ट्रेंडिंग:

>> पश्चिम नेपालमा हिउँदे वर्षा र हिमपात >> निर्वाचन प्रहरीः बागलुङमा तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन >> हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित >> खलङ्गा स्थित थापागाउँ बसपार्कमा जग्गादाताको सालिक अनावरण >> प्राज्ञिक अनुसन्धान विना समुन्नति असम्भव >> भन्सार प्रक्रिया छिटोछरितो बनाउन व्यवसायीको माग >> जो हैदरावाद हाउसको त्यो दुर्लभ बैठकको प्रत्यक्षदर्शी बने, सय वर्षमा टेक्नै लाग्दा संसार त्याग >> प्रतिनिधि सभाको प्रत्यक्षमा महिला उम्मेदवार: आधा मतदाता, छैन अवसर >> राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबै तयारी पूरा : निर्वाचन आयोग >> रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे >> महावीर पुनलाई स्वतन्त्र उम्मेदवारीमा त्रिभुज चुनाव चिह्न प्रदान >> नेपाली कांग्रेसले गर्‍यो गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय >> केसीले लिएनन् उम्मेदवारी फिर्ता >> महिला तथा बालिका विरुद्धको हिंसा न्यूनीकरणका लागि पालिका स्तरीय ऐन आवश्यक >> देशभर ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता >> सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा >> विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो >> कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु >> कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग्यो >> गोरखा–२ बाट बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता >> रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता >> एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो >> वसन्त पञ्चमीको परम्परा र महत्त्व >> वसन्त पञ्चमीको शुभकामना >> घुम्ती बैठक: स्थानीय सरकार जोड्ने सेतु >> एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा >> आज श्रीपञ्चमी, विद्या र सृजनाकी देवी सरस्वतीको पूजा गरिँदै >> लुम्बिनी प्रदेश १७ सय मतदान स्थल, ३४ लाख मतदाता >> प्रदेश छाड्दै सङ्घतर्फ >> नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम >> कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज >> रुपन्देही २ मा गुरुङको उम्मेदवारी खारेज >> तेस्रो पालडाँडा कपको तयारी पुरा >> कोटाको पर्खालभित्र थुनिएको आधा आकाश >> निपाह भाइरसको जोखिम बढ्दै >> अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी >> ६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो >> तीनवटा सेयरमा सर्किट ब्रेक, बजारमा ९ अर्ब रुपैयाँको कारोबार >> अस्ट्रेलियामा फेरि गोली चल्यो, न्यु साउथ वेल्समा ३ जनाको मृत्यु >> प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्‍याइने >> शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला >> गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कांग्रेसको तयारी >> कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत >> शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना >>  मन्त्रिपरिषद् बैठक आज बस्दै >> महिला टी–२० विश्वकप छनोटमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित >> सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो >> गगन– शून्यता कि पूर्णता ? >> ‘अब सुस्तावासीको पीडा सम्बोधन गर’  >> टिकट पाउन दल बदल्ने नेता

कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

काठमान्डौ, २१ मंसिर ।

नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा उठाउने काम ‘करप्सनको भाग’ भएको भन्दै यसलाई राष्ट्र बैंकले क्षम्य नमान्ने बताएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १६औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कडाइका साथ लिने बताए । उनले भने, “सरकारी बैंकहरूबाट पैसा मिलाइदिन्छु भनेर माग भए सरकार रिस्क लिन्छ, तर निजी बैंकबाट यस्तै भए हामी गम्भीर रूपमा लिनेछौँ । कुनै व्यक्तिले जबरजस्ती अर्काको कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु पार्ट अफ करप्सन हो । यसलाई राष्ट्र बैंकले क्षम्य रूपमा लिँदैन ।”

त्यस्तै, गभर्नर पौडेलले आर्थिक गतिविधि सहज बनाउन राष्ट्र बैंकले विभिन्न नीतिमा सुधार गरेको जानकारी दिए । उनले भने, “मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा वित्तीय संस्थाहरूको नाफा बढाउन सरल बनाएका छौँ । महानगरका धेरै बैंक शाखा बन्द गर्न अनुमति दिइएको छ । यसबाट बैंकहरूले राम्रो नाफा र लगानी गरी डिजिटल कारोबारमा ध्यान दिन सकून् र अर्थतन्त्रको गतिमा सहयोग पुगून् ।”

उनले बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ध्यान दिँदै सहि नीति निर्माणमा जोड दिइएको बताउँदै भने, “सबैको गुनासो सुनेर अगाडि बढ्ने प्रयास गर्छौँ। बैंक तथा वित्तीय संस्थाहरूमा थुप्रिएको पैसा लगानी गर्न राष्ट्र बैंक केन्द्रित छ ।”

गभर्नर पौडेलले आर्थिक गतिविधि र प्रगतिको उदाहरण दिँदै भने, “अर्थतन्त्रको मुभमेन्ट मानसिकता (मास साइकोलोजी)  मा भर पर्छ । गएको १० वर्षमा हिमालयन जाभादेखि आईटी क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । सडक र पूर्वाधारमा पनि सुधार भएको छ । श्रीलंका अप्ठ्यारो अवस्थामा पुग्दा पनि सुधारको गति समात्न सक्यो, नेपालले पनि गति समात्नेछ ।”

उनले आर्थिक नीति बलियो भए पनि मनोबल कमजोर रहेको भन्दै यसलाई उकास्न र राम्रो काममा केन्द्रित रहनुपर्नेमा जोड दिए ।

गभर्नर पौडेलले सन्तानलाई विदेश पठाउने प्रवृत्ति र राजनीतिमा लगाउने विषयमा पनि टिप्पणी गर्दै भने, “एक दशकभन्दा बढी ‘केही हुँदैन’ भन्ने मानसिकता भयो र छोराछोरी विदेश पठाइयो । उनीहरूलाई फर्काएर ल्याउनुपर्छ, तर मन्त्री बनाउने वा राजनीतिक रेसमा लैजानु हुँदैन ।”

उनले ‘रातारात’ सुधार नहुने उल्लेख गर्दै बिस्तारै काम अघि बढाइने बताए । “फेलियर हुनु नराम्रो होइन, तर राम्रा स्टोरीहरूको प्राथमिकता दिनुपर्छ । जस्तै म मीनबहादुरजीलाई हेर्छु, उहाँले दुई महिनामा देखाउनुभयो ।”

कालोसूची व्यवस्थाबारे उनले थपे, “हाम्रोमा धेरै कालोसूचीमा परेका छन् । निर्माण उद्योगमा माइक्रोफाइनान्स जस्तो मोडल छ । एउटाले राम्रो गरेन भने सबैलाई राखेजस्तो हुनु हुँदैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?