ट्रेंडिंग:

>> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट

२१ मंसिर २०८२, आइतबार
२१ मंसिर २०८२, आइतबार

नेपालगञ्ज, २१ मंसिर ।
थारु समुदायको अस्तित्व, पहिचान, संस्कृति र राजनीतिक भविष्यसँग गाँसिएका साझा सवालहरूलाई लिएर बाँके र बर्दियाका थारु युवा तथा बुद्धिजीवीहरू एकजुट बन्न थालेका छन् । “हमार संस्कृति हमार पहिचान, देश बनैनाम युवनक योगदान” भन्ने नारासहित शनिबार भएको गहन छलफलले थारु समुदायको आवाजलाई नयाँ दिशा दिएको छ ।

थारु बाहुल्य जिल्ला बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट टुक्र्याएर कर्णालीमा मिसाउने कुनै पनि योजना स्वीकार्य नहुने छलफलको मुख्य निष्कर्ष थियो । अभियन्ता सीताराम थारुको अगुवाइमा सम्पन्न छलफलले बाँके र बर्दियालाई टुक्र्याउने प्रयासविरुद्ध एक भएर संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूले थारु बहुल क्षेत्र बाँके र बर्दियालाई लुम्बिनी प्रदेशबाट छुट्याउनुपर्ने अभिव्यक्ति दिँदै आएको सन्दर्भमा यो छलफल थप अर्थपूर्ण बनेको सहभागीहरूको भनाइ छ । चिन्ताको विषय त के छ भने यस्तो अभिव्यक्ति बाहिर ल्याउनेहरूमा बाँके र बर्दियाकै प्रमुख दलका मुख्य नेता अग्रपंक्तिमा देखिएका छन् । अझ प्रमुख शीर्ष नेताहरूले समेत यस विषयमा मौन स्वीकृति वा समर्थन जनाइरहेका कारण थारु युवाहरूमा गहिरो चिन्ता पैदा भएको थियो । यही परिस्थितिमा थारु युवाहरूले अब चुप लागेर बस्ने होइन भनदै एकजुट भएर आफ्नो भूगोल, माटो र पहिचान जोगाउन अग्रपंक्तिमा उभिने सहमति जनाएका हुन् ।

अभियन्ता सीताराम थारु भन्छन्, “बाँके र बर्दिया थारुहरूको थातथलो हो। यहाँको संस्कृति, भाषा, पहिचान तराईसँग जोडिएको छ । हामीलाई जबर्जस्ती फरक पहिचानमा हलिदिनु हाम्रो अस्तित्वमाथिको आक्रमण हो। त्यसैले अब हामी एक हुन्छौँ, र यसको डटेर प्रतिवाद गर्छौँ ।”

छलफल केवल राजनीतिक मुद्दामा सीमित रहेन । थारु समुदायभित्र फैलँदै गएको सिकलसेल समस्या र विभिन्न प्राकृतिक तथा सामाजिक विपद्का असरलाई पनि गम्भीर रूपमा उठाइएको थियो। यस क्रममा सिकलसेल पीडितहरूका लागि नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्ने र विपदमा परेका थारु समुदायका व्यक्तिहरू तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले “थारु विपद् कोष” स्थापना गर्ने निर्णय पनि गरिएको छ । अभियन्ता चौधरीका अनुसार, “संकटको बेला आफ्नो समुदाय आफ्नैे सहारा बन्नुपर्छ । अब हामी संगठित भएर विपद् व्यवस्थापन र सहयोगमा पनि अघि बढ्ने छौँ ।”

त्यसैगरी नेपालगञ्जमा हुँदै आएको माघी मिलन, सांस्कृतिक उत्सव र चाडपर्वहरूलाई व्यवस्थित रूपमा मनाउन मूल आयोजक समिति गठन गर्ने, थारु युवाहरूलाई राजनीतिक, आर्थिक र सांस्कृतिक रूपमा सशक्त बनाउँदै लैजाने र सामाजिक काममा अग्रपंक्तिमा रहेर भूमिका खेल्ने निर्णय पनि छलफलबाट निष्कर्ष निकालिएको छ ।

छलफलमा सहभागी जेन–जी पुस्ताका थारु युवाहरूले आफ्नो मातृभाषा, संस्कार र विगतको इतिहास हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनीहरूले आफ्नो रीतिरिवाज, संस्कृति र समुदायको इतिहासबारे अग्रजहरूको मार्गदर्शन आवश्यक रहेको बताएका थिए । एक युवा सहभागीले भावुक हुँदै भने, “हामी थारु भएर पनि थारु भाषा बोल्न लाज मान्न थालिसकेका छौँ । अब यो अवस्था हामी आफैंले बदल्नुपर्छ। राजनीतिक चेतना र संस्कृति संरक्षण सँगसँगै लैजानुपर्छ, नत्र भोलि हाम्रो नाम मात्रै बाँकी रहनेछ ।” यसरी बाँके र बर्दियाका थारु युवाहरूले आयोजना गरेको यो छलफल यतिमै सीमित छैन, यो सांस्कृतिक पुनर्जागरण, पहिचानको लडाइँ र सामूहिक चेतनाको संकल्पको रुपमा हेरिएको छ ।

आफ्नो माटो, भाषा, संस्कृति र अस्तित्व जोगाउने अटल प्रतिबद्धतासहित उठेको यो आवाज अब जिल्लाको सीमाभन्दा बाहिर पुग्ने तयारीमा छ । माघ मिलन कार्यक्रमको तयारीकालागि आईतवार पनि नेपालगञ्जमा थारु युवाहरुको तयारी बैठक आयोजना गरिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमन्डौराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?