ट्रेंडिंग:

>> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा

पहिरोः प्राकृतिक र मानवीय विपद

२९ श्रावण २०७७, बिहीबार
२९ श्रावण २०७७, बिहीबार

जमिनमा बसेको माटो, ढुंगा र लेदोको ठूलो भाग विचलन हुने र सामान्यतया ओरालो भागमा खस्ने प्रक्रियालाई पहिरो भनिन्छ । लगाताकार पर्ने वर्षाका कारण ठाडो झुण्डिएको जमिन खस्ने, हिम पग्लिएर जमिनको भाग बगाउने, पानीको सतह बढ्ने, नदि तथा खोलाबाट हुने कटान, भूकम्प, ज्वालामुखी विस्फोट र अन्य मानवीय क्रियाकलापबाट पहिरो जाने गर्दछ । अर्थात् प्राकृतिक तथा मानवीय दुवै क्रियाकलापको नतिजाबाट पहिरो गएको हुन्छ । यसैगरी केही भूभागको बनोट र संरचनागत चरित्रका कारण पनि पहिरो जाने गर्दछ । खासगरेर भूकम्प र घनघोर वर्षात् जस्ता प्राकृतिक कारण र जङ्गल विनास र खानी जस्ता मानवीय क्रियाकलाप पहिरो जानुको मुख्य कारणहरू मानिन्छन् ।

पहिरो सामान्यतया तलतिरै खसेको हुन्छ । गुरुत्वाकर्षणको नियमअनुसार यस्तो भएको हो । वाशिंटन प्राकृतिक स्रोत विभागले गरेको सर्भेक्षाण प्रतिवेदन अनुसार पहिरो जानुमा गुरुत्वाकर्षण र यसका लागि भिरालो जमिन, वर्षा र घर्षणजस्ता तत्वले निर्णायक भूमिका खेल्ने देखिएको छ । पहिरो तलतिर जानुमा मात्र नभएर पहिरो जानुमै गुरुत्वाकर्षण बलको भूमिका हुने गर्दछ । माटो, ढुंगा र अन्य पदार्थ मिलेर संयुक्त आन्तरिक बल निर्माण गरेका हुन्छन् । यसैगरी जमिनको ढालमा ती पदार्थको घर्षण निर्माण भैरहेको हुन्छ । पहिरो जाने क्रममा यी पदार्थको आन्तरिक बल र घर्षणभन्दा गुरुत्व बल बढि शक्तिशाली भएको हुन्छ । भिरालो जमिनमा पहिरो जाने बढि गर्दछ किनभने बढि भिरालो जमिनमा घर्षण बढि हुन्छ र कम भिरालो जमिनमा घर्षण पनि कम हुने भएकोले पहिरो पनि कम जाने गर्दछ । यसरी ओरालो जमिनमा घर्षण बढि हुने भएकोले पृथ्वीमा आउने सामान्य परिवर्तन वा मानिसले ती पदार्थ अडिने आधार भत्काउनाले भिरालो जमिनमा बढि पहिरो जाने गरेको हो । त्यसैगरि पानीको भूमिका पनि पहिरो जानका लागि महत्वपूर्ण हुन्छ । जब लगातार पानी पर्दछ, जमिनमा सोसिएको पानीले माटो, ढुंगासहितको पदार्थ र जमिनको पानीको गुरुत्वाकर्षण बल संयुक्त रुपमा बढि हुने गर्दछ । पानीले ती पदार्थको आन्तरिक बललाई पनि कमजोर पारिदिन्छ । यसका अतिरिक्त पानीले पहिरोजन्य पदार्थलाए चिप्ल्याउने र घर्षण कम गर्ने गर्दछ । यसरी पानीले पहिरो जानका लागि महत्वपूर्ण योगदान गर्ने भएकोले नै वर्षा बढि भएपछि पहिरो बढि जाने गरेको हो । आँधि, तुफानसहित वर्ष र सुनामि जस्ता घटनापछि पहिरो बढि जाने पनि यही कारणले हो ।

नेपालको ८० प्रतिशतभन्दा बढि जनसंख्या बाढि, पहिरो, आगलागी, हिमपहिरो, असीना, चट्याङ्ग लगायत प्राकृतिक जोखिममा रहेको विभिन्न अनुसन्धान प्रतिवेदनमा भनिएको छ । नेपाल भौगोलिक हिसाबले उच्च हिमाल, पहाड र चुरे श्रृंखला पहिरो जाने उच्च सम्भावना भएका भाग र तराई बढि गरेर बाढिको डुवानमा पर्ने भाग हो । पहिरो र डुवानका अतिरिक्त नदि कटानका कारण भूक्षयीकरण र पहिरो जानाले ठूलो नोक्सानी भैरहेको छ । महाभारत पर्वत र हिमालय पर्वत श्रृंखलाहरू बढि नै भिरालो र जमिन झुण्डिएको अवस्थामा रहेको धेरै ठाउँहरू छन् । तसर्थ यी भागमा ठूलो पहिरो जाने गर्दछ । यसैगरी चुरे श्रृंखलाको आन्तरिक बनोट र माटो, डुंगा र मलवाको आन्तरिक बल कमजोर रहेको, जमिन खुकुलो भएको कारण पानी छिटो जमिनमा सोसिन जानाले पानीले समेत एकातिर गुरुत्वाकर्षण बढाउने र अर्कोतिर घर्षण कमजोर बनाई पहिरो जान मद्दत गर्ने, र चुरे श्रृंखलाको चट्टान टुक्रे खालको भएकोले पनि पहिरोको उच्च सम्भावना रहेको हो । तराई भागको कमजोर सतही बनोटका कारण नदि कटान र क्षयीकरण बढेको हो भने तराईको जमिनमा पानीको मात्रा बढि हुनुका साथै बहावप्रवाह सुस्त हुनेहुनाले पनि डुवान बढि भएको हो । यसैगरी हिमाल र पहाड भागमा नदिको वहावप्रवाह बढि हुने भएकोले आधारको कटान वा नदि क्षयीकरण बढि भै वरपरको भागमा अझ बढि पहिरो गएको पाइएको हो ।

नेपालमा जाने पहिरोलाई बोलिचालिको भाषामा पहिरो खस्ने, लेदो बग्ने र ढुंगा खस्ने गरी चिनिएको छ । मानिसहरू दोभान सिद्धबाबा खण्डमा ढुंगा खस्ने डर मान्छन् । वास्तवमा त्यस खण्डमा निकै माथिबाट अचानक ढुंगा खस्छ र अलि तलतिर आउँदा पहिरोको रुप धारण गर्दछ । अधिकांश समयमा त ढुंगा कै पहिरो गएको जस्तो लाग्छ । कमजोर आन्तरिक बल भएको टुक्रे चट्टानले बनेको यो भागमा तिनाउ नदिले कटान गरी गहिरो गल्छी बनाएको र भिरालो भाग ठूलो बनेको छ भने सिद्धार्थ राजमार्ग यही बनेको छ । यसरी नदि कटान (प्राकृतिक कारण) र राजमार्ग निर्माण (मानवीय क्रियाकलाप) का कारण जमिनको आधार कमजोर बनेको छ । लामो भिरालो जमिन, आधार नहुनु र कमजोर भौगर्भिक बनोटको कारण यस खण्डमा ढुंगाको पहिरो जानु स्वाभाविक हो । चुरे श्रंखलाको अन्य अधिकांश पहिरोमा मलवा बगिरहेको देखिन्छ । खुकुलो भौगर्भिक बनोटमा पानीको मात्रा बढि भएपछि गुरुत्वाकर्षण बढि भै पहिरो जान मद्दत गर्छ । तर तुलनात्मक रूपमा जमिन कम भिरालो हुने हुनाले घर्षण कम भै सुस्त बगिरहेको देखिन्छ र मलवा धेरै नै हुन्छ । पहाडी तथा हिमाली भागमा गएका पहिरो भने जमिनको ओरालो धारका कारण द्रुतगतिमा धेरै लामो वहाव र अनपेक्षित ठाउँमा समेत असर देखाउने प्रकृतिको पाइन्छ ।

नेपालमा पहिरोबाट ठूलो धनजनको क्षति भैरहेको छ र अझ बढ्न सक्ने देखिन्छ । एकातिर नेपालको भौगर्भिक र धरातलीय बनोट जोखिमयुक्त छ भने यहाँ मानवीय क्रियाकलाप अत्यन्त अव्यवस्थित र अदूरदर्शि प्रकारको भैरहेको छ । सामान्य तरिकाले हेर्दा पनि वन विनाश बढिरहेको छ । तराईका चारकोसे लगायत ठूलाठूला जङ्गल विनाश गरी खेति र वस्ती विकास गर्ने गरिएको छ । चुरे सृंखला पनि नाङ्गो हुदैछ । वन तथा खानीजन्य उद्योगको कच्चा पदार्थ विक्रिका नाममा चुरे क्षेत्रमा जथाभावी खानी खनाइ र बाटो निर्माणले गर्दा थप जटिलता सिर्जना हुन थालेका छन् । यसैगरी नेपालका तीनवटै तहका अधिकांश सरकारहरूको ध्यान पुर्वाधार विकास र विशेषगरी बाटो र भवन विकासमा केन्द्रित भैरहँदा पहिरो बढिरहेको र धनजनको क्षति भैरहेको छ । धैरै मानिस घरबासविहीन बनेका छन् ।
विकास र विनाश सँगै आउँछ भनिन्छ तर विनाश न्युनिकरणका लागि योजना विना विकास अगाडि सार्नु अर्को मूर्खतापूर्ण बेइमानी हो । उदाहरणको लागि बाटो खन्ने वा चौडा गर्ने नाममा जमिन भिरालो गरी काटेर झुण्ड्याइदिएर छाडेको धेरै ठाउँहरू छन् । ती ठाउँहरू वर्षा समयमा पहिरो जाने र वरपरको वस्ती नै सर्नु परेको धेरै उदाहरणहरू छन् । त्यसैगरी आम नेपालीहरू सडकको छेउछाउमा सानोतिनो व्यवसाय गरेर जीवन चलाउन चाहने देखिएका छन् । सडक निर्माण गर्दा फालिएको कमजोर माटो वा सडक बनाउँदा ढिक परेको कुनै प्रवाह नगरिकन सडक छेउमा बस्ने चलन बढेको छ । यसैगरी अधिकांश सडकहरू नदि किनारबाट बनाइएको र नदि वा खोलोले जमिनको आधार क्षयीकरण गर्नाले कुनैपनि बेला पहिरो जाने र क्षति हुने जोखिम छ । अर्को दुर्भाग्य नेपालमा खोला वा नदि वरपर वस्ती बढिरहेको छ । बाटो तथा नदिजन्य व्यवसायबाट जिविकोपार्जनका लागि सजिलो मान्ने गरिएको छ तर नदिको क्षयीकरण र बाढिको कारण अकल्पनीय क्षति भएको धेरै उदाहरण छन् । त्यसैगरी कतिपय स्थानमा सामान्य तरिकाले जमिन केही धसिएको वा भासिएको केही वर्षपछि त्यहीं वस्ती बसेको ठाउँहरू पनि छन् । ती ठाउँमा पानी भित्रभित्र पस्न सजिलो हुने र पानीको मात्रा बढ्न गै गुरुत्वाकर्षण बढ्न गै जुनसुकै बेला पनि पहिरो जानसक्ने खतरा रहन्छ । कतिपय सडक वा नदि किनारमा त्रिपालले जमिन ढाकेर पनि निर्वाह गरेको देखिन्छ । यस्ता तात्कालिक उपायले पछिसम्मको समाधान गर्दैनन् । तसर्थ वस्ती बस्नु वा विकास निर्माण कार्य गर्नुपूर्व सम्भावित जोखिम मूल्यांकन व्यक्ति तथा स्थानीय सरकारले गर्नु आवश्यक छ । पहाडी भागमा भिरालो जमिनको केही सानो समथर थाउँमा वस्ती बसेको र छेउछाउबाट पहिरो बढ्न थालेकोले जोखिम बढेको देखिन्छ ।

प्राकृतिक विपद्सम्बन्धमा धेरै खोज अनुसन्धान भैरहेका छन् । ती अनुसन्धानलाई मान्नु पर्ने हो । उदाहरणका लागि पोखरा कुनैबेला पनि भासिन सक्छ भन्ने गरिन्छ । विगतमा तीन तलाभद्यना अग्लो घर बनाउन दिइदैनथ्यो । तर आजकल ठूलाठूला घर बनिरहेका छन् । काठमाडौमा वि.सं. २०९० सालको भूकम्पपछि जुद्ध शमशेरले गोंगबु लगायतका क्षेत्रमा बसोबास नगर्न भनेका थिए रे । तर मानिसहरूले टेरेनन् र वि. सं. २०७२ सालमा त्यस क्षेत्रमा ठूलो क्षति भयो । अहिले पुनः जमिन भासिएको ठाउँमा अग्लाअग्ला भवन ठड्याइएको छ । भविष्यमा के होला ? मानिसले प्राकृतिक विनाशबाट केही पाठ सिकेको जस्तो लाग्दैन । अहिले केही वर्ष खोलो बढेन भने बगरमा वस्ती बसाइन्छ । जहाँ साँघुरो त्यहींबाट बाटो बढाइएको छ । निर्माण कार्यमा प्राविधिकभन्दा राजनैतिक वा स्थानीय नेताहरूको मुढेबल निर्णायक हुने गरेकोले विशेषज्ञताभन्दा लहडमा खनिएको बाटोहरूले डाडो भत्काउने र वस्ती उजाड पार्ने मात्र भएको छ । तसर्थ विकास निर्माण कार्यमा जोखिम मूल्यांकन र न्युनीकरण उपाय कडाइकासाथ लागू गर्ने र व्यक्तिगत वस्ती वा घरबास निर्माण गर्दा समेत सम्भावित जोखिमको आंकलन गरी कम क्षति हुने स्थानमा गर्नु आवश्यक छ । एक दुई वर्ष ढीलो र एक दुई तला थोरै बनाउँदा केही बिग्रँदैन । बरु जोखिमबाट जोगिन सकिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission