© २०२३
एच.के.श्रेष्ठ
सबै आमाहरूले कार्ल माक्र्स जन्माउँदैनन् । उनलाई जन्माउने महान आमालाई पनि सलाम टक्र्याउनै पर्छ । कार्ल माक्र्सजस्ता महान व्यक्तिको रूपमा दोस्रो कार्लमाक्र्स सायद विश्वमा नजन्मेला । कार्ल माक्र्स नै त अन्य कोहि बन्न सक्ने सम्भावना छैन, तर उनका व्यवहारिक पक्षहरू तथा राजनीतिक मूल्यहरूबाट सिक्ने हो भने समाज समुन्नत, शान्त र न्यायसङ्गत पक्कै बन्दछ । उनलाई मार्गनिर्देशकको रूपमा पछ्यायौँ भने समाजमा न्याय, समानता, सुशासन र शान्ति कायम हुन्छ ।
मुख्यतः माक्र्सबाट सिक्ने विषय हरेक व्यक्ति ‘खानलाई धर्तीमा जन्म लिने वा बाँच्ने होइन, केहि गर्न जन्मने हो । बाँचेर मर्ने होइन मरेर बाँच्ने हो ।’ उनले वेदना, दुःख, कष्ट, मर्म, दर्द, पीडा र यातनासँग कठीन सङ्घर्ष गर्दै विश्व श्रमजीवी समाजकालागि सधैँ अमर हुने काम गरे । तसर्थ काम गर्दा ‘व्यक्तिगत स्वार्थ, सुविधाको निम्ति होइन समाजको सर्वोत्तम सेवा गर्न सकिने काम गर्नु पर्दछ ।’ सिङ्गो समाजलाई एउटै परिवार सम्झनु पर्ने पाठ उनले सिकाएका छन् । आफ्नो घर–परिवारदेखि सबैलाई अत्यन्त माया र सद्भाव राख्न सिकाउने माक्र्सको बिचार महान थियो ।
माक्र्स जनताको सवाल र सर्वहारा तथा गरीववर्गको विरुद्ध विचार राख्ने, शोषण, दमन, अन्याय र अत्याचार गर्नेहरूलाई शत्रु ठान्दथे र घृणा गर्दथे । माक्र्सको यही प्रवृत्ति अनुशरण गर्ने हो भने समाजमा हुने गरेका यस्ता मानव विरोधी परिपाटी तथा क्रियाकलाप बन्द वा धेरै कम हुन्छ । कार्ल माक्र्सले उठाएका आर्थिक विषयअन्तर्गत शोषण र अतिरिक्त शोषण हो । यो चीज नै मालिक र दास वा श्रमिकबीच दुरी बढाउने स्रोत हो । उत्पादनका मालिकहरू अत्यन्त धनी हुँदै जाने र कामदार वा श्रमजीविहरू झन्झन् गरीब बनाउँदै लैजाने गर्दछ । यसर्थ व्यक्तिवादी अर्थनीति होइन समाजवाद अर्थनीति लागू गर्नु जरुरी छ । समाजमा आर्थिक समानता कायम गर्न तथा धनी र गरीबबीचको दुरी हटाउन शोषण वा अतिरिक्त शोषण निशेध पार्ने पाटो उनको महत्वपूर्ण योगदान हो ।
कार्ल माक्र्सलाई सफल बनाउने भूमिका उनका जीवनमा आईपरेका तमामखाले समस्या तथा कठिनाईहरूले नै खेले । यदि उनलाई ती कठिनाइहरू सामना गर्न नपर्ने हुन्थ्यो भने सायद उहाँ अझ निखारिएको र तिखारिएको माक्र्स बन्दैनथे होलान् । हामीले सिक्न सकिने कुरा यसबाट के भने जीवनमा सङ्घर्ष सफलतातर्फ डोहो¥याउने महत्वपूर्ण पक्ष हो । तसर्थ जस्तोसुकै समस्य सामना गरेर लक्ष्यमा अविरल लाग्नु पर्दछ । माक्र्स जसरी विचलन हुन्थेनन् त्यसैगरी अविचलित भई मानव विकास र हितमा समर्पित हुनु पर्दछ । लक्ष्यको अगाडि उनी दुःख, पीडा, आर्थिक विपन्नतामात्र होइन कुनै रोग, भोकसँग पनि सम्झौता गर्दैनथे । तर हामी व्यक्तिगत स्वार्थ र हितका निम्ति जे पनि गर्न तयार भई लाचारिपन देखाउँछौँ ।
राजनीतिक महान् सिद्धान्त प्रतिपादनसँग लक्ष्य पूरा गर्ने सन्दर्भमा अबुझ शासकले दुश्मनबाट सताएर उनलाई लखेटियो । घरमा कहिले गर्भवती, कहिले सुत्केरी श्रीमती छोडेर, कहिले भोक र रोगले ग्रसित बालबच्चा छोडेर हिँड्नु प¥यो । कहिले छोरा–छोरी भोक र रोगले मृत्यु भइराखेको हुन्थ्यो । यस्तो हृदयविदारक परिस्थितिको भागिदार भएर पनि मानव सेवाको लागि निरन्तर खट्ने माक्र्सप्रति हामी संवेदनशील भई सोच्ने हो भने समाजले ठूलो उपलब्धि हासिल गर्छ ।
कार्ल माक्र्स एउटै ध्यान गर्थे कि गरिखाने वर्गलाई कसरी मुक्ति दिलाउने ? यसको लागि उनी हर ढङ्गले लागि पर्थे । उनी अत्यन्त गहन अध्येता थिए । २३ वर्षकै उमेरमा निकै टप विषय ‘एपिक्युरस् र डेमोक्रिटस’ सिद्धान्तबीच फरकमा पी.एच.डी गरे । उनको अध्ययन शैलीबाट तमाम विद्यार्थी वा अध्ययनरत वर्गले सिक्न सक्ने कुरा छन् । हरेक कुरालाई गम्भीर मुद्धा बनाउँथे । दोहो¥याइ पढ्ने, विचारको गहिराइमा पुग्ने, नोट गर्ने, सारांश तयार गर्ने, बुँदा बनाउने आदि उनको तरिका अपनाएर सबै सिकारु सफल बन्न सक्दछन् । विशाल ज्ञान हासिल गरेका माक्र्स उनको सबै बुद्धि, विवेक, क्षमता, योग्यता, दक्षता समस्त परिवर्तनको खातिर समर्पित गरे । जो हाम्रो बौद्धिक जमातलाई ठूलो शिक्षा बनेको छ ।
शोषित, पीडित, गरीब, निमुखा, निर्धन, मजदुर, श्रमिकवर्गहरूको उनी जहिले पनि वकालत गर्थे । त्यो बोलेर वा लेखेर हुन्थ्यो । उनले पत्रकारिता पेशालाई पनि माध्यम बनाउने क्रममा निकै कठिन सङ्घर्ष गर्नुप¥यो । जनताको पक्षमा लेख्दा वा पत्रकारिता गर्दा पेरिस, जर्मनी, लण्डन, ब्रसेल्स आदि तमाम शहरहरूबाट लखेटिनु प¥यो । यसबाट सबै पत्रकार जगतले सिक्न सक्ने कुरा छ । जीवनमा जतिसुकै चुनौती र कठोर यातना सहनु परेपनि जनताको पक्षमा कलम चलाउन दृढ सङ्कल्प गर्नुपर्दछ । न्याय, समानता र स्वतन्त्रताको संवाहक पत्रकारिता गर्नु साहस र इच्छाशक्ति काफी छ ।
कार्ल माक्र्सबाट वास्तवमा आपूmलाई कम्युनिष्टमा पनि माक्र्सवादी भन्न रुचाउने राजनीतिक दलका नेताहरूले सिक्न अपरिहार्य पक्षहरू छन् । कार्ल माक्र्सको जीवनीप्रति गहन अध्ययन गर्ने हो र मनन गर्ने हो भने हाम्रा नेताहरू वास्तविक माक्र्सवादी हो कि होइनन् भन्ने प्रश्न आफैले उठाउन सक्छन् । किनकि माक्र्सलेजस्तो आर्थिक, पारिवारिक समस्या यो देशका अधिकांश कम्युनिष्ट नेताहरूले भोग्न परेकै छ्रैन होला । उनी कैयौँ दिन रोटी र आलुमात्र एक छाक खाएर टार्ने गर्थे । घरभाडा तिर्ने समस्या, ऋण तिर्ने समस्याले सधैँ घेरिरहनु पथ्र्यो । आपूm कतै हिँड्दा भाडासम्म नहुनाले प्रिय साथी एंगेल्सको श्रीमती निधन हुँदा दाहसंस्कारमा जान पाएनन् । घरका परिवार भोक र रोगले आक्रान्त हुँदा उपचार र खानपानको लागि पैसा थिएन । छोरा–छोरी मर्दा समेत कात्रो किन्ने उपाय थिएन । यही दर्दनाक अवस्था खेप्नु र सहज रूपमा लिँदै देश र दुनिया बदल्न अघि बढ्नु नै सच्चा माक्र्सवादी हुनु हो । खाली उनको द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तको घोकन्ते विद्यार्थी हुनु माक्र्सवादी होइन ।
के हाम्रा सबै नेताले यस्तो कठिन अग्नि परीक्षा पास गरेका छन् ? बरु माक्र्सवाद, लेनिनवादको नाममा पद, प्रतिष्ठा र सत्ताको सिकारमात्र गर्दै आएका छन् । एङ्गेल्स माक्र्सका अतिप्रिय साथी हुन् । उनीहरू एक आपसमा कहिल्यै प्रतिस्पर्धी भएनन् । बरु अत्यन्त मित्रताकासाथ सहयोगी भई जोइन्ट भेन्चरको रूपमा काम गरे । हरेक विषयसँग छलफल गर्दै दुबैजना एक–अर्काका विचारहरू र सल्लाहहरूका सम्मान गर्थे । दुवैजना बराबर भेटवार्ता गर्थे । माक्र्सले आफ्ना रचनाहरूका सबै मुद्धाप्रति उनको रायको भागिदार बनाउँथे । कैयौँ पुस्तक सँगै निकालेका छन् । माक्र्सको व्यक्तिगत र पारिवारिक दुःखमा एङ्गेल्सले सहयोग गरेका थिए । समग्रमा दुबैजना एक–अर्काका पुरक भई काम गरे । तर यहाँको बिभिन्न पार्टीका राजनीतिक दलका नेताहरू सहयोगी होइन अस्वस्थ ढंगले प्रतिस्पर्धी भूमिका खेल्ने गर्दछन् । एक–आपसमा जाल, झेल, तिक्डम, षड्यन्त्र, इष्र्याका कारण देश र जनता बदल्ने लक्ष्य पूरा नगरी पदको होडबाजी गर्दछन् । जसले गर्दा पार्टीमा गुट, उपगुट फैलाएर पार्टी फुटाउने गरेका छन् । माक्र्स र एङ्गेल्सको मिलन र मित्रताबाट किन सिक्दैनन् उनीहरू ? माक्र्सको बिचार र ब्यवहारलाई समाज र दलका नेताहरूले सही ढंगले पकड्न सके आज मुलुकमा सर्बहित राज्य खडा हुने थियो ।à
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी