ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

जीवन, मृत्यु, महामारी र रुपान्तरण

४ श्रावण २०७७, आईतवार
४ श्रावण २०७७, आईतवार

जसलाई हामीले जीवन भन्छौं त्यो अरु केही नभएर जन्म र मृत्युकाबीचको फैलावट हो । जसको एक किनारा जन्म हो । परम्परागतरुपमा हामीले जन्म आमाको गर्भबाट प्रारम्भ हुन्छ भन्ने मान्छौं तर चिकित्सा शास्त्रले सालनाल छुटिए (पार्चुरिशन) पछिको अवस्थालाई मात्र वास्तविक जन्म भन्दछ । मृत बालक जन्मलाई चिकित्साको भाषामा गतिहीन जन्म (स्टिल बर्थ) भनिन्छ । जसले जन्मलाई चिकित्सा शास्त्रमा अपरिभाषित बनाउँछ ।

वास्तवमा गर्भमा पनि जीवन हुन्छ । जीवन भएकैले गर्भमा वृद्धि हुन्छ, गति हुन्छ, परिवर्तन हुन्छ । यतिमात्र होइन निश्चित अवधिपछि गर्भको बालकले बाहिर निस्कने निर्णय पनि गर्छ । जीवन जन्मबाट प्रारम्भ हुन्छ । तथा यो दम्पत्तिको प्रजनन क्षमतामा भर पर्छ । महिलाको प्रजननता स्पष्ट परिभाषित छ । प्रथम रजोदर्शनपछि रजनिवृत्तिको अवधिसम्मलाई महिलाको प्रजननता अवधि भनिन्छ । त्यसैल चिकित्सा शास्त्रमा यसलाई पुनरुत्पादन व्यवहार भनिन्छ । पुरुषको पुनरुत्पादन अवधि त्यसरी परिभाषित गर्न सकिंदैन । तथापि त्यसको पनि सीमा हुन्छ । प्रकृतिको दृष्टिकोणले पनि प्रजननता एक विशेष घटना हो । यसको कारणले सम्पूर्ण जीव जगतका अस्तिŒव छ ।

मानिस जन्मेको एक वर्षपछि गन्ती सुरु हुन्छ । यसको अर्थ के हो भने जन्मँदा मानिसको आयु शून्य हुन्छ । जन्मको आयुलाई शून्य मानेर विचार गरौं । शून्यभन्दा पहिले र पछिको संख्यालाई गणितमा धनात्मक र ऋणात्मक संख्या भनेर विभाजन गरिन्छ । शून्य पछिको संख्या धनात्मक एक, दुई, तीन हुंदै बढ्छ भने शून्यभन्दा पहिलेको संख्या ऋणात्मक एक दुई तीन हुँदै घट्छ । गणितको दृष्टिले यदि शून्य पछिको अवस्था धनात्मक जीवन हो भने शून्यभन्दा अघिको अवस्था ऋणात्मक जीवन । तर पनि हामीले त्यसलाई जीवनको विपरीत भन्न सक्दैनौँ । सम्भवतः यसैलाई धर्मशास्त्रमा पूर्व जन्महरुको रुपमा व्याख्या गरिएको छ । त्यसैले धर्मशास्त्रले वर्तमान देखिने जीवनलाई सम्पूर्ण जीवनको एक सानो अंश मान्दछ ।

जीवनको अर्को किनारा हो मृत्यु । जीवनका सबै प्रमाण स्थायी रूपले विलीन हुने अवस्थालाई मृत्यु भन्ने गरिन्छ । जन्मदेखि जीवन शुरु हुन्छ भने मृत्युमा समाप्त हुन्छ । अर्थात् आमाको गर्भमा जीवन सुरु हुन्छ भने कात्रो जीवनको अन्त हो । जीवनका दुई किनारा भए पनि यी दुवै बिलकुलै फरक छन् । जन्म स्वैच्छिक छ तर मृत्यु अनिवार्य छ । मृत्यु हुनको लागि जीवित जन्म हुनै पर्छ । भ्रूणमा मरेर जन्मेको वा गतिहीन जन्मलाई मृत्यु भनिँदैन । जन्म भन्ने कुरा सामाजिक, पारिवारिक र दाम्पत्य व्यवहारमा भर पर्छ भने मृत्यु वास्तवमा नै व्यक्तिगत घटना हो । मानिसहरुको आर्थिक, सामाजिक वा मनोवैज्ञानिक कारणले प्रभावित हुन्छ । तर मृत्यु अनैच्छिक हो । मृत्यु अनिवार्य हो । त्यसैले मृत्युलाई सत्य भनिन्छ । मानिस जन्मलिंदा सत्य हो भनिंदैन तर मर्दा सत्य हो भनिन्छ ।

एक पूरै प्रक्रियाका दुई किनारा भए पनि जन्म दर र मृत्यु दरमा अन्तर हुन्छ । जन्म दरलाई प्रयास गरेर शून्य बनाउन सकिएला । तर कुनै मृत्युदर कहिल्यै शून्य हुन सक्दैन । जन्म लिएको मानिसको मृत्यु अवश्यम्भावी छ । मृत्यु दर शून्य हुनका लागि जन्मेको मानिस कहिल्यै नमर्नु पर्यो । मृत्यु एक यस्तो सत्य हो जसको बारेमा बोल्न मानिस डराउँछन् । ओशोले आफ्नो एक प्रवचनमा भनेका थिएः एकदशक पछि सेक्स निषेधित शब्द (ट्याबु) रहने छैन । तर मृत्यु भविष्यमा एक ट्याबु शब्दको रुपमा उदाउने छ । उनले जुन बेला यो कुरा गरेका थिए त्यस बेला सेक्स शब्द पनि सार्वजनिक रुपमा सम्मानित थिएन । मानव समाजको जीजीविषा नै त्यो कारण हो जसले गर्दा मृत्यु एक निषेधित शब्द बन्न जानेछ ।

तर मृत्यु पनि जन्म जस्तै अपरिभाषित रहि आएको छ । हामीले सुन्छौं कति मानिस मरिसक्यो भनेर घाट लिएर गएका फेरि जीवित भएर फर्के । त्यसका पछाडि आआफ्नै तर्क गर्न सकिएला । तर स्वयं चिकित्साशास्त्रले मृत्युलाई स्पष्ट परिभाषित गर्दैन । के भएमा मृत्यु मान्ने भन्ने कुराका अनेकौं तर्क छन् । परम्परागत तर्कमा श्वास प्रश्वास, मुटुको धड्कन, शरीरको तापक्रम जस्ता कुराहरु छन् । सास चल्न छोडे पछि मृत्यु । तर सास बन्द भएकाहरुलाई तत्काल कृत्रिम श्वास प्रश्वास दिएर फेरि वर्षौं बाँचेका उदाहरण पाइन्छन् । मुटुको धड्कन बन्द भएपछि चिकित्सकले मृत्यु भएको घोषणा गर्न सक्छन् । तर योगासनको अभ्यास गर्नेहरुले केही बेर मुटुको धड्कन रोक्न सकेका उदाहरण प्रशस्त पाइन्छन् । मैले स्वयं पनि आधा मिनेट मुटुको धड्कन रोकेको मानिसले सार्वजनिक प्रदर्शन गरेको देखेको छु ।

यदि तापक्रमलाई मृत्युको आधार मान्ने हो भने मृत्युको केही बेरसम्म शरीर तातै रहन्छ । मानिसको शरीर पूरै चिसो हुन दुई तीन घण्टा लाग्न सक्छ । मानिस मरे पछि मृत्युको सम्पूर्ण प्रक्रिया विस्तारै फैलिंदै जान्छ । मानिस मर्यो भने पछि पनि सबै कोष एकै पटक मर्दैनन् । तिनीहरुले आफ्नो काम गर्दै रहन्छन् । त्यसैले मरे पछि पनि आँखा काम लाग्छ भनेर निकाल्ने काम हुन्छ । यसको अर्थ हो आँखा केही समय जीवित रहन्छ । चिहानमा गाडेका मानिसका नङ र कपाल बढेको पाइएका छन् । मानिसका शरीरमा ब्याक्ट्रिया हुन्छन् जुन दुई हप्तासम्म जीवित रहन्छन् । ती ब्याक्ट्रिया मानव शरीरका एक भागको रुपमा शरीरमा रहन्छन् । यसरी सम्पूर्ण मृत्यु हुन धेरै समय लाग्छ । यसै कुरालाई गरुड पुराणमा संकेतमा बताइएको छ । यदि सूक्ष्म शरीरका कुरा गर्ने हो भने त्यो अझै केही समय रहन्छ । कुनै मानिसका कृत्य पनि उसको जीवन हो । जुन दिनसम्म हामीले उसका कुरा गर्छौं तबसम्म त्यो सूक्ष्म रुपमा जीवित छ ।
अकबरले बीरबललाई सोध्यो– बीरबल मानिसहरुले फलानो स्वर्गे भो भन्छन् । के मानिस साँच्चै स्वर्ग जान्छ ? बीरबलले भन्यो– त्यो स्वर्ग गयो कि गएन, त्यो जान्न सकिन्छ सरकार ।

अकबरले सोध्यो– कसरी ?

बीरबरलले भन्यो– सरकार जुन मानिस मरे पछि मानिसहरु उसको पीर गर्छन् । उसलाई सम्झिरहन्छन् तिनीहरु स्वर्ग जान्छन् ।

निश्चित रुपमा यही मानिसको सूक्ष्म जीवन हो । सूक्ष्म जीवनको अर्थ हो कुनै मानिसले आफू जीवित रहँदा संसारमा जुन तरंग उत्पन्न गरेको छ त्यसको आभास ।
आहार, निद्रा, भय, र सन्तानोत्पत्तिको कुरामा अरु प्राणी र मानिसमा कुनै अन्तर छैन । तर मानिसमा जुन ज्ञान र चेतना छ केवल यसले गर्दा मानिस अन्य प्राणीभन्दा फरक हुन पुगेको हो । अन्य प्राणीको तुलनामा मानव समाज बढी सुरक्षित रहन चाहन्छ । सुरक्षाको चाहना नै भयको उत्पत्तिको कारण हो ।
भयका अनेक कारण हुन सक्छन् तर मृत्यु भय सर्वोच्च भय मानिन्छ । भयलाई व्यक्तिगत, सामुदायिक, वैश्विक अनेक रुपमा विभाजन गर्न सकिन्छ । भोज र मोजमा रमाउनेलाई शारीरिक रोगको भय हुन्छ । धनी व्यक्तिलाई शासकको भय हुन्छ । बलवानलाई शत्रुको भय हुन्छ जसले उसको शक्ति क्षीण गराइदिन्छन् । पढेलेखेकालाई शास्त्रार्थको भय हुन्छ । गुणी मानिसलाई दुष्टसँग भय हुन्छ । अनि मानिस भए पछि मृत्युसंग भय हुन्छ । आध्यात्मिक क्षेत्रमा लाग्नु यस भयबाट मुक्तिको चाहना नै हो । त्यसैलाई अध्यात्मको भाषामा मोक्ष भनिन्छ ।

मृत्युको सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने यो मानिसको स्वास्थ्यमा भर पर्छ । त्यसैले अस्वस्थता मृत्युको कारण हो । मानिसको स्वास्थ्य उसको सबभन्दा ठूलो सम्पत्ति हो तर संगसंगै दायित्त्व पनि हो । यदि यसलाई निरन्तर बचाउने प्रयत्न नगर्ने हो भने यो रहंदैन । लापरवाही गर्नासाथ त्यसैलाई तिर्न पर्ने हुन्छ । यसलाई सुरक्षित गर्ने दायित्त्व मानिसको आफैं हो । मानिसको स्वास्थ्यको भयमा कुपोषण, रोग र अनिकाल नै हुन् । प्राकृतिक र मानवीय दुर्घटना पनि मृत्युका कारण हुन् । धेरै मानिसको मृत्युका घटना हुँदा अर्थशास्त्री माल्थसको संझना हुन्छ । जसले मानव समाजलाई यी घटनाबाट बच्न निदानात्मक उपाय गर्नु पर्छ भन्ने सुझाव दिएका थिए । मृत्युका कारक सबै भयकारक छन् ।

भुईंचालो र भोकमरीले केवल उसैको मृत्यु हुन्छ जो त्यसबाट प्रभावित हुन्छ । तर, यो प्रभाव अन्यत्र फैलिंदैन ।तर प्लेग, हैजा, औलो, आँठे आदि महामारी रोगहरुले प्रथम पटक मानिसलाई जुन प्रभाव पार्छ त्यसको गुणक प्रभाव हुन्छ । प्रभावितहरुमध्ये कैयौंको मृत्यु हुन्छ, केही जीवित पनि रहन्छन् । तर जीवित वा मृत सबैले आफ्नो रोग अन्यलाई सारिदिन्छन् त्यसैले महामारी भुईंचालोभन्दा अझ डरलाग्दो हुन्छ । तर महामारीले मानव समाजलाई अवसर पनि प्रदान गर्छ । महामारीको घटना पछि संसारको इतिहासले मोड लिने गरेको छ । नयाँ आविष्कार भएका छन् । नयाँ औषधि आएका छन् । नेपालको तराई क्षेत्र औलोका लागि कुख्यात थियो । यस औलो रोगका कारण पहाडी क्षेत्रबाट मानिस तराइमा आउन डराउँथे । त्यसैले प्राचीनकालको बसाइ सराइ ज्यादै कम थियो ।

भनिन्छ, नेपालको पहिलो रेलवे (रक्सौल देखि अमलेखगंज) को स्थापना राणा शासकहरुले औलोको भयले बच्न निर्माण गरेका हुन् । कलकत्ता र बनारस बसाइ पछि नेपाल फर्कदा औलोको क्षेत्रबाट जति सक्यो छिटो पार हुने उद्देश्यले त्यो रेलवे निर्माण भयो । तथापि विकासका लागि एक उपलब्धि त्यो बन्यो । औलोको औषधि बन्यो र संरासं को सहयोगले नेपालले औलो उन्मूलनमा एक उपलब्धि प्राप्त गर्यो । औलोको औषधि बनाउने चिकित्सक रोनाल्ड रौसलाई यस योगदानको नोबेल पुरस्कार प्रदान गरिएको थियो । तर उनको बारेमा बहुतै कम जानकारी उपलब्ध छ । उनकी आमा ब्रिटिश थिइन् । के थाहा छ भने उनले गोर्खा राइफल्समा काम गर्ने मामुली सिपाहीसँग प्रेम विवाह गरेकी थिइन् । उनको सन्तान हो रौस । त्यस प्रेमी र उसका सन्तानको बारेमा तथ्यपूर्ण जानकारीको अभाव छ । के थाहा त्यस चिकित्सकको मूल नेपालमा छ कि ? किनभने उनले जुन रोगको उपचार खोजे त्यसको सबभन्दा बढी प्रकोप नेपालमा थियो भन्न सकिन्छ ।

महामारीमा नयाँ विचार पनि विकसित हुन्छ । वर्तमान समयको कुरा गर्ने हो भने हात मिलाउने युरोपियन संस्कृति भन्दा हात जोड्ने हाम्रो परम्परागत संस्कृति वैज्ञानिक हो भन्ने पुष्टि भएको छ । यसबाट पुरातनपन्थी, वैज्ञानिक, रुढीवादी आदि सबै शब्दहरुको अर्थलाई सुधार गर्नु पर्ने देखिएको छ । महामारीहरुबाट खानपिन र रहन सहन प्रभावित हुने देखिन्छ । चोखो रहनु पर्ने, बार्नु पर्ने, चोखो खानु पर्ने र प्रकृतिलाई सम्मान गर्नु पर्ने कुराहरुलाई पुनः परिभाषित गर्नु पर्ने भएको छ । यी सबै कुराहरुमा आएका परिवर्तनले भावी उत्पादन व्यवस्थामा दीर्घकालिक रुपान्तरण हुने निश्चित छ ।

वर्तमानमा फैलिएको कोभिड १९ को महामारी जसले लाखौँ मानिसको ज्यान लियो यसले पनि राज्य सञ्चालक, बैज्ञानिक, दार्शनिक, स्वास्थ्य विशेषज्ञहरुलाई निश्चित रुपमा नयाँ चिन्तनमा पुराएको छ । नयाँ खोज र अनुसन्धानमा लाग्नु पर्ने अवस्था सिर्जना गरिदिएको छ । यसलाई अबसरको रुपमा पनि लिनुपर्छ । रुपान्तरणका लागि समस्याहरु नै अबसरका चरणहरु बन्दै आएका छन् । समस्या नभई समाधानको आविश्कार हुँदैन भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?