन् । जलचरहरूमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?