© २०२३
अन्तर्राष्ट्रिय बाल दिबसको अबसरमा रोट¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलले मंगलबार बालबालिकाहरूलाई विभिन्न सामग्री बितरण गरेको छ ।
देबदह नगरपालीका बडा —६ केउलीस्थित सरस्वती निमाबि नर्सरी देखि कक्षा ८ सम्मका ६२ जना विद्यार्थीलाई तराईमा बढ्दै गएको चिसो कारणले सुइटर, टोपी, स्टेशनरी सामान, फुटबल, क्यारमबोर्ड, ब्याडमिन्टन दिएको क्लब अध्यक्ष राहुल कसौधनले बताए ।
रोट¥याक्ट क्लब अफ सेन्ट्रल कार्यक्रमहरूको आयोजना गरी बाल दिवस मनाइएको बताए । ग्रामिण क्षेत्रमा जाडोको समय बालबालिकाहरू चिसोबाट कसरी बच्ने हात धुने तालीम कार्यक्रमका संयोजक गुन्जन ढकालले दिएका थिए । साथै ४० हजार बराबरको सामान बितरण गरिएको बताए । रोटरी क्लब अफ सेन्ट्रल सचिव बावुराम बोहोरा, बिद्यालयका प्रअ खुम बहादुर सारु वाडा सदस्य, क्लबका पदाधिकारी तथा सदस्यहरू, लगायतको सहभागिता थियो । क्लबका अध्यक्ष राहुल कसौधनले आगामी दिनमा विद्यालयको भवन मर्मतमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।