ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

नेकपाको विवाद र बालुवाको बाँध

११ भाद्र २०७७, बिहीबार
११ भाद्र २०७७, बिहीबार

बालुवाको बाँधलाई सानो पानीले पनि बगाइदिन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भिषण युद्ध हाललाई अनाक्रमणको अवस्थामा रोकिएको छ । तर दाउपेच सकिएको छैन । नेकपा एमाले नामको दल दर्ता गराउने देखि नेपाल– दाहाल लगायत बहुमत स्थायी कमिटी सदस्यहरुलाई भारतीय दलाल घोषणा गर्ने र कोरोनाको महामारीमा सडकमा जुलुस लगाउनेसम्मका कार्य रोकिएका छन् । त्यसैगरि स्थायी कमिटीको बैठक बस्न सके प्रधानमन्त्रीले बालुवाटारबाट विदा हुनुपर्ने संकट टरेको छ ।

थिति विधि र पद्धतिको कुनै गुञ्जाइस नभएको दलका रुपमा यो दुई बर्ष नेकपा सर्वाधिक अगाडि रहने अवसर पायो । मनमौजी, स्वेच्छाचारी र स्वविवेकी (सारमा अविवेकी) निर्णय गर्ने कार्यमा पनि नेकपा नेपालका सबै दलभन्दा धेरै अगाडि रहने अवसर पायो । अर्थात सबैभन्दा ठूलो दल, अथाह बहुमतको सरकारको जिम्मा पाउँदा नेतृत्व अहंकार, अभिमान र असहिष्णुताले मदहोश भयो । आँखामात्र होइन, “मति” समेत तिल्मिलाउन पुग्यो । त्यसको परिणाम जे भयो दुनियाँले छ््याङ्गै देखेको छ । पार्टी, सत्ता, अधिकार र हैसियत जनताको जीवनस्तर उकास्न, देशको अवस्था सुधार गर्न र समग्रमा जनताको सेवामा समर्पित गर्न, सर्वजन सुखाय, सर्वजन हितायमा लगाएको भए वर्तमानको तुच्छ तमासा मञ्चन नै हुने थिएन । दलका नेतामा म बलियो भएमात्र हुन्छ, हामी बलियो चाहिँदैन भन्ने चरम ब्यक्तिवादी सोचको परिणाम यहि हो ।

सरकार महत्वपूर्ण नियुक्तिहरुमा चरम अनैतिक बन्दै गएको बारेमा धेरै चर्चा गरिरहनु परेन । कानूनअनुसार योग्यहरुलाई नियुक्ति दिइएको ओँठे जवाफ दिएर कर्तब्य पुरा गर्छ । राणा शासनमा जात अनुसारको दण्ड सजाय हुन्थ्यो । एउटै अपराधमा कसैलाई मृत्युदण्ड कसैलाई अन्य कार्यवाही । कानुन अनुसार भएका सबै ठिक नहुने भएकाले त्यो ब्यवस्था फेर्नु परेको थियो । हालैका केहि नियुक्तिका बारेमा जे चर्चा छन्, नियुक्तिको मक्सद नै गलत र दुरासय पूर्ण छन् । दुनियाले जे भनोस्, न सिंहदरवारले सुन्छ, न दुइजना पाइलटहरुले । यस अवस्थामा, नेकपा यस कारणले राम्रो छ कि कांग्रेस योभन्दा अझ तल छ । फागुनमा महाधिवेशन गर्न देउवाजीले अहिले रिक्त समिति र उपसमिति भरेर तमासा गर्दैछन् । यता नेकपाका विभागहरुको हालत त्यस्तै छ ।

गएका दुई महिना नेकपा आज फुट्यो भोलि फुट्यो भन्ने चर्चा ब्यापक भयो । कित्ता कता हो भन्ने कुरासमेत भए । फुटका रिहर्सल पनि भए । कार्यवाही भएर निस्कनु पर्दाको अवस्थाका लागि पुरानो नामको नयाँ घर पनि तयार भयो । तर विभिन्न कारणले रोकियो । बहुमतसंग अगाडि बढ्ने हिम्मत थिएन, अल्पमतवालाहरु नयाँ घरमा जाँदा यो रजगज रहन्थेन । यी दुई कारणले मात्र जेट पाइलटहरुले अन्तिममा फायर खोलेनन् । यी यावत प्रश्नको निदानका लागि नेकपाले समस्या समाधान सुझाव कार्यदल गठन गरेर ऐतिहासिक काम सम्पन्न ग¥यो ।

झिनो आशा थियो कार्यदलले समस्याका कारण र त्यसका कर्ताहरुको पनि कुण्डली निकालेर साँच्चैको समस्याको समूल नष्ट गर्ने सुझाव दिन्छ कि भन्ने । तर १७ पेज पढेपछि २०३६ साल तिर “बाल रेडगार्ड” मा हुँदा पढिएका र सुनिएका संगठनात्मक अनुशासनका नियमहरुको संझना आयो । अर्थात हन्हनी ज्वरो आयो भने सिटामोल खानु भन्ने सिफारिस रहेछ । कार्यदलले ज्वरो किन आयो भनेर “विरालाको घाँटीमा घण्टी बाँध्ने” हिम्मत गरेनछ । सिफारिसको एउटा बूँदा हेरौँ–

(५.१) पार्टी विधान बमोजिम अध्यक्षद्वय र महासचिवको आपसी परामर्श र सहमतिका आधारमा
सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तथा निर्णय
प्रस्ताव तयार गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदनुरुप बैठक सञ्चालन गर्ने
। सामुहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र
सबल बनाउने ।

कम्युनिष्ट पार्टीको लेनिनवादी संगठनात्मक सिद्धान्तमा यति कुरा अहिले आएर भन्नु् पर्ने हो ? के यी दुवै अध्यक्षहरु भर्खर अरु नै पार्टीबाट आएका हुन् र यस्तो सिफारिस गरेर ऐतिहासिक कार्यको पगरि गुथ्नु ? सामुहिक नेतृत्वको जिम्मेवारी कोबाट निर्वाह भएन ? किन भएन भन्ने कुरा किटान नगरी “हरि नाम” भजन गाएर संगठनात्मक समस्या समाधान होला ?

एकीकरणको बेला चरम गुटबन्दी र पक्षपात पूर्ण ब्यवहार गरेर राजनैतिक जीवन नै धरापमा पारिएकाहरुलाई यस्तो “काइते” सम्बोधन भएको छ, – (७.९) विभिन्न कारणले जिम्मेवारी प्राप्त गर्न बाँकी कमरेडहरुको अभिलेख तयार गरी आवश्यक व्यवस्था गर्ने । मतलव अब अभिलेख तयार गर्ने । किन उनीहरुलाई जिम्मेवारी विहिन बनाइयो यसका बारेमा जिम्मेवारी लिनुपर्ने वा कसैले जवाफदेही हुनुपर्ने होइन ? काले काले मिलेर खाउँ भाले गरेको कृत्यमा कसैले जिम्मेवारी लिनु नपर्ने ? अर्थात त्यो दैवि विपत्ती थियो ।

९.२ सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने । सचिवालयका सदस्य कमरेडहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा सम्वैधानिक व्यवस्था, कानुनी प्रवन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्री परिषद र प्रदेश मन्त्रि परिषद्को पुनर्गठन र राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने । मन्त्री परिषद पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, निष्ठा, निरन्तरता, योगदान र राष्ट्रिय दृष्टिले सन्तुलन कायम हुनेगरी मापदण्ड निर्धारण गर्ने ।

गुटबन्दिले पार्टी एउटा पार्टी भन्दा पनि गुटहरुको महासंघ भइसकेको छ । गुटको संरक्षणका लागि खोलिएका संगठनहरुको गतिविधि पार्टीको भन्दा सशक्त र समानान्तर छन् भन्ने कुरा र कुन कुन संगठन त्यस्ता कार्यमा संलग्न छन् भन्ने कुरा प्रष्ट आउनु पर्ने हो । तर संसारमा आठौँ आश्चर्य जस्तै कार्य सम्पन्न गरेको कार्यदलले तत् संगठन, ती संगठनका आर्थिक श्रोत र त्यसमा शिर्ष नेताहरुको नेतृत्वका बारेमा मौन छ । सतही सैद्धान्तिक कुरा गरेर भारत र अमेरिकाका दातब्यमा चलेका वा अन्य देशका दातब्यमा चलेका नेपाली नेताहरुका नाउका संघ, संगठन, संस्था, फाउण्डेसन, केन्द्रहरु ओझेल पर्लान् ? आगामी महाधिवेशनका सारथी यिनै संस्थाहरु हुने हुन् । तिनै नेताहरुको इसारा र सहयोगमा सञ्चालन गरिएका यस्ता संगठन रोक्ने वा नियमन कसले गर्ने हो ? अर्को सिफारिस हेरौं –

(१६.) प्रतिष्ठानहरुको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने–
पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रतिष्ठान वा संघ संस्था परिचालित छन् । यी मध्ये अधिकाँश गुटवन्दीको माध्यम बन्दै गएक ाछन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरुलाई नियमन गर्नुपर्छ । त्यसका लागि पार्टीले यस्ता संस्थाहरुमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक श्रोत तथा कृयाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरुमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरुको संलग्नताको स्वरुप निश्चित गर्ने । प्रतिष्ठानहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न एक महिना भित्र प्रतिवेदन दिने गरी स्पष्ट कार्यादेश सहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनैपनि
प्रष्ठिानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।

आजसम्म जे भयो भयो, अव उप्रान्त बाघले जंगलमा बाख्रा नखाइदिए हुन्थ्यो । यो प्रतिवेदनको सार यस्तै हो । यदि यो प्रतिवेदनको कुनै कुरा उल्लंघन हुँदा वा सामुहिक निर्णयको बर्खिलाप हुँदा के गर्ने समेत भनिएको भए वा कसका कारणले कुन कुन कार्य पार्टी विरोधी भए भन्ने कुरा उल्लेख भएको भए वास्तविक निदान र उपचार हुने थियो । तर सेल कमिटीको संगठनात्मक नियम र शैली सुनाएर कार्यदलले ऐतिहासिक कार्य सम्पन्न गरेको छ । भोलि के होला थाहा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?