ट्रेंडिंग:

>> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा

तरलता बढेसंगै सुरक्षित लगानीको खोजी

३२ श्रावण २०७७, आईतवार
३२ श्रावण २०७७, आईतवार

बढ्दो कोरोना संक्रमणबीच पनि अहिले बैंक तथा वित्तिय संस्थाहरुमा तरलता बढेको छ । लगानीको अभावमा बैंकहरुमा पैसा थुप्रिएको छ । लगानीको स्रोत र जोखिमको ग्यारेन्टी बहन गर्ने अवस्था नहुँदा तथा विदेशबाट आएको रेमिटान्स खर्च गर्ने क्षेत्र साँघुरिँदै गएपछि बैंक तथा वित्तिय संस्थाहरु चिन्तामा परेका छन् । त्यसै त लकडाउनका कारण विगत पाँच महिनादेखि लगानीकर्तामा उत्साह छैन, अर्कोतर्फ लगानी गर्ने आधार र लगानी सुरक्षित हुने ग्यारेन्टीको अभाव समस्या वनेको छ । बैंक तथा वित्तिय संस्थाहरु आफै खर्च कटौतीको अवस्थामा छन् । केन्द्रिय बैंकले अनावश्यक शाखा विस्तार नगर्न निर्देशन दिएको छ । बैंकहरु पनि अहिलेको परिस्थितिमा थप शाखा विस्तार गरेर चुनौती बढाउने पक्षमा छैनन् बरु मर्ज अभियानमा एकमत देखिएका छन् । नेपाल राष्ट्र बैंककाअनुसार करिब २ खर्ब बढी लगानीयोग्य रकम वित्तीय प्रणालीमा जम्मा भएको छ । त्यसले अर्थतन्त्रलाई घाटातर्फ उन्मुख गराउने चिन्ता छ । लगानी नभै पैसामात्रै थुप्रिने अवस्थाले बेरोजगारी बढाउने, निर्यातभन्दा आयातको औसतमात्र बढ्ने हुन्छ जसका कारण वित्तिय क्षेत्र आफै तनावमा पर्नेछ भने त्यसले व्यापार घाटामात्र बढाउने छ । कोरोना संकट अघि बढ्दो व्यापार घाटा क्रमशः कम हुँदै थियो । नेपालमै उत्पादन बढ्दा त्यसबाट रोजगारीका साथै निकासीको आधार बढ्दै थियो तर कोरोना संकटले ती सवै संभावनाहरुमा विराम लगाई दिएको छ । अर्थात व्यापार घाटा बढ्ने, उत्पादन संकुचित हुने र निर्यातभन्दा आयात फराकिलो हुने अवस्थाले नेपालको अर्थतन्त्र थप जटिल हुने आधार बढेको छ ।

नयाँ कर्जा प्रवाह नभएको कारण धेरै लगानीयोग्य रकम बैंकहरूमा जम्मा भएको राष्ट्र बैंकले जनाएको छ । ठूला बैंकहरूले लगानी गर्ने क्षेत्र नै पहिचान गर्न सकिरहेका छैनन् । एकातर्फ कोरोनाले लगानीकर्ता उत्साहित हुन नसक्दा लगानीको जोखिम बढेको अवस्थामा बैंकहरू समस्यामा पर्ने देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार वित्तीय प्रणालीमा अहिले १ खर्ब ९३ अर्ब रुपैयाँ अधिक तरलता छ । यो रकम अनिवार्य नगद मौज्दात बाहेकको हो । त्यो बाहेकको रकम अनुमान गर्दा सर्वसाधारणको निक्षेपसहित तीन खर्ब हुन्छ । यो सबै रकम बैंक तथा वित्तीय संस्थाले कर्जाका रूपमा लगानी गर्न सक्छन् । कोभिडको जोखिम कायमै रहेको, लकडाउन खुकुलो भए पनि आर्थिक गतिविधि पूर्णरूपमा सञ्चालन भइनसकेको, आर्थिक वर्ष भर्खर सकिएको लगायत कारण बैंकमा कर्जाको माग कम भएको छ । तरलता बढ्दै गर्दा राष्ट्र बैंक आफै पनि त्यो तरलता कसरी व्यवस्थापन गर्ने भन्ने तनावमा छ । त्यही पनि राष्ट्रबैंकले रिभर्स रिपोमार्फत तरलताको केही रकम खिचेको छ । अव राष्ट्र बैंकले बजारमा कर्जा मागको अवस्था के कस्तो हुन्छ त्यसका आधारमा तरलता व्यवस्थापन गर्ने छ । वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिएपछि एक महिना अघि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिचेको थियो । तरलता व्यवस्थापनकै लागि भन्दै राष्ट्र बैंकले बजारबाट रिभर्स रिपोमार्फत पैसा झिकेको हो । यसलाई राम्रो संकेत भने मानिँदैन ।

यी सवै हुनुका पछि सरकार आफै असुरक्षित हुनु पनि हो । दुई तिहाई बहुमतको सरकार आफै कुर्सी तानातानमा विवादित छ । विगतवाट पाठ सिकेर मुलुकलाई समृद्ध बनाउने दिशामा केपी ओली नेतृत्वको सरकारले धेरैपटक प्रतिवद्धता जनाएको छ । तर सो प्रतिवद्धता अनुसारको व्यवहार सरकारले प्रस्तुत गर्न सकेको छैन । खासगरी लगानीको वातावरण सुरक्षित गर्ने सवालमा सरकारको ग्यारेण्टी खोजिरहेका विदेशी लगानीकर्ताहरुले सरकारको रवैयावाट सन्तुष्ट हुने अवसर र संभावना देखे भने नेपालमा साना र ठूला गरी अर्वाैंका आयोजनाहरू निर्माण हुन सक्छन् । तर त्यसका लागि फेरि पनि नेपाल सरकारले नेपालको भूमि लगानीका लागि सुरक्षित छ भन्ने प्रतिवद्धता विदेशकासामु जनाउनु जरूरी छ । त्यतिले मात्र पुग्दैन, त्यसको व्यवहारिक कार्यान्वयनको पाटोमा सोही अनुसारको प्रतिवद्धता सहितको सरकारको मार्गचित्र सार्वजनिक हुनैपर्दछ । त्यो भयो भने मात्र गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न खोजिरहेको वातावरणको अवस्था निर्माण हुन सक्छ । आज जसरी विदेशीहरूले नेपालमा लगानीको अवसर सिर्जना हुनुपर्ने माग गरिरहेका छन् सोही अनुसारको वातावरण सिर्जना भयो भने नेपाल केही वर्षमै समृद्ध नेपाल वन्न सक्छ । त्यो भयो भने सरकारले लिएको समृद्ध नेपाल सुखी जनताको नारा पूरा होला अन्यथा नारा नारामा नै सीमित हुन सक्छ । सरकारले त्यो अवसरको सदुपयोग गर्ने दिशामा खुट्टा कमाउनै हुँदैन । लगानीको नाममा गैर आवासीय नेपालीलाई आकर्षित गर्ने तर पछि त्यो अनुसारको व्यवहार हुन सकेन भने नेपालमा आएको लगानी फिर्ता जान पनि सक्छ, त्यो अवस्थालाई सरकारले नजरअन्दाज गर्नु हुँदैन । त्यो पनि यो कोरोना महामारीको बेला विदेशी लगानीकर्ताहरू आफै सुरक्षित हुने वातावरण खोजिरहँदा नेपालमा लगानीको संभावना कति छ भन्ने प्रश्न पनि महत्वपूर्ण छ ।

नेपालले आर्थिक सुधार नगर्नुका पछि धेरै कारण छन् । सुरुवाती चरणाटै परनिर्भरतामा विश्वास राख्दा त्यसको दर्घिकालीन असर कालान्तरसम्म पर्ने अवस्था देखिएको छ । राणा शासनभन्दा पनि अघिबाटै भोट अर्थात तिव्वतसंगको कारोवार थियो । त्यो कतिपय अवस्थामा सहज थियो तर समय र राजनीतिक परिवर्तनसंगै भोटसंगको व्यापारलाई विश्राम दिँदै भारतसंगको निर्भरतालाई नेपालले ह्वात्तै बढायो जसको प्रतिफल आज नेपाल र नेपालीले भोग्नु परिरहेको छ । यो तीतो यथार्थ भन्नुपर्दा नेपालले आफ्नो दुई सय वर्षअघिको व्यापारको अवस्थालाई समीक्षा र चित्रण गरेपनि काफी हुन्छ । व्यापार विस्तार तथा बजारका लागि कुनै एकमात्र देशको भर पर्ने नेपालको आर्थिक नीति अहिले हानीकारक सिद्ध हुँदैछ । आयात तथा निकासीको पारवहन नीति स्पष्ट नहुनु र छिमेकको हेपाहा प्रवृत्तिलाई टुलुटुलु सहेर वस्ने अनि त्यसको सट्टामा विकल्पको खोजी नगर्ने नेपालको विदेश तथा वाणिज्य नीति वास्तवमै अहिले आएर अफापसिद्ध भैरहेको छ । नेपाललाई भारतले यसअघि पनि पटकपटक व्यापार विस्तारमा दुःख दिँदै आएको छ । भारतविना नेपालको जीवन नै चल्दैन भन्ने भारतको वर्षौं पुरानो मान्यता अझैपनि भारतीयहरुमा जीवित छ ।

नेपालले बढ्दो व्यापार घाटा नियन्त्रण गर्ने, कृषिजन्य वस्तुको उत्पादनमा बृद्धि गर्ने, निकासी प्रवद्र्धन तथा उद्योग स्थापनामा जोड दिने, वैदेशिक लगानीलाई प्राथमिकता दिने र सोही अनुसारको उदार अर्थनीतिलाई प्राथमिकता दिनु जरुरी छ । कर बृद्धिका नाममा लगानीकर्ता एवं उद्योगी व्यापारीलाई हतोत्साही वनाउने सरकारको रवैया नेपालको दीर्घकालीन आर्थिक विकासका लागि दुष्प्रभावी छ । क्षणिकरुपमा सरकारको आयश्रोत वढाउने नाममा हुने जथाभावी कर तथा उद्योगी व्यवसायीलाई नियन्त्रणमा राख्ने सरकारको नीतिमा अव परिवर्तन गर्नैपर्दछ । होइन भने नेपालमा आर्थिक बृद्धिकालागि हुने प्रयास निरर्थक सावित हुनेछन् । यही अवस्थाले नेपालले न दीर्घकालीन विकास गर्न सक्छ न त दोहोरो अंकको आर्थिक बृद्धिकालागि स्पष्ट आधार तयार पार्न सक्छ । लगानीका लागि आह्वान गर्ने तर स्पष्ट योजना, कार्यनीति तथा वातावरणको सिर्जना नगरिदिने अवस्थाले नेपालमा कसरी विदेशी लगानी भित्रिन सक्छ ? यो चिन्ताको कुरो हो । चिन्ताकैबीच नेपाल राष्ट्रबैंकले मौद्रिक नीति सार्वजनिक गर्दै लगानीकर्तालाई उत्साहित वनाउने जमर्को गरेकै हो । यसमा विवाद छैन । असारमा कोरोना मत्थर हुँदै थियो । लगानीकर्ता जुर्मुराउँदै थिए । राष्ट्रबैंकले पनि लगानीकर्तासंगै आम उद्योगी व्यवसायीलाई राहत पुग्नेगरी मौद्रिक नीति सार्वजनिक गरेको हो तर फेरि अहिले कोरोना बढ्दा अर्थतन्त्रका धेरै अवयव ठप्पजस्तै भएका छन् । लकडाउनको बेला बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ठप्पजस्तै भएको थियो । अत्यावश्यकबाहेक कुनै क्षेत्रमा पनि कर्जा प्रवाह भएको थिएन । लकडाउन खुकुलो भएपछि बिस्तारै परिस्थिति सामान्य बन्दै गएको थियो तर परिस्थिति फेरि विग्रिएको छ । बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन । जसकाकारण अधिक तरलताको अवस्था आएपछि राष्ट्र बैंकले तरलता प्रशोचन शुरू गर्न बाध्य भएको छ ।

अन्त्यमाः अर्थतन्त्रलाई प्रभावकारी वनाउने उपायको खोजी गर्नु आवश्यक छ । अर्को वर्ष सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने मार्ग पहिचान गर्नु जरुरी छ । यही अवस्थाले आर्थिक बृद्धिको लक्ष्य प्राप्तिमा चुनौती छँदैछ । त्यसमाथि बैंकहरुमा थुप्रिएको पैसा सुरक्षित लगानी गर्ने मार्ग खोजी हुनुपर्दछ । यद्यपि बजारमा पर्याप्त तरलताको स्थिति रहेमा ऋणीले कम ब्याजदरमा कर्जा पाउने सम्भावना बढ्छ तर त्यसमा पनि राष्ट्रबैंक ढुक्क हुन सकिरहेको छैन । कोरोना संकटबाट मुलुक मुक्त नहुँदासम्म न लगानी सुरक्षित हुनेछ न त तरलताको समस्या समाधान हुनेछ । त्यसकारण एउटै विकल्प सुरक्षित लगानीका लागि बाटो खोल्दै गर्नु नै हो । तसर्थ अवस्था सहज हुँदै गएपछि लगानीका सवै जटिलता पनि सहज वनाएर लगानी आकर्षित गर्ने योजनातर्फ अव ध्यान दिनुको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission