ट्रेंडिंग:

>> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारको भाउमा सुनचाँदीको मुल्य स्थिर >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु

गण्डक नदी किनारः पर्यटकीय गन्तव्यको खोजी

१२ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८१, मंगलवार

नवलपरासी, १२ चैत ।
जिल्लाको सुस्ता गाउँपालिका स्थित गण्डक नदी किनारलाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्य बनाउने सम्भाब्यताको खोजी स्थानीयले गर्न थालेका छन् । विगत बर्षमा गण्डक बाँध भत्किने खतरा भन्दै त्रसित भएर बस्नुपर्ने बाध्यता विस्तारै हट्दै गएको र भारतीय लगानीमा नै बाँधहरूको पुर्नंरचना निर्माण भई सकेको हुँदा अब यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने स्थानीयले सम्भावनाको खोजीमा लागेका हुन् ।गण्डक क्षेत्रका पर्यटकिय क्षेत्रको अवस्थाबारे उद्योग वाणिज्य संघका कार्यकारीणी सदस्य अमरचन्द्र अग्रवाल, लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्री, नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह् सैथवार र परासी प्रेस क्लबका अध्यक्ष मोहन पौडेल सहितको टोली पुगेपछि स्थानीयले गण्डक क्षेत्रको पर्यटकीय सम्भाव्यताको अवलोकन गराएका थिए । गण्डक क्षेत्रमा भारतले आफ्नो तरिकाले डुबान नियन्त्रणका लागि संरचनाहरू तयार गरेको भएपनि अब त्यसलाई साज सज्जा गरी पर्यटक ल्याउनका लागि स्थानीयले संघसंस्था र सरकारको साथ खोजेको स्थानीय लख्खु यादवले बताए । उनले सो टोलीलाई पर्यटकीय क्षेत्रको आधारहरू देखाउँदै यसलाई बजारीकरण र ब्राण्डिँगमा उबासंघको साथ चाहिएको जनाए । संरचना बनी बनाउँछ, उनले भने, स्थानीयमा काम गर्ने उत्साह पनि छ, तर यहाँसम्म पर्यटक ल्याउने कार्यमा संघले भूमिका निर्वाह गरिदिन प¥यो । संघका प्रतिनिधिले गण्डक क्षेत्रको पर्यटनबारे आफूहरूले संघको बैठकमा एजेण्डा बनाई निर्णय गराएर अगाडि बढ्ने आश्वासन दिएका थिए ।

दुई बर्ष पहिला पनि गाउँपालिकाले तिनै गण्डक बाँध अन्तर्गतका पूर्वाधार उपयोग गर्दै पर्यटन योजना बनाउने तयारीमा जुटेको थियो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले काम गर्न तत्परता देखाए पनि उनको सरुवासँगै ती योजनाहरू अहिले निस्कृय बनेका छन् । तर स्थानीयले सो योजनामा स्थानीय बासिन्दाको तर्फबाट काम गर्न अहिले पनि तयार रहेको दाबी यादवको छ । गण्डक बाँधको मर्मत सम्भार भए पश्चात तिनै बाँध नजिकैका पूर्वाधारहरूलाई फरक तरिकाले सजिसजाउ गरि आकर्षक बनाई पर्यटक तान्ने योजना बनाउन सम्बन्धित वडाका वडा अध्यक्षहरूले अग्रसरता देखाएपछि गाउँपालिकाले पनि पर्यटन योजना बनाउन लागेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताएका थिए ।
विगत बर्षमा गण्डक बाँध अन्तर्गतकै वि ग्याप बाँध, लिँक बाँध, नेपाल बाँध र सि ग्याँप बाँधका संरचना भारतद्वारा अर्बाै रुपियाँ खर्चेर मर्मत सम्भार गरिएको छ । तर तिनै पूर्वाधारहरू नजिकै केही स–साना पूर्वाधार बनाउने, सरसफाई गर्ने र रंगरोगन, आकर्षक मनमोहक दृष्य देखिने खालका सामान्य लगानी थपेर गाउँपालिकाको पर्यटन योजना बनाउने छ । योजनामा गण्डक नदि किनारमा बाँध संरक्षणका लागि बनाईएका ब्लकहरू रंगाउने, त्यहाँ बस्नका लागि पक्कि तथा काठे कुर्सि तथा बेन्चहरू राखिदिने कार्य हुन्छ । नदिमा पस्नका लागि सुरक्षित र ब्यवस्थित स्टिल तथा सिक्री जडान गरिने छ ।
जस्ले गर्दा नदीमा पसेर स्थान गर्न चाहनेले सुरक्षित तरिकाले स्थान गर्न सक्छन्, । त्यसै गरि बाँध नजिकै खाने बस्ने सेवा सहितको रेष्टुरेन्ट सञ्चालनका लागि गाउँपालिकाले प्रोत्साहन गर्ने योजना बनाएको थियो ।

पर्यटन प्रवद्र्धनका लागि गँगा मन्दिरमा पूजापाठ तथा आरतीका कार्यक्रमहरू पनि सञ्चालन गर्नका लागि वडा अध्यक्षहरू तयारीमा जुटेका पनि थिए । अध्यात्मिक पर्यटकका लागि अध्यात्मिक पूर्वाधार बनाईने अग्रसरता देखाएका थिए । त्यसैगरि नदीमा जल विहार गर्नका लागि ढुगाँ व्यवस्थापन तथा नदीको विचमा रहेको गण्डक टापुहरूलाई समेत ब्यवस्थापन गरि पर्यटकहरूलाई रमाउने वातावरण योजना भित्र समेट्ने कार्ययोजना थियो ।गण्डक बाँधहरूको मर्मत सम्भार गर्ने,निर्माण गर्ने कार्य भारतले अर्बाै रुपिया खर्चेर बनाइसकेको छ, । तर नेपाल सरकार तथा स्थानीय तह लगायत स्थानियबासीले त्यसलाई पर्यटन पूर्वाधारको रूपमा उपयोग गर्न सकेका छैनन् । जबकी त्यही पूर्वाधार बनाउनका लागि नेपाल सरकारले अर्बाै रुपिया खर्चे पनि बनाउन मुस्किल थियो । गण्डक नदीको वि ग्याँप बाँधको विच विचमा दर्जनौ स्परहरू रहेका छन् । त्यसलाई सजाउने र सौन्दर्यिकरण गर्ने कार्य अब मात्र बाकी छ । त्यसै गरि ति स्परका फिँगरहरू रहेका छन्, । त्यसलाई आकर्षित तरिकाले सजाउन सकिन्छ । आउने पर्यटकको खान पानका लागि पनि विभिन्न जोनको रूपमा छुट्याउने र ब्यवस्थापन गर्न सकिन्छ । फिस जोन,मिट जोन र फ्रुट जोन जस्ता बनाइयो भने आउने पर्यटकले आफुले स्थान रोजेर खाने रमाउने अवसर पाउने छन् ।

पर्यापर्यटन तथा धार्मिक पर्यटनसँगै यस क्षेत्रमा जल विहार तथा गहिरो पानीमा एडवान्चर डुबुल्की लगाउने साहसिक खेलको आयोजना गर्न सकिन्छ । त्यसका लागि सम्बन्धित निकायसँग अनुमति र विमासँग सहकार्य गरेर उक्त कार्य गर्न सक्ने आधार पनि छन् । अन्तराष्ट्रिय विमान स्थल भैरहवा देखी बढिमा ६० किलोमिटर दुरीमा रहेको गण्डक क्षेत्रलाई पर्यटनसँग जोड्ने गरि कार्य हुने उनको भनाइ थियो । लुम्बिनीमा बौद्ध पर्यटनसँगै जोडिएको नेपालको बोधगया भनेर चिनिने अनोमाघाट यसै गण्डक नदि किनारमा रहेको छ । ग्रेटर लुम्बिनीमै समावेश गरि बौद्ध पर्यटन हुन्छ । गण्डक नदीसँगै जोडिएको सुस्ता तालमा रहेका गोहीहरूको दृष्यावलोकन गराई पर्यटकलाई आकर्षित गराउन सकिन्छ । भौतिक पूर्वाधारमा भारतले नै झण्डै १३ अर्ब लगानी गरिसकेको छ । नेपालले त्यसलाई सजावट गर्न मात्र बाकी रहेको छ ।
त्यसै गरि नदीको छेउमा कटान रोक्न बनाईएका पर क्युपाईनहरूलाई पनि सजाईयो भन्ने आर्कै आकर्षण दिन सकिने आधार देखिएको छ । स्थानियमा उत्पादन हुने उखुबाट बन्ने खुदो, जुस, राब, महिया लगायतका परिकार, केराबाट बन्ने प्रकार,बदामका परिकार, गण्डकको माछा जुन आफैमा खाद्य ब्राण्ड हो। गण्डक (नारायणी) को माछा भनेर देश भरि ब्राण्ड बनेको छ,तर गण्डक छेउमै त्यसको परिकार खुवाउने गरि किन ब्राण्डिगँ गर्न सकिन्छ । यसका लािग बेला बेला फुड फेस्टिबल गरेर डमोस्ट्रेसन गर्न आवश्यक छ । सुस्ता गाउपालिकामा मात्रै गण्डक नदी ९ किलोमिटर छ । अहिले नेपालकै सबै भन्दा ठूलो झण्डै तीन किलोमिटर लामो सुस्ता झोलुगेँपुलले पनि आकर्षण थपेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?