ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

समाचार सारांशमा


  • गुल्मीमा देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण  भने अझै हुन सकेको छैन ।

  • निर्माण कार्यको लागत रु. ९ करोड ८८ लाख २६ हजार ३३२ थियो । 

  • निर्माण जिम्मा नयाँ बाटो, रुबिना, मना जेभीले पाएका थिए ।


गुल्मी २१ मङ्सिर ।

गुल्मीमा देशकै नमुना तीन मुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण  भने अझै हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीन मुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो ।

अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।  गुल्मी, स्याङ्जा, र पाल्पाको सङ्गम स्थल रिडी क्षेत्रको काली गण्डकीमा तीन जिल्लालाई जोडने गरी देशकै नमुना झोलुङ्गे पुल निर्माणको जिम्मा नयाँ बाटो, रुबिना, मना जेबीले पाएको थियो ।

२०७१ साल असार १० गते तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी ९ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेबी र  स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुलचोकबिच सम्झौता भएको थियो  ।

तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण व्यवसायीहरूको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको बताएका छन् ।

उनीहरूको आन्तरिक विवाद समाधान नभएसम्मका लागि हस्तान्तरणको प्रक्रिया रोकिएको उनको भनाइ छ । कार्यालयको तर्फबाट करिब ४० प्रतिशत रकम पनि भुक्तान हुन बाँकी रहेको कार्यालयले जनाएको छ ।

तीन वर्ष पहिले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचार संहिताका कारण उक्त कार्य रोकिएको थियो ।

देशकै नमुना तीन मुखे पुललाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि तीन वटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ । तीन जिल्लाका तीन वटै स्थानीय तहहरूसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गर्ने गरी आफूहरू लागेको कार्यालयले जनाएको छ  ।

पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका एक रिडी ,स्याङ्जाको काली गण्डकी एक कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली  जोडेको छ । काली गण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७.४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दुरी रहेको छ ।

उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानहरूबाट यहाँ आउने गरेको स्थानीय चुडामणी तिमिल्सिनाले बताएका छन् । विशेष गरी नयाँ वर्ष,असारे ठुला एकादशी, हरिबोधनी एकादशी र मकरसंक्रान्तीको समयमा पुल अवलोकन र भिडियो बनाउनेहरूको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।

तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणी पौडेल र गुल्मी क्षेत्र नम्बर दुईका सांसद चन्द्र भण्डारीले उक्त पुलको शिलान्यास गरेका थिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?