ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै

जनताका मुद्दा उठाउन मन्त्री पाण्डेको सञ्चारकर्मीलाई आग्रह

२४ बैशाख २०८०, आइतबार
२४ बैशाख २०८०, आइतबार

बुटवल, २४ वैशाख ।

लुम्बिनी प्रदेश सरकारका विना विभागीय मन्त्री सन्तोष पाण्डेले जनताका मुद्दा उठाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । उनले समाज रुपान्तरणका लागि जनताका एजेण्डामा सरकारलाई झकझक्याउने र सरकारका नीति जनतालाइ बुझाउने गरी कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

गोरखापत्र प्रकाशनको १२३ ओैं वर्ष प्रवेश तथा संस्थानको ६१ औं वार्षिकोत्सवको अवसरमा गोरखापत्रको लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले गोरखापत्रले जनताका मुद्दा बोक्नुपर्ने उल्लेख गरे ।

मन्त्री पाण्डेले भने–‘यसमा सरकारको छायाँ नपारौं, सत्य तथ्य समाचार निर्धक्क लेखौँ, नेपालको सिंगो इतिहास बोकेको गोरखापत्रको थप ब्राण्डिङ गर्न जरुरी छ ।’ उनले जनताको पक्षमा कलम चलाउने पत्रकारहरुको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘गोरखापत्र संस्थान नै संघीय सरकार मातहतको हो, यसमा काम गर्नेहरु सबैको सुरक्षा जरुरी छ, सरकारले थप ध्यान दिनुपर्छ’–उनको भनाइ छ ।

उनले लुम्बिनीको एक चिम्टी माटोको पनि बिदेशी पर्यटकले महंगो डलरमा किन्ने भन्दै अब लुम्बिनी आउने पर्यटकलाइ यहाँको माटो, बुद्धको तस्वीर, बुद्ध अंकित टोपी संगसंगै बेच्नुपर्ने धारणा राखे । यसो भएमा आर्थिक समृद्धि हुने मन्त्री पाण्डेको भनाई छ ।

नेपालीले भारतमा पुगेर एक बोतल जल बोकेर आउने गरेको स्मरण गर्दै संसारभरका बौद्ध मार्गीलाइ लुम्बिनीको एक चिम्टी माटो पनि प्रसाद हुने धारणा उनले राखे । त्यस अवसरमा बोल्दै पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारिता नेताका भजन गाउने साधन बन्न थालेको प्रति चिन्ता ब्यक्त गरे । उनले राज्यले पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरे ।

उनले अब राजनीतिक कुरामात्र गरे जनताले लखेट्ने अवस्था आउन सक्ने चेतावनी दिए । उनले नेपालमा पर्यटन क्षेत्रको बिकासका लागि राज्यले आधार तयार गरिदिनुपर्ने बताए । गण्डकी प्रदेशको पर्यटन विकास लोभलाग्दो भएको चर्चा गर्दै उनले लुम्बिनीमा अथाह सम्भावना भएर पनि यथेष्ट काम हुन नसकेको गुनासो गरे ।

पर्यटन ब्यवसायी माधव नेपालले राज्यले पत्रकारको सुरक्षा गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताए । देशमा आर्थिक समृद्धि ल्याउन गोरखापत्रले अहम भुमिका खेल्नुपर्ने उनको तर्क छ ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जिसीले गोरखापत्रको ईतिहास जोगाउने दायित्व सरकारको रहेको भन्दै यसको संचालक भने जनता नै रहेको उल्लेख गरे ।

उनले भने–‘पत्रिकाले खबरदारी र निगरानी गरोस्, सेल्फ सेन्सरसीपमा छौँ, मिडियामा सरकारको छाया नपारौं, कसैको ईन्ट्रेष्टमा समाचार नबनोस्, समाचार ब्रेक गर्न सक्नुपर्छ, सरकारलाई खबरदारी गरोस् ।’

बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलराज भट्टराईले १९५८ देखि सही दिशा निर्देशका लागि पत्रकारिता गरिरहेको भन्दै गोरखापत्रको प्रशंसा गरे । उनले कृषि, पर्यटन आर्थिक समृद्धिको आधार भएको भन्दै किसानका उत्पादन बेच्ने वातावरण सरकारले बनाउनुपर्ने बताए ।

नाट्टा लुम्बिनीका अध्यक्ष रचना पन्तले गोरखापत्रको बिश्वसनियता अरुको भन्दा बढी र आधिकारिकता रहेको उल्लेख गरे । उनले पर्यटन नै विकासको आधार रहेको बताए ।

रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल गोरखापत्रले जनमानसको विश्वास जित्नुपर्ने भन्दै अब आर्थिक क्षेत्रलाई जोड दिन आग्रह गरे । होटल ब्यवसायी संघ रुपन्देहीका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डेले ओेझेलमा परेका र खोजमुलक समाचारको अपेक्षा गरेको बताए ।

कार्यक्रममा गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदी, समाचारदाता छवि पाण्डे, प्रदेश संयोजक भुवन कार्कीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

समाचारदाता छवि पाण्डे सम्मानित


गोरखापत्रका बुटवल समाचारदाता छवि पाण्डे सम्मानित भएका छन् । गोरखापत्र प्रकाशनको १२३ औं बर्ष प्रवेश तथा संस्थानको ६१ औं बार्षिकोत्सव विशेष समारोह कार्यक्रम २०८० को बुटवलमा आयोजित कार्यक्रममा साढे २ दशकदेखि पत्रिकामा कार्यरत पाण्डेलाई कामको कदर स्वरुप दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

पाण्डेलाई लुम्बिनी प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डे, गोरखापत्रको बुटवल स्थित लुम्बिनी प्रदेश स्तरीय कार्यालयका प्रमुख हरि सुवेदी, प्रदेश संयोजक भुवन कार्की लगायतले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?